समाचार

संसदमा विपक्षी दलहरूले मागे गृहमन्त्रीको राजीनामा

संसदमा विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेका छन् ।प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरूले राजीनामा मागेका हुन् । सभामुख देवराज घिमिरेले बैठकको आजको कारबाही प्रारम्भ हुन्छ भनेबित्तिकै विपक्षी दलका सांसदहरू उठेर अवरोध गरेका थिए । त्यसपछि सभामुखले प्रमुख प्रतिपक्षी दलका सांसद वर्षमान पुनलाई...

अर्थमन्त्रीद्वारा राष्ट्रपतिलाई बजेटबारे ब्रिफिङ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले भेट गरेका छन् । अर्थमन्त्रीले मंगलबार भएको भेटमा राष्ट्रपतिलाई आर्थिक वर्ष २०८२–८३ को बजेटका बारेमा ब्रिफिङ गरेको अर्थ मन्त्रालयले जनाएको छ । सरकारले संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते बिहीबार बजेट ल्याउँदै छ । सोही बजेटका बारेमा मन्त्री पौडेलले मंगलबार...

मकवानपुरमा बस दुर्घटना, दुई जनाको मृत्यु

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ३ त्रिभुवन राजपथ सडकखण्डमा यात्रुबाहक बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा ४ जना घाइते भएका छन् । प्रहरीका अनुसार, ब्रेक फेल भई यात्रुबाहक बस दुर्घटना भएको हो । दुर्घटनामा थाहा नगरपालिका वडा नम्बर ९ का ४० वर्षीय कृष्ण बलामी...

माओवादी केन्द्रमा फर्कदैँ गंगानारायण श्रेष्ठ

काठमाडौं । नेकपा माओवादी केन्द्र र गंगा नारायण श्रेष्ठले नेतृत्व गरेको नेपाल समाजवादी पार्टीबीच आज सोमबार एकता हुँदैछ । नेसपाले नेकपा माओवादीसित पार्टी एकता गर्ने निर्णय गरेपछि यो वातावरण बनेको हो । गत निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर निर्वाचन लडेका महिन्द्रा राय यादव पार्टी एकताबाट पछि हटेपछि श्रेष्ठले...

सिटिजन लाइफको व्यतित बीमालेख रिन्यू गर्दा १०० प्रतिशतसम्म छुट

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित भएका बीमालेखहरू नवीकरण (रिन्यू) गर्दा लाग्ने ब्याजमा १०० प्रतिशतसम्म छुट दिने भएको छ। कम्पनीले रिन्यू नगरेर व्यतित भएका बीमालेखहरू आज जेठ १२ देखि २७ गतेसम्म रिन्यू गर्दा लाग्ने विलम्ब शुल्क (ब्याज) मा छुट दिने भएको हो। कम्पनीले ३ वर्षभन्दा बढी व्यतित...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज जेठ १२ गतेका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जसअनुसार अमेरिकी डलर एकको खरीददर १३६ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३६ रुपैयाँ ६५ पैसा रहेको छ। युरोपियन युरो एकको खरीददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ ३० पैसा, बेलायती...

जेठ १५ गते सरकारले नै हिंसा भड्काउन खोजेको जनआन्दोलन समितिको आरोप

काठमाडौं । आगामी जेठ १५ गते राजसंस्था पुनर्स्थापनाको लागि आन्दोलनको घोषणा गरेको संयुक्त जनआन्दोलन परिचालन समितिले सरकारले नै हिंसा भड्काउन खोजेको आरोप लगाउँदै भत्र्सना गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ गते राजावादीहरुको आन्दोलन असफल पार्न एमालेका सबै कार्यकर्ताहरुलाई राजधानी कब्जा गर्न निर्देशन दिएका थिए । संयुक्त...

नो लाइटको निरीक्षण पछि मन्त्री खड्काले भने लोडसेडिङ हुँदैन

काठमाडौं / ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले आइतबार साँझ कुलेश्वरस्थित कालीमाटी नो–लाइट शाखामा स्थलगत निरीक्षण गर्दै उपभोक्ता गुनासो तथा वितरण व्यवस्था सम्बन्धी जानकारी लिएका छन् । नो–लाइट शाखा अन्तर्गत विभिन्न स्थानमा देखिएको विद्युत आपूर्तिको समस्या, उपभोक्ता गुनासो तथा सम्भावित प्राविधिक कठिनाइबारे जानकारी लिइसकेपछि मन्त्री खड्काले पत्रकारहरूसँग कुरा...

मिश्र र जबरालाई ४/४ वटा अभियोगमा मुद्धा दायर

काठमाडौँ । तीनकुनेमा राजावादीको पक्षमा प्रदर्शनमा संलग्न राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र र सोही पार्टीका महामन्त्री धवलशम्शेर राणाविरुद्ध ४/४ वटा अभियोगमा मुद्दा दायर गरिएको छ । सरकारी वकिलले मिश्रसहित ६५ जनालाई प्रतिवादी कायम गरेर अदालतमा मुद्दा दायर गरेको हो । मिश्र र राणाविरुद्ध राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव,...

अतिरिक्त समूहमा रहेका २३ उपसचिवलाई जिम्मेवारी

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रालयमा अतिरिक्त समूहमा रहेका २३ उपसचिवलाई जिम्मेवारी दिएको छ । शुक्रबार उपसचिवहरुलाई जिम्मेवारी दिने निर्णय भएको मन्त्रालयले जानकारी दिएको छ । सचिवस्तरीय निर्णयबाट २३ उपसचिवलाई जिम्मेवारी दिइएको हो । आशिष अर्याल, चुडामणि अर्याल, अनुप ढकाल, नवराज बराल, प्रमोद खनाल, लक्ष्मी तिवारीलगायतका...