एलनसहित मकवानपुरका ६ जना भारतमा सम्मानित हुने

तु खबर संवाददाता
२०७४ मंसिर १७, आईतवार ११:२६
रामकुमार एलन

हेटौँडा । नेपाली साहित्य परिषद् सिक्किम र किनार प्रकाशनले मकवानपुरका पत्रकार तथा लेखक रामकुमार एलनलाई सम्मान गर्ने भएको छ ।

१० डिसेम्बरमा हुने कार्यक्रममा उत्तरी भारतका प्रख्यात लेखक तथा नेपालका लेखक र पत्रकारलाई सम्मान गरिन लागेको हो ।

परिषदले नेपाली साहित्य र पत्रकारितामा उल्लेख्य योगदान पु¥याएवापत रामकुमार एलनसहित मकवानपुरका ह्यग्रीव आचार्य, राजबाबु पहाडी, कृष्णप्रसाद दाहाल, बिर्खे अन्जान र मुक्तिगोविन्द वैद्यलाई सम्मान गर्न लागेको हो । कार्यक्रममा नेपाल र भारतका २४ स्रस्टा सम्मानित हुनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*