समाचार
७ दिन भित्र दर्ता गर्न नआए फेसबुक बन्द गर्ने चेतावनी
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सामाजिक सञ्जाल कम्पनी मेटालाई सात दिनभित्र नेपालमा दर्ता हुन अन्तिम चेतावनी दिएका छन्। उनले मेटाले तोकिएको म्यादसम्म पनि दर्ता नगरेको भन्दै अब थप समय नदिइने र दर्ता नभए प्रतिबन्ध लगाइने स्पष्ट पारेका हुन् । शुक्रबार राजधानीमा आयोजित एक अन्तर्क्रिया...
नेपालमा एमसीसी परियोजना नरोकिने
काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत नेपालमा सञ्चालनमा रहेका कार्यक्रमहरू यथावत् रुपमा अगाडि बढ्ने भएका छन्। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार सेनेगल, मंगोलिया, आइभोरी कोस्टसहित नेपालमा एमसीसी परियोजना रोकिने छैन। अमेरिकी प्रशासनको खर्च कटौती योजनाअनुसार एमसीसी अन्तर्गतका केही देशमा कार्यक्रम स्थगित गरिने तयारी थियो। अमेरिकी...
नेको इन्स्योरेन्सको लाभांश घोषणा
काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले शेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको वैशाख ११ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरूलाई चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र ०.३६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। उक्त निर्णय नियामक निकाय नेपाल बीमा प्राधिकरणले स्वीकृत गरी कम्पनीको आगाामी साधारणसभाबाट...
टिप्पणी- आज १९ औँ लोकतान्त्रिक दिवश, किन कमजोर बन्दैछ लोकतन्त्र ?
काठमाडौँ । आज १९ औँ लोकतन्त्र दिवश । देशभरि लोकतन्त्रको स्थापनाका लागि विविध कार्यक्रम गरेर यो दिवश मनाइँदैछ । वि.स २०६३ साल वैशाख ११ गते लोकतन्त्रको स्थापना भएको थियो । त्यतिबेलाका राजा ज्ञानेन्द्र शाहले विघठन गरेको संसद पुर्नस्थापना गरी कार्यकारी प्रमुखको रुपमा राजगद्दी त्यागेको र लोकतन्त्रको स्थापना भएको दिन...
अमेरिकी डलरको भाउ बढ्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज वैशाख ११ गतेका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। जस अनुसार अमेरिकी डलर एकको खरिददर १३६.३८ रुपैयाँ र बिक्रीदर १३६.९८ रुपैयाँ कायम भएको छ जुन अघिल्लो दिनको तुलनामा बढेको हो। आज युरोपियन युरो एकको खरिददर १५५.४० रुपैयाँ र बिक्रीदर १५६.०८ रुपैयाँ, बेलायती...
सर्वोच्चको आदेश : पत्रिकामा छापिएको समाचार हटाउनू, अदालतमा बयानका लागि उपस्थित हुनू
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरु अब्दुल अजिज मुसलमान र टेकप्रसाद ढुंगानाको इजलासले नेपाली पेन नामक अनलाइन पत्रिकाका प्रकाशक डा. दिपेश केसी र कार्यकारी सम्पादक सचिना बानियाँलाई बयानका लागि ७ दिनभित्र अदालतमा उपस्थित हुन आदेश जारी गरेको छ । साथै सो अनलाइन पत्रिकाामा प्रकासित समाचार हटाउन पनि अदालतले आदेश दिएको...
शिक्षा मन्त्रीमा रघुजी पन्त, ऊर्जा राज्यमन्त्री तामाङ पदमुक्त
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा मन्त्रीमा रघुजी पन्तलाई नियुक्त गरेका छन् । उनको सपथ भोलि हुने तय भएको छ भने ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका राज्यमन्त्री पूर्णबहादुर तामाङलाई पदमुक्त गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति कार्यालयले बुधबार अपराह्न पन्तलाई शिक्षा मन्त्रीमा नियुक्त गरेको हो...
बीमा प्राधिकरणका अध्यक्ष नियुक्ति सम्बन्धी मुद्धा हेर्न नमिल्नेमा
काठमाडौं । बीमा प्राधिकरणका अध्यक्षको योग्यता सम्बन्धमा सर्वोच्च अदालतमा दर्ता भएको रिट आज पनि पेशीमा चढेर सुनुवाइ हुन सकेन । सरकारले बीमा प्राधिरकणको अध्यक्ष शरद ओझाको नियुक्ति गरेपछि अनुभव सम्बन्धी योग्यता नमिल्ने भन्दै सर्वोच्च अदालतमा परमादेश समेतको माग गर्दै अधिवक्ता इन्दिरा धमलाले रिट निवेदन दर्ता गराएकी थिइन् । आज...
गभर्नर विवादसम्बन्धी रिट न्यायाधीशद्वय शर्मा र पाण्डेयको इजलासमा
काठमाडौं । गभर्नर नियुक्तिसँग जोडिएको विवादमाथिको रिट र पूरक निवेदन आज सर्वोच्च अदालतको न्यायाधीशद्वय विनोद शर्मा र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा परेको छ। ६५ वर्ष उमेर हद नाघेका व्यक्तिलाई समेत गभर्नर नियुक्त गर्न सकिने गरी संशोधित ‘सार्वजनिक निकाय पदाधिकारी तथा सदस्य नियुक्ति मापदण्ड’ विरुद्ध परेको रिट र त्यसमा नेपाल...
राष्ट्र बैंकद्वारा आज ३५ अर्ब रुपैयाँ बजारबाट संकलन गर्दै
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बैशाख १० गते बजारबाट ३५ अर्ब रुपैयाँ सटही गर्न लागेको छ। बैंकिङ्ग प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्नका लागि केन्द्रीय बैंकले २१ दिनका लागि निक्षेप संकलन गर्न लागेको हो। राष्ट्र बैंकले आजै दिउँसो ३ बजे बोलकबोल प्रणालीमार्फत रकम संकलन गर्ने कार्यक्रम तय गरेको...










