राजनीति/ समाज

माओवादीको पदाधिकारी बैठक जारी

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक हाल जारी छ । बैठक अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) निवास खुमलटारमा बसिररहेको छ । उक्त बैठकमा विधान हेरफेर, उपनिर्वाचनको तयारी लगायत विषयमा छलफल भइरहेको मुख्य सचिव श्रीराम ढकालले जानकारी दिए । उनका अनुसार, २०८० मा सम्पन्न विधान अधिवेशनले पारित गरेको केही बुँदामा...

मन्त्रिपरिषद् बैठक आह्वान

काठमाडौं । आज साँझ ६ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक आह्वान गरिएको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेगरी बोलाइएको हो । सो बैठक नियमित भएको बताइएको छ । सामान्यतया साताको सोमबार र बिहीबार मन्त्रिपरिषद् बैठक बस्ने गर्छ । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएकाले सोमबार आकस्मिक बैठक बसेर...

उपनिर्वाचनः बागमतीमा ७ पदको लागि १०२ जनाको मनोनयन दर्ता

मकवानपुर । यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन अन्तर्गत बागमती प्रदेशको सात पदमा हुने निर्वाचनका लागि १०२ जनाले मनोनयन पत्र दर्ता गराएका छन् । प्रदेशको विभिन्न चार जिल्लाको पाँच स्थानीय तहको सात स्थानमा हुने निर्वाचनमा १०२ जनाले मनोनयन पत्र दर्ता गराएका हुन् । तीमध्ये दुई जना अन्य...

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्दै

काठमाडौं । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्ने भएको छ । बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने गरी आह्वान गरिएको हो । सो बैठकमा समितिको वार्षिक कार्ययोजना कार्यान्वयन अवस्था र विविध सम्बन्धमा छलफल हुने कार्यतालिका रहेको संसद् सचिवालयले जनाएको छ ।

उपनिर्वाचनः आज उम्मेदवारको नामावली सार्वजनिक गरिँदै

काठमाडौं । स्थानीय तह उपनिर्वाचनअन्तर्गत आज उम्मेदवारको नामावली सार्वजनिक गरिँदैछ । आज साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली सार्वजनिक हुने निर्वाचन आयोगले जनाएको छ । भोलि बिहान ९ बजेदेखि अपराह्न १ बजेसम्म उम्मेदवारलाई नाम फिर्ता लिन समय दिइएको छ । यस्तै, भोलि नै दिन दिउँसो १ देखि ३...

माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्ने भएको छ । सोमबार स्थगित भएको उक्त बैठक आज बस्ने भएको हो । बैठक अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय कोटेश्वरस्थित पेरिसडाँडामा बस्ने गरी बोलाइएको सचिव दीनानाथ शर्माले जानकारी दिए । पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधन लगायत कारण सोमबार बोलाइएको बैठक...

हेटौंडा–१२ का उम्मेदवारविरुद्ध परेन उजुरी

मकवानपुर । हेटौंडा उपमहानगरपालिका १२ नम्बर वडाध्यक्ष पदको उम्मेदवार विरुद्ध उजुरी नपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । मंसिर २ मा भएको उम्मेदवारको मनोनयन दर्ताविरुद्ध उजुरीका लागि सोमबार विहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म समय तोकिएको थियो । वडाध्यक्ष पदमा दलगत ९ र स्वतन्त्र ५ जनाले उम्मेदवारी...

पूर्वसभामुख ढुंगानाको राजकीय सम्मानका साथ अन्त्येष्टि

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । उनलाई छोराहरु निमेष र निशेषले दागबत्ती दिए । सो क्रममा नेपाली सेनाको टोलीले सलामी अर्पण गर्नुका साथै शोक धुन पनि बजाएको थियो । उनी कलेजो सम्बन्धी समस्याको उपचारका लागि पुरानो...

हेटौंडा–१२ उपनिर्वाचनः नयाँ मतदाता संख्या १५ सयभन्दा बढी

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १२ मा रिक्त वडाध्यक्ष पदमा हुने उपनिर्वाचनमा १५ सयभन्दा बढी नयाँ मतदाताले सहभागीता जनाउने भएका छन् । यही मंसिर १६ गते हुने वडाध्यक्ष पदको उपनिर्वाचनमा एक हजार ५ सय ८८ जना नयाँ मतदाताले सहभागीता जनाउने भएका हुन् । तीमध्ये एक जना अल्पसंख्यक...

दुई दिन केन्द्रीय कार्यालयमा झण्डा आधा झुकाउने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले दिवंगत पूर्वसभामुख दमननाथ ढुंगानाको सम्मानमा मंसिर ३ र ४ गते गरी दुई दिन पार्टीको केन्द्रीय कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको छ । सोमबार बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले उक्त निर्णय गरेको हो । यस्तै, बैठकले मंसिर ४ गते केन्द्रीय कार्यालय बन्द गर्ने र १३...