समाचार
ढकाल र लुँइटेलको सचेतनामुलक म्यूजिक भिडियो ‘हे दैव’ सार्वजनिक
मकवानपुर । गायक घनश्याम ढकाल र गायिका सुनिता शर्मा लुँइटेलको स्वरमा रहेको ‘हे दैव’ बोलको गितको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । कोरोना भाइरसको संक्रमणबाट बँच्नको लागि सचेतनामुलक विषयबस्तुलाई देखाइएको भिडियो आज हेटौंडामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । हेटौंडा उपमहानगरपालिका ६ नम्वर वडा कार्यालयको सहयोगमा स्टेट भिजन...
कात्तिक नाचअन्तर्गत आज चौथो दिन युद्धकला मञ्चन हुने
ललितपुर । पाटनमा प्रस्तरबाट निर्मित २१ गजुरले सुशोभित कृष्ण मन्दिर परिसरको ‘कात्तिक डबली’ मा आज कात्तिक नाचअन्तर्गतको चौथो दिन युद्धकला मञ्चन हुने भएको छ । प्रत्येक वर्ष ललितपुर दरबार क्षेत्रमा ‘कात्तिक नाट्य महोत्सव’ मञ्चन गर्ने परम्पराअनुसार साँझ सो नृृत्य प्रदर्शन गर्न लागिएको हो । सो नाचमार्फत आज महादेव अनि...
आज मौसम सामान्यता सफा रहने
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ । आज (शनिबार) देशको पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । आइतबार...
संचारकर्मीले सत्यलाई स्थापित गर्न सक्नुपर्दछ : अर्थमन्त्री शर्मा
कास्की । अर्थमन्त्री जनार्दन शर्माले सञ्चारकर्मीले जनताको अपेक्षा अनुसार सत्यलाई स्थापित गर्ने र गलत कार्यको विरोध गर्न सक्नुपर्ने बताएका छन् । प्रेस सेन्टर नेपाल जिल्ला समिति कास्कीको नवनिर्वाचित कार्यसमितिको शुक्रबार पोखरामा आयोजना गरिएको पदस्थापन कार्यक्रममा उनले सञ्चार जगतले निरन्तर जनतालाई सुसूचित गराउने कार्यमा लाग्नुपर्नेमा जोड दिए । सङ्घीय लोकतान्त्तिक...
१२ जिल्लामा आज कांग्रेसको वडा अधिवेशन हुँदै
काठमाडौँ । विभिन्न विवादका कारण रोकिएको नेपाली कांग्रेसको वडा अधिवेशन आजबाट शुरु हुँदैछ । यसअघि भदौ १८ बाट शुरू भएको कांग्रेसको वडा अधिवेशन विभिन्न जिल्लामा सकिएको छ । विवादका कारण बाँकी रहेका जिल्लाको वडा अधिवेशन आजबाट सुरू हुने नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका अनुसार...
पेट्रोलियम पदार्थमा भएको मूल्य बृद्धिको विरोधमा विप्लवको मसाल जुलुस
मकवानपुर । पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरिएको भन्दै त्यसको विरोधमा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी मकवानपुरले बागमती प्रदेशको राजधानी हेटौंडामा बिहिबार शुक्रबार साँझ मसाल जुलुस प्रदर्शन गरेको छ । हेटौंडाको चौकीटोलबाट सुरु भएको मसाल जुलुस बुद्धचोक हुँदै सिमाचोक पुगेर कोणसभामा परिणत भएको थियो ।कोणसभामा बोल्दै सो...
मिथिलामा अक्षय नवमी मनाइँदै
काठमाडौं । महोत्तरीसहितका मिथिला क्षेत्रमा आज अक्षय नवमी पर्व मनाइँदैछ । कात्तिक शुक्ल नवमी तिथिमा मनाइने परम्पराअनुसार यो पर्व आज मनाइँदै गरिएको हो । मिथिलामा धातृ नवमी र इच्छा नवमीसमेत भनिने यो पर्व सामूहिक भोजन गरिने रमाइलो चाडवाडमा गनिन्छ । पर्वमा कात्तिक शुक्ल नवमीका दिन अमला (धातृ) को रुखको...
आज देशैभरबाट एमालेले महाधिवेशन प्रतिनिधि छान्दै, मकवानपुरमा सहमतिमै छनोट
मकवानपुर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज देशैभरबाट महाधिवेशन प्रतिनिधि छनोट गर्दैछ । पार्टीको संगठित सदस्यताको आधारमा जिल्लाबाट प्रतिनिधि चयन गर्न आज देशैभर एकैसाथ चुनाव हुँदैछ । एमालेमा हालसम्म ८ लाख १० हजार संगठित सदस्य रहेका छन् । कतिपय जिल्लामा यसअघिनै सर्वसम्मत प्रतिनिधि चयन भइसकेको एमालेले जनाएको छ...
कैलालीमा आजदेखि कांग्रेसको वडा अधिवेशन सुरु
कैलाली । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत कैलालीमा आजदेखि वडा अधिवेशन सुरु हँदैछ । तेस्रो पटक मिति तोकिएपछि अधिवेशन प्रक्रिया अघि बढेको हो । आजदेखि जिल्लाका १२६ वटै वडामा वडा अधिवेशन सुरु हुने पार्टी सभापति नरनारायण शाहले जानकारी दिए । उनले अधिवेशनका लागि सबै वडामा निर्वाचन अधिकृत खटाइसकिएको बताउँदै...
कर्णाली प्रतिष्ठानमा मङ्सिरदेखि एमबीबीएस पढाइ
जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा मङ्सिर १९ गतेदेखि एमबीबीएसलगायतका कक्षा सञ्चालन हुने भएको छ । प्रतिष्ठानको निर्धारित शैक्षिक कार्यक्रमअनुसार एमबीबीएसलगायतका कक्षा सञ्चालन हुने प्रतिष्ठानका निमित्त उपकुलपति सहप्राध्यापक डा निरेश थापाले जानकारी दिए । प्रतिष्ठानको लक्ष्य तथा उद्देश्यअनुरुप सञ्चालित स्वास्थ्य सेवा प्रवाह तथा प्राज्ञिक कार्यक्रम पूर्वतयारीअनुसार अघि बढ्ने...









