समाचार

नेपाल इन्जिनियर्स एशोसिएसन बागमती प्रदेशको कार्यशाला सम्पन्न

नेपाल इन्जिनियर्स एशोसिएसन बागमती प्रदेशले २०७२ को भुकम्पको सम्झनामा एक दिवशीय कार्यशाला सम्पन्न गरेको छ ।  इन्जिनियर बलराम पुडासैनीको सभापतित्वमा भएको सो कार्यशालाको  प्रमुख आतिथ्यमा   बगमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दन काफ्ले रहेका थिए । विपद् जोखिम न्युनिकरणमा इन्जिनियरहरुको क्षमता सुदृढिकरण सम्बन्धी सो कार्यशालाम बिशेष अतिथि नेपाल इन्जिनियरिङ...

मानव बेचबिखनमा संलग्न फरार व्यक्ति पक्राउ

काठमाडौं । मानव बेचबिखनमा संलग्न फरार प्रतिवादी सिन्धुपाल्चोक पाँचपोखरी थङपाल गाउँपालिका-७ खोङ्गे ठेगाना भएका ६७ वर्षीय चमार तामाङलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई उनकै घरबाट पक्राउ गरेको हो । उनी समेतले काठमाडौं चाबाहिलस्थित गलैचा बुन्ने कारखानामा काम गर्ने पीडितलाई यो...

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १८ जना पक्राउ

काठमाडौं । कैलाली, धनगढी उपमहानगरपालिका २ ब्यारेलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय ६० मिलिग्राम सहित बैतडी दशरथचन्द नगरपालिका(१ बस्ने २७ वर्षीय वीरेन्द्र सिंह भाटलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरीले भारतबाट...

प्रतिनिधिसभा सदस्य राई पक्राउ बारे सभामुखलाई सूचना

काठमाडौँ । नेपाल प्रहरीले नेपाली कांग्रेसकी सांसद माया राईलाई पक्राउ गरेको विषयमा सभामुखलाई जानकारी दिएको छ । सभामुख देवराज घिमिरेलाई पत्र लेख्दै जिल्ला प्रहरी परिसरले जीबी राई अध्यक्ष रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा फरार रहेकी राईलाई अनुसन्धानका लागि पक्राउ गरेको र प्रहरी हिरासतमा रहेको जानकारी गराएको छ...

ओली र देउवाबीच छलफल

प्रधानमन्त्री केपीशर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटवार्तामा सत्ता सहकार्यलाई अझ प्रभावकारी र सुदृढ गर्ने विषयमा छलफल भएको उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिए । नेताहरुले सरकार परिवर्तनका बारेमा चलाइएका हल्ला गलत र निराधार भएको बताएको पनि उनले...

आज आमाको मुख हेर्ने दिन

काठमाडौं । आज देशभर आमाको सम्मान र प्रेम प्रकट गर्ने विशेष दिन ‘आमाको मुख हेर्ने दिन’ मनाइँदै छ। प्रत्येक वर्ष वैशाख कृष्ण पक्षको औँसीका दिन यो पर्व मातृभक्तिका साथ मनाइँने गरिन्छ। आज छोराछोरीहरूले आफ्ना आमाको लागि मिठा परिकार, लुगा, दक्षिणा आदिले सम्मान व्यक्त गर्छन्। आमाबाट टाढा भएकाहरूले पनि फोन,...

बृद्धाश्रमलाई खाद्यान्न सहयोग

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ चौकीटोलस्थित ओम बृद्धाश्रमलाई खाद्यान्न सहयोग प्राप्त भएको छ । स्वर्गीय जानुका अधिकारी पुडासैनीको सम्झनामा उनको परिवारले आज आश्रमलाई खाद्यान्न सहयोग गरेको हो । स्वर्गीय पुडासैनीकी छोरी लक्ष्मी पुडासैनीले आज आश्रममा पुगेर दाल, चामल, तरकारी, नुन, तेल, चिनि, बिस्कूटलगायतका सामग्री हस्तान्तरण गरेकी हुन्...

आफैंले चलाएको स्कुटर दुर्घटना हुँदा एमाले मकवानपुरका अध्यक्ष घाइते

हेटौंडा । घरबाट पार्टी कार्यालय जाँदै गर्दा आफैंले चलाएको मोटरसाइकल दुर्घटना हुँदा नेकपा एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल घाइते भएका छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–५ पुष्पलाल पार्क अगाडि भित्री सडकमा उनले चलाएको बा प्र ३-०३००१ प ५८०७ नम्बरको स्कुटर दुर्घटना भएको मकवानपुर प्रहरीले जनाएको छ । घाइते भई...

प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । आइतबारसम्मको लागि स्थगित वैठक स्थगित भएको हो । अर्को बैठक आगामी आइतबार बिहान ११ बजे बस्नेछ । आज शुक्रबारको वैठक बजेट अधिवेशनको रुपमा सुरु भएको भएपनि नेताहरुले कानून निर्माणमा जोड दिँदै आआफ्नो धारणा राखेका छन् । दलीय आधारमा सम्बोधन गरेका नेताहरुले...

सरकारले आन्दोलनरत शिक्षकहरूलाई पुनः बोलायो

काठमाडौं । लामो समयदेखि राजधानीका सडकमा आन्दोलनरत शिक्षकहरूलाई सरकारले फेरि छलफलमा बस्न आह्वान गरेको छ। चैत २० गतेदेखि आफ्नो मागप्रति सरकारको ध्यानाकर्षण गराउँदै आन्दोलनरत शिक्षकहरूलाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले वार्ताका लागि बोलाएका हुन्। दुई दिनअघि मात्र पदभार ग्रहण गरेका मन्त्री पन्तले बुधबार एक विज्ञप्ति जारी गर्दै नेपाल...