समाचार

मतदान केन्द्रमा कर्मचारी जाने क्रम शुरु

भद्रपुर, १७ मंसिर । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि झापा जिल्लामा सुरक्षाका निम्ति सबै तयारी भइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मतदान केन्द्रदेखि लिएर खुल्ला सीमानासम्मको भरपर्दो सुरक्षा व्यवस्था कडा पारिएकोले मतदाताले निर्भिक्क भएर मतदान केन्द्रमा गएर मतदान गर्न प्रहरी उपरीक्षक विष्णुकुमार केसीले आग्रह गनुभएको छ ।...

मतदाता परिचयपत्र नहुँदा पेन्सन लिन समस्या

बैतडी, १७ मंसिर । भारतीय बैंकले मतदाता परिचयपत्र अनिवार्य गरेपछि सयौँ भारतीय पेन्सन लिइरहेका नेपाली समस्यामा परेका छन् । मतदाता परिचयपत्र नबनाएका भारतीय पेन्सन धारी नेपालीलाई अहिले समस्या भएको छ । भारतीय बैंकले डिसेम्बर १५ तारिखभित्र कागजात बुझाउन सूचना जारी गरेको छ । भारतीय बैंकले सबैको पेन्सन खाता अद्यावधिक...

चुनाव प्रचारमा गएको जिप खोलामा खस्दा चालकको मृत्यु

रौतहट, १७ मंसिर । रौतहटमा चुनाव प्रचार प्रसारमा गएको कार्यकर्ता सवार एक जीप खोलामा खस्दा जीप चालकको मृत्यू भएको छ । घटनामा परि ७ जना घाईते समेत भएको प्रहरीले जनाएको छ । रौतहट क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका संघीय समाजवादी फोरम नेपालका उम्मेदवार किरन साहको घरदैलो कार्यक्रम गरेर...

एलनसहित मकवानपुरका ६ जना भारतमा सम्मानित हुने

हेटौँडा । नेपाली साहित्य परिषद् सिक्किम र किनार प्रकाशनले मकवानपुरका पत्रकार तथा लेखक रामकुमार एलनलाई सम्मान गर्ने भएको छ । १० डिसेम्बरमा हुने कार्यक्रममा उत्तरी भारतका प्रख्यात लेखक तथा नेपालका लेखक र पत्रकारलाई सम्मान गरिन लागेको हो । परिषदले नेपाली साहित्य र पत्रकारितामा उल्लेख्य योगदान पु¥याएवापत रामकुमार एलनसहित मकवानपुरका...

सप्तरीमा अधिकांश मतदानस्थल अतिसंवेदनशील

सप्तरी, १७ मंसिर । जिल्ला प्रहरी कार्यालय सप्तरीले सप्तरीका २ सय ९५ मतदानस्थलमध्ये २ सय ७ वटा मतदानस्थल अति सम्वेदनशिल रहेको बताएको छ । त्यस्तै बाँकी ८८ वटा मतदानस्थल पनि संवेदनशिलको सुचिमा छ । यही मंसिर २१ गते दोस्रो चरणमा हुन लगेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी सुरक्षाका...

जितको खोजीमा पराजित उम्मेदवार

सुरुङ्गा, झापा, १७ मंसिर । विसं २०७० मा सम्पन्न दोस्रो संविधानसभाको निर्वाचनमा पराजित हुनुभएका नेपाली काँग्रेसका उम्मेदवार उद्धव थापा र नेकपा (एमाले) की उम्मेदवार पवित्रा निरौला खरेल यतिबेला प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्नुभएको छ । संविधानसभा निर्वाचनमा थापा झापा क्षेत्र नं ४ बाट तथा खरेल क्षेत्र नं २ बाट चुनाव...

हेटौंडामा राति ११ बजे कार्यकर्ता सम्बोधन गर्दै डाक्टर बाबुराम भट्टराईले के भने ?

मकवानपुर, १७ मंसिर । नयाँ शक्ति नेपालका केन्द्रीय संयोजक तथा पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले नयाँ शक्ति फरक एजेण्डासहित आएकोले यो पार्टी अन्य पार्टी जस्तो नभएको बताएका छन् । गए राति ११ बजे हेटौंडा आइपुगेका भट्टराईले कार्यकर्तालाई होटल लिडोमा छोटो सम्बोधन गर्दै नयाँ शक्तिले महत्वपूर्ण जीत हाँसिल गर्ने दावी गरेका...

प्रचण्डले सम्बोधन गरेको सभालाई लक्ष्य गरी बम विस्फोट

कपिलवस्तु, १६ मंसिर /रासस : नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गरेको सभालाई लक्ष्य गर्दै जिल्लाको मायादेवी गाउँपालिका पकडीमा बम विस्फोट गराइएको छ । वाम गठबन्धनले आज आयोजना गरेको आमसभालाई सम्बोधन गर्न जिल्लाको पकडी पुगेका पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष दाहालले आमसभामा सम्बोधन टुँग्याएलगत्तै ठूलो आवाजका...

‘लोकतन्त्र रोज्ने की अधिनायकवाद : प्रधानमन्त्री देउवा

भीमदत्तनगर, १६ मंसिर/रासस : प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको समृद्धि र विकास काँग्रेसले मात्रै गर्न सक्ने बताएका छन् । कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ स्थित बेलौरीमा आज आयोजित चुनावीसभामा उनले कम्युनिष्टले जिते तानाशाही शासन व्यवस्था आउन सक्छ भन्दै लोकतन्त्र रोज्ने की अधिनायकवाद भनेर मतदातासँग प्रश्न गरे...

एमाले नेता नेपालको चुनावी अभियानमा अध्यक्ष दाहाल

काठमाडौँ, १६ मंसिर/रासस : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको चुनावी अभियानमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ आज सहभागी भए । नेता नेपाललगायत वाम गठबन्धनका उम्मेदवारलाई मत माग्ने उद्देश्यका साथ शुक्रबार आफ्नो निर्वाचन कार्यक्रम छोट्याएर काठमाडौँ आइपुगेका अध्यक्ष दाहाल आज पेप्सीकोला क्षेत्रमा आयोजित घरदैलो कार्यक्रममा सहभागी भएका हुन...