समाचार

चितवन क्षेत्र नं ३ : काँग्रेस फकाउँदै दाहाल, एमाले फकाउँदै पाण्डे

–नारायण अधिकारी चितवन, १ मंसिर (रासस) : राष्ट्रियरुपमा चर्चामा रहेको चितवन क्षेत्र नं ३ मा वाम गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र लोकतान्त्रिक गठबन्धनका उम्मेदवार राप्रपाका उपाध्यक्ष विक्रम पाण्डे एक अर्काको गठबन्धनको मत तान्न लागि पर्नुभएको छ । पूर्वप्रधानमन्त्री दाहाल काँग्रेस फकाउँदै हुनुहुन्छ भने पाण्डे एमाले...

डा. महत भन्छन्– एम्बुस विप्लपले हैन, हितबहादुरले राखेको शंका

१ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. रामशरण महतले शुक्रबार भएको एम्बुस आक्रमण विप्लव समूहले नभएर विपक्षी उम्मदेवार हितबहादुर तामाङले हानेको हुन सक्ने आशंका व्यक्त गरेका छन् । निर्वाचन बिथोल्न सक्रिय रहेको विप्लप समूहभन्दा विपक्षीतिरै बढी आशंका लागेको डा. महतले बताए । ‘चुनावमा जित्न लाग्यो भनेर विपक्षीले एम्बुस...

एम्बुसबाट ‘भाग्य’ले जोगिए डा. रामशरण महत

१ मंसिर, काठमाडौं । कांग्रेस नेता डा. रामशरण महतलाई लक्षित गरी शुक्रबार नुवाकोटमा शक्तिशाली एम्बुस विष्फोट भयो । बिष्फोटनमा परी ५ जना कांग्रेस कार्यकर्ता घाइते भए । अहिले उनीहरुलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं ल्याउने तयारी भइरहेको छ । एम्बुसबाट करिब डेढ सय मिटर अगाडि डा. महतको गाडी थियो...

भूकम्प प्रभावित जिल्लाका प्रत्येक वडामा इन्जिनियर खटाइने

काठमाडौँ, १ मंसिर । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले मंसिर मसान्तभित्र भूकम्प प्रभावित सबै जिल्लाका प्रत्येक वडामा इन्जिनियर परिचालन गर्ने भएको छ । प्रमुख कार्यकारी अधिकृत युवराज भुसालको अध्यक्षतामा बसेको प्राधिकरणको ९२ औँ बैठकले हालै नियुक्त गरिएका प्राविधिक जनशक्तिलाई मंसिर ७ देखि १५ गतेसम्म अभिमुखीकरण तालीम दिई यो महिनाको अन्तिमसम्म प्रभावित...

बागीले पार्टीको झण्डा बोकेपछि वाम गठबन्धनको आपत्ति

सल्यान १, मंसिर । सल्यानमा स्वतन्त्र उम्मेदवारले माओवादी केन्द्रको झण्डा बोकेर प्रचारप्रसार गरेपछि बाम गठबन्धनले आपत्ति जनाएको छ । स्वतन्त्र उम्मेदवारी दिएकाहरूलाई पार्टीको झण्डा बोक्ने कुनै अधिकार नभएको भन्दै पार्टीका नेताहरूले कार्यकर्तामा अन्योल र भ्रममा नपर्न आग्रह गरेका छन् । बिनाविभागीय मन्त्री तथा प्रतिनिधिसभाका उम्मेदवार टेकबहादुर बस्नेतले वाम गठबन्धन...

जसले हरायो, उसैलाई जिताउन चुनावी प्रचारमा

जाजरकोट, १ मंसिर । कुनै बेला एकै चुनावी मैदानबाट पराजित भएका व्यक्ति अहिले आफ्नै प्रतिद्वन्द्वीलाई जीताउनका लागि सहयोग गरेको देख्दा सबैलाई अनौंठो लाग्छ । दोस्रो संविधानसभामा जाजरकोट क्षेत्र १ बाट उम्मेदवार बन्नुभएका डम्बरबहादुर सिंह अहिलेका वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्याका उम्मेदवार बन्नुभएका शक्तिबहादुर बस्नेतबाट डम्बरसिंह पराजित हुनुभएको थियो । तत्कालीन...

कास्कीमा द्विपक्षीय भीडन्त

—निमदत्त सुवेदी पोखरा, १ मंसिर । मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि कास्कीमा वाम गठबन्धन र नेपाली काँग्रेसका उम्मेदवारबीच द्विपक्षीय भीडन्त हुने देखिएको छ । प्रतिनिधिसभा सदस्यका लागि कास्की क्षेत्र नं १ मा नेपाली काँग्रेसबाट उम्मेदवार बन्नुभएका कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापा र...

जिल्ला लिगमा फेरि भाडभैलो, फाईनल होला त ?

चन्द्र घलान, हेटौँडा, १ मंसीर । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ स्थित हुप्रचौरमा जारी जिल्ला लिगमा फेरि भाडभैलोको अवस्था आएको छ । समग्रमा भन्दा यो वर्ष जिल्ला लिग विवादै विवादमा सकिने देखिएको छ भने प्रतियोगिताको फाईनल खेल नै होला कि नहोला भन्ने अवस्थामा...

गुरु चेला पनि चुनावी मैदानमा

पथरी, मोरङ, ३० कात्तिक । नेपालमै पहिलोपटक हुन लागेको प्रदेशसभा निर्वाचनमा यहाँ पृथक र अनौठा स्थिति देखिएका छन् । नेपाली काँग्रेस र वाम गठबन्धनको भिडन्तले प्रदेशसभामा कसले चुनाव जित्ला भनेर ठोकुवा गर्ने अवस्था छैन । प्रदेशसभाको चुनावमा वाम गठबन्धनका तर्फबाट मोरङको क्षेत्र नं ६ को प्रदेशमा पूर्व प्राध्यापक तथा...

आचार संहिता उल्लंघन गर्दै सडक निर्माण

बाबियाचौर, म्याग्दी, ३० कात्तिक । आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई प्रभावित गर्न डोजर लगाएर सडक निर्माण गरेको भन्दै म्याग्दीको रघुगंगा र मंगला गाउँपालिकाविरुद्ध उजुरी परेको छ । रघुगंगा गाउँपालिकाले नेपाली काँग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार खमबहादुर गर्वुजा र प्रदेश सभा ‘क’ का उम्मेदवार भीमप्रसाद गौचनको पक्षमा र मंगला गाउँपालिकाले एमालेबाट...