समाचार

चुनाव विरुद्ध काम गरेको आरोपमा पाँचथरमा ११ जना पक्राउ

पाँचथर, ३ मंसिर (रासस) : आसन्न प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनलाई प्रभावित पार्ने गतिविधिमा संलग्न रहेको आरोपमा केही दिनयता पाँचथर प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा फिदिम नगरपालिका–१४ की टीकादेवी राई, फालेलुङ गाउँपालिका–५ की तारा राई र मौसम थाम्सुहाङ, फाल्गुनन्द गाउँपालिका–३ का विशाल राई, इच्छाबहादुर...

न्वागी मेलामा करिब एक करोडको कारोबार

गुल्मी, ३ मंसिर (रासस) : गुल्मी र बाग्लुङअन्तर्गत पौदीवासीले मनाउने न्वागी पर्वसँगै लाग्ने न्वागी मेलामा आर्थिक कारोबार राम्रो भएको छ । दुई जिल्लाको संगमस्थल ग्वालिचौर खारबजारमा सञ्चालन भएको पाँचदिने मेला अवधिभरमा भण्डै १५० वटा स्टलमा सञ्चालन गरिएका व्यापार–व्यवसायमार्फत व्यापारीले मेलामा विभिन्न सरसामानअन्तर्गत जाडोयामका न्यानो कपडा, फलफूलअन्तर्गत सुन्तला, स्याउ, कृषि...

पर्यटक गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौँ, ३ मंसिर (रासस) : काठमाडौँको डिल्लीबजार ओरालोमा पर्यटक गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । शनिबार राति बा१प १३०७ नंको पर्यटक गाडीले बा८६प ९०५ नंको मोटरसाइकललाई ठक्कर दिँदा कास्की पोखराका सञ्जय थापाको मृत्यु भएको हो । पर्यटक गाडीको ठक्करबाट घाइते भएका थापाको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल...

हेटौँडालाई प्रदेश राजधानी बनाउन माग

– अञ्जली थापा हेटौँडा, ३ मंसिर / रासस० : ३ नं प्रदेशको राजधानी हेटौँडा तोकिएमा तत्कालका लागि अर्को व्यवस्था नभएसम्म निर्वाचित प्रतिनिधिलाई खाना, आवास, यातायात सहितको सुविधा निःशुल्क दिने होटल व्यवसायी संघ मकवानपुर र नारायणी यातायात व्यवसायी संघ मकवानपुरले प्रतिबद्धता जनाएका छन् । हेटौँडामा एक कार्यक्रमको आयोजना गरेर प्रदेशको...

प्रचण्ड पुत्र प्रकाशको हृदयघातका कारण निधन

काठमाडौँ, ३ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा नेपालका पूर्वप्रधानमन्त्री प्रचण्डका छोरा प्रकाश दहालको आज बिहान हृदयघातको कारण निधन भएको छ । बिहान हृदयघातका कारण अचेत अवस्थामा उनलाई थापाथलीमा रहेको नर्भिक अस्पताल लगिएको थियो । अस्पताल पुर्याइएको केही बेरमा दहालको निधन भएको हो । दहालको निधन भएपछि अहिले...

झडपमा पाँच आतंकवादी र एक सैनिकको मृत्यु

श्रीनगर, २ मङ्सिर / रासस/पीटीआई० : भारत प्रशासित काश्मीरमा शनिबार भएको झडपमा पाँचजना शङ्कास्पद विद्रोहीको मृत्यु भएको भारतीय सेनाले जनाएको छ । झडपका क्रममा एक जना सैनिक कमाण्डोको पनि मृत्यु भएको छ । “उत्तरी काश्मिरको हाजिन क्षेत्रमा विद्रोही सशस्त्र लडाकू लुकेर बसेको सूचनाको आधारमा वायुसेनाको कमाण्डो बल विमानबाट झरेपछि...

प्रहरी र बम राख्ने समूहबीच गोली हानाहान

भोजपुर, २ मंसिर / षडानन्द नगरपालिकामा राखिछाडिएको बम हटाउने क्रममा आज प्रहरीको अज्ञात समूहसँग भिडन्त भएको छ । षडानन्द नगरपालिका–१३ बोयाको भिरथाप्लो भन्ने ठाउँमा राखिएको टाइमबम हटाउने क्रममा आज अपराह्न प्रहरी र अज्ञात समूहबीच भिडन्त भएको हो । टाइमबम राखिएको हल्ला चलेपछि त्यसलाई हटाउन गएका प्रहरी र उक्त समूहबीच...

मुगाबे युग अन्त्यको समर्थनमा दशौँ हजार जिम्बावेली जनता सडकमा

जिम्बाब्वे, २ मङ्सिर रासस/ सिन्ह्वा : जिम्बाब्वेको राजधानीमा मुगाबे युगको अन्त्यको माग गर्दै शनिबार गरिएको प्रदर्शनमा दशौँ हजार जिम्बाब्वेली जनता सहभागी बनेका जिम्बाब्वेको राज्य सञ्चालित टेलिभिजन जेडटिभीले जनाएको छ । जिम्बाब्वेको सेनाले गत बुधबार मुगाबेबाट शासनसत्ता हातमा लिएको थियो । राष्ट्रपति मुगाबेलाई पदबाट राजिनामा दिलाउन दवाव सिर्जना गर्न जिम्बाब्वेका...

भरोसा भएकैले कांग्रेसमा आकर्षण : बानियाँ

हेटौँडा, २ मंसिर, । प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर २ अन्तरगत प्रदेश २ का उम्मेदवार ईन्द्रबहादुर बानियाँले जनतामा भरोसा भएकै कारण नेपाली कांग्रेसमा अहिले आर्कषण बढेको बताएका छन् । अन्य दल भाषणमात्रै गर्ने तर कांग्रेस देशको परिवर्तन र विकासमा नेतृत्व गर्ने भएकाले जनतामा कांग्रेसप्रति भरोसा र आर्कषण रहेको बताए ।...

अफगानिस्तानमा तीन पत्रकारको मृत्यु

काबुल, २ मङसिर -रासस/सिन्ह्वा : अफगानिस्तानमा गत एक हप्ताको अवधिमा विभिन्न कारणले तीन जना अफगानी पत्रकारको मृत्यु भएको छ । एक हप्तामा तीन जनाको मृत्यु भएको हो भने अरु केही घाइते पनि भएको संचार माध्यम समर्थक एक संस्थाले शनिबार जनाएको छ । अफगानिस्तानमा यस बर्षको छ महिनामा लडाकूहरुको आक्रमणमा...