समाचार
डोल्पामा प्रभावकारी बन्दै कृषि बीमा
दुनै, डोल्पा, १७ मंसिर । हिमाली जिल्ला डोल्पामा कृषि जोखिम बीमा कार्यक्रम प्रभावकारी बन्दै गएको छ । शिखर इन्स्योरेन्स कम्पनीले डोल्पामा नेपालकै कान्छो शाखा बिस्तार गरेर कृषि बीमा कार्यक्रम लागू गरेपछि कृषक धमाधम कृषि व्यवसायको बीमा गर्न थालेका छन् । जिल्लामै पहिलोपटक लागू भएको उक्त कृषि बीमा कार्यक्रमका कारण...
सोह्र डाक्टरको काम एक्ला प्रभुले भ्याउँदै
–टीका खतिवडा मंगलबारे, इलाम, १७ मंसिर । १६ जना डाक्टरको दरबन्दी रहेको जिल्ला अस्पताल इलाममा एकजना मात्र विशेषज्ञ उपलब्ध हुँदा सेवाग्राही मारमा परेका छन् । जिल्ला अस्पताल इलाममा हाल दुईजना स्थायी डाक्टर र दुईजना मेडिकल अफिसरले सेवा दिइरहनुभएको छ । नौजना विशेषज्ञसहित १६ जना डाक्टरले सेवा पु¥याउनुपर्ने ५० श्ययाको...
महोत्तरीमा प्रतिष्ठाको लडाइँ
गौशाला, १७ मंसिर । महोत्तरी क्षेत्र नं २ मा नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टी नेपालबीच प्रतिष्पर्धा हुने देखिएको छ । काँग्रेसबाट किरण यादव र राष्ट्रिय जनता पार्टी नेपालबाट सो पार्टीका अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारी उम्मेदवार हुनुहुन्छ । दुवैजनाबीच प्रतिष्ठाको लडाइँ जारी छ । यादव संविधानसभाको पहिलो निर्वाचनमा...
रुपनगरमा जंगली हात्तीको आतंक
राजविराज, १७ मंसिर । सप्तरीको उत्तरपूर्वी भेगमा अझै पनि जंगली हात्तीको आतंक रोकिएको छैन । कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्केको जंगली हात्तीको एक समूहले गएराति सप्तरीको कञ्चरुप नगरपालिका– ८ स्थित रुपनगर र कञ्चनपुरमा एक दर्जन घरमा तोडफोड गरेको छ । मध्यरात एक्कासि आरक्षबाट दुई समूहमा निस्केको जंगली हात्तीको समूहले आतंक...
मतदाता शिक्षा दिँदै राजनीतिक दल
–प्रकाश धौलाकोटी तेह्रथुम, १७ मंसिर । मत बदर हुन नदिन तेह्रथुममा राजनीतिक दलहरुले पनि मतदाता शिक्षा दिन थालेका छन् । लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनले चुनाव प्रचारप्रसारसँगै मतदाता शिक्षालाई अभियानकै रुपमा सञ्चालन गरेका हुन् । दलहरुले चुनाव प्रचारप्रसारका लागि आयोजित चुनावीसभामै सहभागीलाई मतदान गर्नेबारे सिकाइरहेका छन् । कतिपय गाउँमा...
सयौँ मजदुरलाई रोजीरोटी दिएको छ रामघाटको बालुवाले
पोखरा, १७ मंसिर । कहिलेकाहीँ मानव जीवनको विनास गराउने नदीले जीविकोपार्जनका लागि रोजीरोटीको व्यवस्था पनि गरिरहेको छ । यस्तै एउटा ज्वलन्त उदाहरण हो, पोखरा–लेखनाथ महानगरपालिका–९ रामघाटस्थित सेती नदीको किनारमा रहेको बालुवा, गिट्टी र ढुंगा । दैनिकजसो बिहान उज्यालो भएपछि सबै मजदुर नदीको किनारमा पुग्छन् । प्रायजसो घरका सबै परिवार...
बाँकेमा चुनावी सरगर्मी तीव्र, १ र २ क्षेत्रमा दुईपक्षीय र ३ मा त्रिपक्षीय प्रतिस्पर्धा
–राकेशकुमार मिश्र खजुरा, बाँके, १७ मसिर । पश्चिम नेपालको प्रमुख केन्द्रका रुपमा रहेको बाँके जिल्लामा चुनावी सरगर्मी तीव्र छ । जिल्लाको निर्वाचन क्षेत्र नं १ र २ मा दुईपक्षीय र ३ मा त्रिपक्षीय प्रतिस्पर्धा देखिन्छ । निर्वाचन क्षेत्र नं १ र ३ को तुलनामा नेपालगञ्ज उपमहानगरपालिका समेत रहेको क्षेत्र...
सुर्खेतका दृष्टिविहीन भन्छन् ‘हाम्रो मतको दुरुपयोग हुन्छ’
– लक्ष्मी भण्डारी सुर्खेत, १७ मंसिर । छ महिना अघि स्थानीय निकायको निर्वाचनमा सुर्खेतकी दृष्टिविहीन भीमा आचार्यलाई भोट हालेकोजस्तो अनुभूति नै भएन । सहयोगीको रुपमा भतिजीलाई सँगै लिएर भोट हाल्न जानुभएकी उहाँले भन्नुभयो, “भतिजीले कसलाई भोट हालिन थाहै भएन” आफ्नो मतको गोपनीयता हँुदैन की भन्ने चिन्ता छ वीरेन्द्रनगरकी मेनका...
धनुषाको निर्वाचन क्षेत्र नं १ र २ मा त्रिकोणात्मक प्रतिस्पर्धा
– अजयकुमार साह महेन्दनगर, धनुषा, १७ मंसिर । धनुषाको निर्वाचन क्षेत्र नं १ र २ मा काँग्रेस, वाम गठबन्धन र मधेशी गठबन्धनबीच त्रिकोणात्मक प्रतिस्पर्र्धा हुने भएको छ । प्रतिनिधिसभा सदस्यका लागि धनुषा निर्वाचन क्षेत्र नं १ बाट वाम गठबन्धनबाट माओवादी नेता मातृकाप्रसाद यादव प्रत्यक्ष चुनावी मैदानमा पहिलो पटक उत्रनुभएको...
लोप हुने अवस्थामा यःमरी भाका
– लक्ष्मी गारु भक्तपुर, १७ मंसिर । मार्ग शुक्ल पूर्णिमाअर्थात् धान्य पूर्णिमारूपमा मनाइने यो पर्व दिन नेवार समुदायमा भने ‘यःमरी पुन्ही’ले परिचित छ । यस दिन चामलको पिठोमा चाकुलगायतका सामग्री राखेर बनाएको विशेष प्रकारको रोटी यःमरी बनाएर खाने गरिएकाले यस चाडको यःमरी पुन्ही नामाकरण गरिएको हो । नेवार समुदायमा...










