चुनाव प्रचारमा गएको जिप खोलामा खस्दा चालकको मृत्यु
रौतहट, १७ मंसिर । रौतहटमा चुनाव प्रचार प्रसारमा गएको कार्यकर्ता सवार एक जीप खोलामा खस्दा जीप चालकको मृत्यू भएको छ । घटनामा परि ७ जना घाईते समेत भएको प्रहरीले जनाएको छ । रौतहट क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका संघीय समाजवादी फोरम नेपालका उम्मेदवार किरन साहको घरदैलो कार्यक्रम गरेर फर्कदै गर्दा कार्यकर्ता चढेको उक्त जिप दुर्घटनामा परेको हो ।
संघीय समाजवादी फोरम नेपालका कार्यकर्ता चढेको जिप गएराति खोलामा खस्दा चालकको मृत्यु भएको हो । गएराति बीआर ०१ पिभी ३९३३ भारतीय नम्बर प्लेटको बोलेरो जिप रौतहट भकुवा खोलामा खस्दा भारतको विहार राज्यको पूर्वीचम्पारनका गोपालराय यादवको घटनास्थलमै मृत्यु भएको हो ।
घाइते दुईजनालाई स्थानीय अस्पतालमा तथा पाँचजनालाई नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्ज लगिएको प्रहरीले जनाएको छ ।
