समाचार
यस्तो छ आजको लागी विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको भाउ ६४ पैसाले घटेर खरीददर १३८.८३ रुपैयाँ र बिक्रीदर १३९.४३ रुपैयाँमा झरेको छ। यस दिन एक युरोको खरीददर १६२.१९ रुपैयाँ र बिक्रीदर १६२.८९ रुपैयाँ, एक क्यानेडियन डलरको खरीददर ९०.०९ रुपैयाँ र बिक्रीदर ९०.४८ रुपैयाँ र एक सिंगापुर डलरको खरीददर...
उत्तरतर्फका वैकल्पिक नाका खोल्न व्यापारिक संघको आग्रह
काठमाडौँ । नेपाल समुद्रपार निकासी पैठारी संघले बाढीपहिरोका कारण उत्तरतर्फका दुई व्यापारिक नाका रसुवागढी र तातोपानी वर्षायाममा वर्षेनि बन्द हुने गरेकोले मित्रराष्ट्र चीनसँग स्थलमार्गबाट हुने व्यापारलाई सहज बनाउन अन्य नाका खुलाउनेतर्फ कूटनीतिक पहल र पूर्वाधारको व्यवस्था गर्न माग गरेको छ । गत असार २४ गते रातिको बाढीले नेपाल र...
सांसदहरुलाई उपत्यका नछाड्न एमालेको सूचना
काठमाडौँ । उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने तयारीसँगै नेकपा एमालेले उपत्यका बाहिर रहेका आफ्ना सांसदहरूलाई बुधबार बेलुकासम्म काठमाडौँ फर्किन निर्देशन दिएको छ । एमालेका प्रमुख सचेतक महेश बर्तौलाको निर्देशनमा संसदीय दलबाट बाहिर रहेका सांसदहरूलाई तत्काल फर्कन भनिएको हो । मंगलबार एमालेले आफ्ना सांसदहरूलाई मोबाइलमा मेसेज पठाउँदै तत्काल उपत्यका...
शेयर बजारमा सामान्य सुधार, लगानीकर्ताको मनोबल कमजोर
काठमाडौं । साता कारोबारको तेस्रो दिन मंगलबार शेयर बजारमा सामान्य सुधार देखिएको छ । विगतका केही दिनदेखि लगातार घट्दै आएको बजार आज ९.७६ अंकले बढेर नेप्से परिसूचक २७८० को बिन्दुमा पुगेको हो । आज ३१६ कम्पनीको १ करोड ३१ लाख २४ हजार कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम...
प्रधानमन्त्री ओलीद्वारा १७औँ नाडा अटो शो उद्घाटन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार राजधानीको भृकुटीमण्डपमा आयोजित १७औँ नाडा अटो शोको उद्घाटन गरेका छन् । उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले वैज्ञानिक अनुसन्धान, अध्ययन र आविष्कारका माध्यमबाट विश्वले हासिल गरेको प्रगतिमा नेपाल पनि सहभागी हुनुपर्नेमा जोड दिए । उनले नयाँ ढङ्गले काम गर्ने युवालाई सरकारले पूर्ण समर्थन गर्ने...
उपसभामुखलाई हटाउने कार्य अधिनायकवादतर्फको संकेत :प्रचण्ड
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानालाई पदच्युत गर्ने सत्तापक्षको तयारीको कडा विरोध गर्ने बताएका छन् । मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले कांग्रेस–एमालेले उपसभामुखलाई हटाउन खोज्नु ठुलो गल्ती हुने चेतावनी दिए ।...
अदालतको आदेशलाई सम्मान गर्ने जसपा अध्यक्ष यादवको भनाइ
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले गौर नरसंहार प्रकरण पुनः अनुसन्धान भए आफूले निष्पक्ष सहयोग गर्ने बताएका छन्। सर्वोच्च अदालतले १८ वर्षअघिको गौर नरसंहार घटनामा छानबिन अघि बढाउन आदेश दिएपछि प्रतिक्रिया व्यक्त गर्दै अध्यक्ष यादवले अदालतलाई सम्मान गर्ने र अनुसन्धान भए सहकार्य गर्ने बताए। उनले...
उपसभामुख रानाविरुद्ध कांग्रेस–एमाले हस्ताक्षर संकलन सुरु
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन हस्ताक्षर संकलन सुरु गरेका छन् । पदीय आचरणअनुसार काम नगरेको आरोप लगाउँदै दुई दलले संयुक्त रूपमा प्रस्ताव अघि बढाउने तयारी गरेका हुन् । यसका लागि दुवै दलले आफ्ना सांसदलाई सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बोलाएका छन्...
कांग्रेस र एमाले दुवैको आकस्मिक संसदीय दलको बैठक
काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमाले दुवै पार्टीले आकस्मिक रुपमा बैठक बोलाएका छन् । नेपाली कांग्रेसको पदाधिकारी बैठक सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा जारी छ । पदाधिकारी बैठकपछि कांग्रेसका सांसदलाई सिंहदरबार बोलाइएको छ । कांग्रेस सांसदका अनुसार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्मका लागि सिंहदरबार उपस्थित हुन भनिएको...
फर्जी कागजातसहित मन्त्रिपरिषदसम्म पुगेका बीमा प्राधिकरण अध्यक्ष ओझा बर्खास्त
काठमाडौं ।मन्त्रिपरिषदको बैठकले २०८१ फागुन १२ गते बसेको कञ्चनपुरका ३३ वर्षीय शरद ओझालाई बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो। तीन सदस्यीय छनौट समितिले तीन महिनाको प्रक्रियापछि अन्तिम तीन जनाको नाम सिफारिस गर्दा ओझा त्यसमध्ये परेका थिए। अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्री केपी ओलीसहितको सहमतिमा उनी अध्यक्ष नियुक्त भएका थिए।...










