समाचार
उद्योग राज्यमन्त्रीलाई गुहार्दै मकवापुरे जनता सिंहदरबारमा
मकवानपुर, ४ मंसिर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १४ मयुरधापमा निर्माणाधिन मकवानपुरको दोस्रो औद्योगिक क्षेत्रका कारण शुरु भएको समस्याको बारेमा आईतबार नेपाल सरकार उधोग मन्त्रालय सिंहदरबार काठमाण्डौमा ज्ञापन पत्र बुझाइएको छ । हेटौँडा उपमहानगरपालिका वडा १४ कालोपानी र मयुरधापको बिचमा बन्दै गरेको नयाँ औधोगीक क्षेत्रका कारण वि.सं. २०११ सालदेखि...
संयोजक लामिछानेले कमल थापालाई समर्थन गरेपछि नयाँ शक्तिमा खैलाबैला / बैठक बसेर मात्र आधिकारिक धारणा आउँछ : लामिछाने
मकवानपुर, ४ मंसिर । नयाँ शक्तिका तर्फबाट मकवानपुर प्रतिनिधिसभा क्षेत्र १ का प्रत्यक्ष तर्फका उम्मेदवार प्रल्हाद लामिछानेले कमल थापालाई सहयोग गर्ने गरी आफ्नो उम्मेदवारी स्थगन गरेपछि अहिले मकवानपुरको राजनीतिक माहौल तातेको छ । निर्वाचनको तिथि नजिकिँदै जाँदा नयाँ शक्तिले उम्मेदवारी स्थगित गरी कमल थापालाई सहयोग गर्ने गरी गरिएको सहमति...
उम्मेदवारलाई लक्षित गरेर बम पड्काउने एक जना पक्राउ
नुवाकोट, ४ मंसिर : नुवाकोटका प्रतिनिधिसभा सदस्य क्षेत्र नं १ का काँग्रेस उम्मेदवार डा रामशरण महत र प्रदेश नंं २ का उम्मेदवार रमेशकुमार महतलाई लक्षित गर्दै बम विस्फोटन गराउने मध्येका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । उक्त घटनामा संलग्न भएको अभियोगमा दुप्चेश्वर गाउँपालिका–६ समुन्द्रटारका अनन्त धिताललाई नियन्त्रणमा लिइएको...
सिन्धुलीबाट विप्लवका ३ कार्यकर्ता पक्राउ
सिन्धुली, ४ मंसिर । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ३ कार्यकर्तालाई प्रहरीले सिन्धुलीमा पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सुनकोशी गाउँपालिका–१ कुशेश्वर दुम्जाका ३० वर्षीय केदार माझी, हरिहरपुरगढी गाउँपालिका–३ पीपलमाडीका ४० वर्षीय...
चिया बगान जंगलमा परिणत हुँदै
– जितबहादुर भण्डारी पाँचथर, ४ मंसिर । एक नगरपालिका र सातवटा गाउँपालिकामा चिया खेती गर्दै आएका एक हजार १०० कृषक उचित मूल्य नपाउँदा मारमा परेका छन् । दश हजार ३२३ रोपनी क्षेत्रफलमा लगाएको चिया खेतीमा परेको मेहनत र पसिनाको उचित मूल्य नतोकिँदा मर्कामा परेको कृषकले गुनासो गरेका छन् ।...
तीनमहिना भो ढल फुटेको कसैको ध्यान गएन
-पूर्णप्रसाद मिश्र काठमाडौँ, ४ मंसिर । पुरानो बसपार्क क्षेत्रमा अहिले ढल फुटेर दुर्गन्धित हुँदा आवत जावत गर्न वटुवालाई कठिनाई भएको छ । काठमाडौ महानगरपालिकाले समयमै ध्यान नदिँदा वटुवा नाक थुनेर हिडडुल गर्न वाध्य भैरहेका छन् । ढल फुटेर दुर्गन्धित हुन थालेको तीन महिनाभन्दा वढी समयवितिसकेको छ । खुलामञ्चको केही...
केशबराज बानियाँ भन्छन् : जनताको पिरमर्का राम्ररी बुझेको छु
केशबराज बानियाँले आफ्नो जीवनको आधा समय निजामति, शिक्षक सेवामा बिताए । जिल्लामा थुप्रै सरकारी कार्यालयमा प्रमुखको हैसियतमा काम गरेका उनी आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा निर्वाचन क्षेत्र नं. १ को प्रतिनिधिसभा मा स्वतन्त्र उम्मेदवार छन् । बानियाँ अहिले चुनाव चिन्ह गुलावको फुल लिएर चुनावी मैदानमा छन् । मकवानपुरको हर्नामाडाीमा...
ठूला दलको विकृति विरुद्ध मेरो उम्मेदवारी–मैनाली
हेटौँडा, ४ मंसिर । नयाँ शक्ति पार्टी नेपालको तर्फबाट प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर १ अन्तरगतको प्रदेश २ का उम्मेदवार राजन मैनालीले चुनावी विकृतिको अन्त्य र आफ्नो क्षेत्रको विकासका लागि नयाँ शक्ति पार्टी अपरिहार्य रहेको बताएका छन् । चुनावी अभियानकाक्रममा आईतबार हेटाँैडा ४ का विभिन्न स्थान , भैरव रोड लगायतका...
स्रष्टा/कलाकारलाई परिचयपत्र वितरण गरिने
काठमाडौँ, ४ मंसिर । नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानले संगीत तथा नाट्य विधासँग सम्बन्धित स्रष्टा तथा कलाकारलाई परिचयपत्र प्रदान गर्ने भएको छ । प्रतिष्ठानले आईतबार आयोजना गरेको पत्रकार सम्मेलनमा ‘स्रष्टा/कलाकार परिचयपत्र वितरणसम्बन्धी कार्यविधि–२०७४’ बमोजिम परिचयपत्र वितरण गर्न लागिएको जानकारी गराइयो । प्रतिष्ठानले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको स्वीकृतिमा...
प्रकाश दहाललाई पार्टीको झण्डा ओडाउँदा प्रचण्डका आँशु थामिएनन्
काठमाडौं । प्रचण्ड पुत्र प्रकाश दहालको आकष्मिक हृदयघातका कारण निधन भएपछि उनलाई नर्भिक अस्पतालबाट सिधै माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो । त्यहाँ प्रचण्डले छोरा तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य प्रकाश दहाललाई पार्टीको झण्डा ओडाइदिए । अन्य पार्टीका नेताहरु पनि त्यहाँ पुगेका छन् । माधब...









