समाचार
वृद्धाश्रममै च्याउखेती
काठमाडौं । मनकारी दाताका सहयोगबाट सञ्चालित कञ्चनपुरको महेन्द्रनगरस्थित महिला तथा वृद्ध सेवा केन्द्रमा व्यवसायिक च्याउखेतीबाट मनग्य आम्दानी गर्न थालिएको छ । वृद्धाश्रमको आयस्रोत बढाउनुका साथै आश्रित ज्येष्ठ नागरिकका पालपोषणमा सहयोग पुगोस् भन्ने उद्देश्यले लामो समयदेखि यहाँको वनखेतमा रहेको सो केन्द्रमा च्याउखेती गरिँदै आएको छ । केन्द्रका अध्यक्ष शारदा चन्दले...
धार्मिक मेलाका लागि दुई दिन सार्वजनिक विदा
काठमाडौं । धार्मिक तथा पर्यटकीयस्थल खोटाङको बराहपोखरीमा लाग्ने धार्मिक मेलालाई लक्षित गरी बराहपोखरी र र जन्तेढुङ्गा गाउँपालिकाले यही कात्तिक–२८ र २९ गते सार्वजनिक बिदा दिएको छ । हरिवोधनी एकादशीका अवसरमा हप्ता दिनसम्म बराहपोखरी मेला लाग्दछ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट दक्षिणी क्षेत्रमा पर्ने धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीमा...
रौतहटको यमुनामाईमा कार दुर्घटना, ४ जनाको मृत्यु
रौतहट । सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । रौतहटको यमुनामाई गाउँपालिका वडा नम्वर ५ जुनखुनुवामा शनिबार राति १० बजेको समयमा भारतीय नम्बरप्लेटको कार दुर्घटना हुँदा चार जना पुरुषको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी विनोद घिमिरेका अनुसार युके १२ सी २९०० नम्बरको कार...
पश्चिम तराईका जिल्लामा रासायनिक मलको चरम अभाव
कैलाली । हालैको बेमौसमी वर्षाले धानबालीमा क्षति व्यहोरेका कैलालीलगायतका जिल्लाका किसानले यतिबेला गहुँखेती गर्न रासायनिक मलको चरम अभावको समस्या झेल्नुपरेको छ । मल अभावका कारण समयमै गहुँ छर्न नपाएर समय घर्किन लागेको किसानले गुनासो गरेका छन् । वर्षापछि डुबानमा परेको होचो भागको अधिकांश क्षेत्रको जग्गा भने हिलाम्मे भएका कारण...
भ्यालुयर्स एसोसिएसन मकवानपुरद्वारा चौरसियाको रिहाइको माग
मकवानपुर । बैंकबाट धितो लिने प्रयोजनका लागि घरजग्गा मूल्याङ्कनको कार्य गर्ने व्यवसायीलाई पक्राउ गरेको विषयलाई लिएर नेपाल भ्यालुयर्स एसोसिएसन मकवानपुरले ध्यानाकर्षण भएको जनाएको छ । नेपाल भ्यालुयर्स एसोसिएसन बीरगन्जका सदस्य समेत रहेका मूल्याङ्कनकर्ता इन्जिनियर राजेश कुमार चौरसियालाई पक्राउ गरेको विषयलाई लिएर नेपाल भ्यालुयर्स एसोसिएसन मकवानपुरले ध्यानाकर्षण भएको जनाएको हो...
अटोरिक्सा दुर्घटनामा मृत्यु
कर्णाली । कर्णाली प्रदेशको राजधानी सुर्खेत गिरीघाटमा अटोरिक्सा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । सुर्खेत–जुम्ला सडकखण्डमा बाङ्गे सिमलबाट गिरीघाटतर्फ जाँदै गरेको भे १ ह ८४४ नंको रिक्सा दुर्घटना हुँदा वीरेन्द्रनगर–१ सुर्खेतका ४४ वर्षीया जमरा शाहीको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी...
बीउ व्यवसायी संघ र औषधि व्यवसायीको संघको अधिवेशन सम्पन्न
मकवानपुर । नेपाल बीउ व्यवसायी संघ जिल्ला समन्वय समिति मकवानपुरको सातौँ वार्षिक साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । हेटौंडामा शनिबार भएको अधिवेशनमा वक्ताहरुले बीउ बिजन देशको अर्थतन्त्रसँग जोडिएको विषय भएको बताउँदै नेपाल आफै बीउ बिजनमा आत्मनिर्भर बन्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा बीउ व्यवसायी संघका केन्द्रीय...
पुष्पलाल पार्क व्यवस्थापन समितिको अध्यक्षमा भेटवाल
मकवानपुर । हेटौंडास्थित पुष्पलाल स्मृति शान्तिपार्क व्यवस्थापन समितिको अध्यक्षमा गणेश भेटवाल चयन भएका छन् । शनिबार पार्क परिसरमा आयोजित साधारणसभाले भेटवालको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा रिटबहादुर खत्री,सचिवमा सानुकाजी पाण्डे, सहसचिवमा पूर्णप्रसाद अर्याल र कोषाध्यक्षमा विष्णुकुमारी बस्नेत चयन भएका छन् । पार्क व्यवस्थापन समितिका...
सौर्य ऊर्जाबाट बिजुली निकाल्दै गुठीचौर
खलङ्गा । जुम्लाको गुठीचौर गाउँपालिकाले सौर्य ऊर्जाबाट बिजुली निकाल्ने भएको छ । वडा नं २ स्थित मुरुली गाउँमा सौर्य ऊर्जाबाट बिजुली निकाल्न थालिएको गाउँपालिकाका अध्यक्ष हरिबहादुर भण्डारीले बताए । उनले भने , “वडाभित्र रहेका झण्डै दुई सय घरधुरीलाई बिजुलीको पहुँचमा ल्याउनका लागि सौर्य ऊर्जाबाट बिजुली बाल्न लागिएको हो ।...
पचालझरनामा पदमार्ग बन्दै
कालिकोट । कालीकोट जिल्लाको पचालझरना गाउँपालिका–३ खार्दुमा रहेको पचालझरना जानका लागि रु तीन करोड ३१ लाखको लागतमा पदमार्ग बनाइने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आर्थिक सहयोगमा सो पदमार्ग बन्न लागेको हो । नेपालकै ३८१ मिटर अग्लो उक्त झरनासम्म जानका लागि पदमार्ग बनाउन लागिएको गाउँपालिकाका अध्यक्ष...








