राजनीति/ समाज
चिकित्सा शिक्षा आयोगको बैठक आह्वान
काठमाडौं । चिकित्सा शिक्षा आयोगको बैठक आज बस्ने गरी आह्वान गरिएको छ । आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान ११ बजे बस्ने गरी बैठक बोलाएका हुन् । बैठक बालुवाटारस्थित निवासमा बस्ने गरी आह्वान गरिएको हो । चिकित्सा शिक्षातर्फ स्नातकोत्तर तह (पीजी) को भर्नाका विषयमा निजी...
मतदाता भेटघाट कार्यक्रममा व्यस्त तिवारी
मकवानपुर । यही मंसिर १६ गते हुने उपनिर्वाचन अन्तरगत हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ को वडाध्यक्ष पदमा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बनेका अर्जुनप्रसाद तिवारी यतिबेला घरदैलो कार्यक्रममा व्यस्त छन् । उनी आफ्नो वडाका मतदाता भेटघाट कार्यक्रममा व्यस्त भएका हुन् । ५९ बुँदामा आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गर्दै सोही दिनबाट...
रास्वपाका सभापति लामिछानेलाई आज अदालत उपस्थित गराइँदै
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदैछ । सहकारी ठगी, सम्पत्ति र सङ्गठित अपराध मुद्दामा अनुसन्धानका लागि दिइएको पछिल्लो १३ दिनको म्याद शुक्रबार सकिएसँगै उनलाई आज पुनः म्याद थपको लागि अदालत उपस्थित गराउन लागिएको हो । काठमाडौं र चितवनबाट पनि उनीविरुद्ध पक्राउ...
हेटौंडा–१२ उपनिर्वाचनः तिवारीको चुनावी अभियान जारी
मकवानपुर । आसनन स्थानीय तह उपनिर्वाचनमा हेटौंडा–१२ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका अर्जुन प्रसाद तिवारीको चुनावी अभियान जारी छ । यही मंसिर १६ गते हुने वडाध्यक्ष पदको निर्वाचनमा आफ्ना चुनावी एजेण्डा र वडाको समग्र विकासका योजनासहित तिवारी मतदाताहरुको घरदैलोमा पुगेर मत दिन आग्रह गर्दैछन् । नागरिकको...
एमालेको जनजागरण सभा आज
काठमाडौं । नेकपा एमालेले आज जनजागरण सभाको आयोजना गरेको छ । सो सभा काठमाडौं, ललितपुर र भक्तपुर गरी तीन एमाले जिल्ला कमिटीको आयोजनामा गर्न लागिएको हो । यसअघि भृकुटीमण्डपमा गर्ने भनिएको सो सभा दरबारमार्गमा आयोजना गर्ने भएको हो । सभा अघि र्याली हुनेछ । भद्रकालीबाट सुरु हुने सो र्याली...
यस्ता छन् बागमती प्रदेश मन्त्रिपरिषद् बैठकको निर्णयहरु
मकवानपुर । बागमती प्रदेशको बिहीबार बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ । प्रदेशको राजधानी हेटौंडास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकले विभिन्न निर्णय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए । सो बैठकले प्रदेशमा सरुवा भई आएका निजामति सेवाका राजपत्रांकित प्रथम...
राष्ट्रपतिद्वारा भारतीय स्थल सेनाध्यक्षलाई मानार्थ प्रधानसेनापतिको दर्ज्यानी चिह्न प्रदान
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेना अध्यक्ष उपेन्द्र द्विवेदीलाई मानार्थ प्रधानसेनापतिको दर्ज्यानी चिह्न प्रदान गरेका छन् । राष्ट्रपछि पौडेलले बिहीबार राष्ट्रपति भवनमा आयोजित एक कार्यक्रमबीच भारतीय स्थल सेना अध्यक्ष द्विवेदीलाई दर्ज्यानी चिह्न एवम् खड्ग प्रदान गरेका हुन् । दर्ज्यानी चिह्न प्रदान कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी...
राजपत्रांकित प्रथम श्रेणीका कर्मचारीलाई सचिवको जिम्मेवारीमा खटाइने
मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेशमा सरुवा भई आएका निजामति सेवाका राजपत्रांकित प्रथम श्रेणीका कर्मचारीलाई प्रदेश मन्त्रालयको सचिवको जिम्मेवारीमा खटाउने निर्णय गरेको छ । बिहीबार हेटौंडास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनीमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए । प्रवक्ता...
प्रदेश स्वास्थ्य संस्था संचालन सम्बन्धी नियमावलीलाई स्वीकृत प्रदान गरिने
मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेश स्वास्थ्य सेवा (दोस्रो संशोधन) गरेको नियमावली २०८१ लाई स्वीकृत प्रदान गर्ने गरेको छ । सरकारको बिहीबार हेटौंडामा बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए । बैठक मुख्यमन्त्री बहादुर सिं लामाको अध्यक्षमा...
आज मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दैछ । बैठक अपराह्न ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी आह्वान गरिएको हो । सो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी चीन भ्रमण, यही मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचन र शान्ति सुरक्षाका विषयमा छलफल हुने जनाइएको छ । साथै...










