समाचार

भोलिदेखि सार्वजनिक यातायात ठप्प हुने

काठमाडौं । सार्वजनिक यातायात व्यवसायीले भोलिदेखि गाडी थन्काएर सेवा ठप्प पार्ने घोषणा गरेका छन् । गण्डकी प्रदेश सरकारले नीजि सवारी साधनलाई पनि यात्रु ओसारपसारमा प्रयोग गर्न दिएको भन्दै उनीहरुले आन्दोलन गर्ने बताएका हुन् । सार्वजनिक यातायात केन्द्रीय महासंघ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात व्यवसायी महासंघ नेपाल यातायात...

राजावादीको आन्दोलनबाट कमल थापा पक्राउ

काठमाडौं । राजतन्त्रको पक्षमा प्रदर्शन गर्दा राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परेका छन् । राजावादी समूह राजधानीको नारायण चौर क्षेत्रबाट बालुवाटारतर्फ अघि बढ्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको हो । बालुवाटारतर्फ अघि बढ्न खोजेपछि उनलाई नियन्त्रणमा लिइएको हो । कमल थापासहित राजसंस्था पक्षधर नेताहरूले आइतबार प्रदर्शनको नेतृत्व गरेका थिए।...

आज भोटो जात्राः काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

काठमाडौं । आज काठमाडौं उपत्यकामा वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा मनाइँदैछ। यस अवसरमा सरकारले आज काठमाडौं, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिएको छ। भोटो जात्रा रथयात्राको अन्तिम दिनमा मनाइने परम्परागत पर्व हो जुन प्रत्येक वर्ष बुङ्गद्यो (रातो मच्छिन्द्रनाथ) को रथ तानेर आयोजना गरिन्छ। रथलाई जावलाखेलसम्म...

फरार रहेका कर्णाली डेभलपमेन्ट बैंकका पूर्व सीईओ पक्राउ

काठमाडौँ । कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडमा २ अर्ब ५० करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेर फरार रहेका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा संस्थापक अध्यक्ष राजेन्द्र वीर रायलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको अनुसन्धान टोलीले उनलाई जेठ १७ गते रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१, बेलहिया क्षेत्रबाट...

पेट्रोल,डिजेल र मट्टितेलको भाउ बढ्यो

काठमाडौं । नेपाल आयल निगमले आइतबार मध्यरातदेखि लागू हुने गरी डिजेल, मट्टितेल र पेट्रोलको भाउ बढाएको छ। निगमको सञ्चालक समितिको बैठकले डिजेल र मट्टितेलमा प्रतिलिटर १ रूपैयाँ र पेट्रोलमा प्रतिलिटर २ रूपैयाँ भाउ बढाएको हो। भाउ बढेसँगै पहिलो, दोस्रो र तेस्रो वर्गअनुसार डिजेल र मट्टितेलको मूल्य क्रमशः प्रतिलिटर १४०.५०...

अमेरिकामा मौरी बोकेको ट्रक दुर्घटना, २५ करोड मौरी भागे सावधानी अपनाउन आग्रह

मौरी बोकेको ट्रक दुर्घटनापछि मुक्त गर्न हिँडाइएका २५ करोड मौरी भागेपछि पश्चिमी अमेरिकामा प्रहरीले मानिसहरूलाई मौरीको झुण्डबाट जोगिन आग्रह गरेको छ । अमेरिकाको सुदूर उत्तरपश्चिममा रहेको वासिङ्टन राज्यमा एउटा ‘सेमी ट्रेलर ट्रक’ दुर्घटना भएपछि प्रहरीले स्थानीयलाई सावधानी अपनाउन भनेको हो । ह्वाटकम काउन्टी शेरिफले आफ्नो सामाजिक सञ्जाल पेजमा लेखेको...

सार्वजनिक यातायात व्यवसायीले गरे देशभर एक घण्टा चक्काजाम

काठमाडौं । काठमाडौँ । सार्वजनिक यातायात व्यवसायीहरूले आज एक घण्टा चक्काजाम गरका छन् । यातायात व्यवसायीको ७ बुँदे माग राखेर एक घण्टा चक्काजाम गरेका हुन् । सवारी ऐन २०४९ को परिच्छेद २ को दफा ८ को २ र दफा १२ को १ विपरीत सङ्घीय ऐनसँग बाझिने गरी सातै प्रदेश...

यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।  अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ६३ पैसा र बिक्रीदर १३७ रुपैयाँ २३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५४ रुपैयाँ ८३ पैसा र बिक्रीदर १५५ रुपैयाँ ५१ पैसा, युके पाउण्ड...

प्रहरीका ११ जना एसएसपीको डीआईजीमा बढुवा

काठमाडौं । नेपाल प्रहरीका ११ जना एसएसपीहरू डीआईजीमा बढुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले ११ जना एसएसपीहरुको बढुवा गरिएको जनाएको छ । उनीहरुलाई पदस्थापन समेत गरिएको प्रहरी प्रधान कार्यालयको सूचनामा उल्लेख छ । बढुवा हुनेहरूमा सुदर्शनप्रसाद कोइराला, विनोद घिमिरे, दिपेन्द्र घर्ती क्षेत्री (जिसी), दिपक रेग्मी, माधवप्रसाद श्रेष्ठ, दिलिप...

सांसदको नाममा कुनै योजना छैन नेतामुखी योजना दिएका छैनौं : अर्थमन्त्री पौडेल

काठमाडौँ ।  अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/०८३ को बजेट यथार्थपरक रहेको दाबी गर्दै यसको प्रभावकारी कार्यान्वयनमा सरकारले उल्लेखनीय सफलता हासिल गर्ने विश्वास व्यक्त गरेका छन्। बजेट सार्वजनिक गरेको भोलिपल्ट पत्रकार सम्मेलन गर्दै उनले बजेटले आर्थिक स्थायित्व, निजी क्षेत्रको विश्वास र विकासको गति तीनै पक्ष समेट्ने प्रयास गरेको बताए।...