राजनीति/ समाज
प्रधानमन्त्रीले मन्त्रालयका सचिवहरुसँग गर्ने भनिएको छलफल स्थगित
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रालयका सचिवहरुसँग गर्ने भनिएको छलफल स्थगित भएको छ । प्रधानमन्त्री ओलीले आज दिउँसो २ बजे सिंहदरबारमा सबै मन्त्रालयका सचिवहरुसँग गर्ने भनिएको त्रैमासिक समीक्षा छलफल स्थगित भएको हो । प्रधानमन्त्रीको कार्यव्यस्तताका कारण उक्त छलफल स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
उपनिर्वाचनको लागि संयुक्त निर्वाचन सञ्चालन केन्द्रको स्थापना
काठमाडौं । निर्वाचन आयोगले आसन्न स्थानीय तह उपनिर्वाचनलाई लक्षित गरी संयुक्त निर्वाचन सञ्चालन केन्द्रको स्थापना गरेको छ । यही मंसिर १६ गते सम्पन्न हुन गइरहेको स्थानीय तह उपनिर्वाचन–२०८१ का लागि आयोगले गरेका निर्णयहरुको कार्यान्वयनको अवस्था, उपनिर्वाचन आचारसंहिताको पालना र उल्लङ्घनका विषयमा परेका उजुरी एवम् प्राप्त जानकारी र निर्वाचन व्यवस्थापनका...
प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले आज साँझ ५ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक आह्वान गरेका हुन् । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने गरी आह्वान गरिएको हो । सो बैठकमा प्रधानमन्त्रीको चीन भ्रमणका विषयमा छलफल हुने जनाइएको छ । प्रधानमन्त्री...
बागमती प्रदेशको मन्त्रिपरिषद् बैठक बस्दै
मकवानपुर । बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठक बस्दैछ । बैठक आज दिउँसो ३ बजे बस्ने गरी आह्वान गरिएको हो । बैठक प्रदेशको राजधानी हेटौंडास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को भवनमा बस्ने गरी बोलाइएको हो । सो बैठकमा के विषयमा छलफल हुने बारे भने नखुलेको जनाइएको छ ।
चुनावको प्रचार–प्रसारमा तोकिएभन्दा बढी सवारी प्रयोग नगर्न आग्रह
काठमाडौं । निर्वाचन आयोगले आसन्न स्थानीय तह उपनिर्वाचनको प्रचार–प्रसारमा का क्रममा तोकिएकोभन्दा बढी सवारीसाधन प्रयोग नगर्न आग्रह गरेको छ । आयोगको आइतबारको बैठकले चुनाव प्रचारमा बढी सवारी साधन र ‘लाउड स्पीकर’ को प्रयोग भएको भन्दै त्यसलाई नियन्त्रण गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएको हो । आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले...
देश भित्रै रोजगारी सिर्जना गर्नुपर्छः मुख्यमन्त्री लामा
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले युवा शक्तिको पलायनलाई रोक्न देश भित्रै रोजगारीको सिर्जना गर्नुपर्ने बताएका छन् । आइतबार प्रदेशको राजधानी हेटौंडामा आयोजित १० औं उद्योग दिवस तथा नवप्रवर्तन उद्यमी सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामा यस्तो बताएका हुन् । मुख्यमन्त्री लामाले देशमा उद्योग धन्दालाई संरक्षण गरेमा...
रवि लामिछानेविरुद्ध अनुसन्धान गर्न १५ दिन म्याद थप
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध अनुसन्धान गर्न १५ दिन म्याद थप गरिएको छ । जिल्ला अदालत कास्कीले आइतबार लामिछानेलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । यससँगै लामिछानेलाई पाँचौ पटक म्याद थप गरिएको छ । यसअघि पटक–पटक क्रमशः ६,...
मतदान गर्नका लागि निर्वाचन आयोगले दियो यी विकल्प
काठमाडौं । आसन्न स्थानीय तह उपनिर्वाचनमा मतदान गर्न निर्वाचन आयोगले विभिन्न विकल्प दिएको छ । यही मंसिर १६ गते हुने उपनिर्वाचनमा मतदाता नामावलीमा नाम दर्ता भएका मतदाताहरूलाई मतदान गर्न आयोगले अन्य विकल्प पनि दिएको हो । आयोगका सहसचिव एवम् प्रवक्ता निता पोखरेलले एक सूचना जारी गर्दै सो बारे जानकारी...
एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारीको टुङ्ग्यायो
काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीमा नेताहरूको जिम्मेवारी तथा कार्यविभाजन टुंग्याएको छ । पार्टी संरचनामा कार्यविभाजन गर्न पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा गठित कार्यदलले नेताहरुको जिम्मेवारी तथा कार्यविभाजनको टुंगो लगाएको हो । उक्त कार्यदलले माथिल्लो कमिटीदेखि तल्लो तहसम्म नेताहरूको ‘एक पद एक व्यक्ति’ प्रणालीका आधारमा कार्यविभाजन गरेको पोलिटब्यूरो सदस्य...
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सर्वोच्चमा उपस्थित गराउन आदेश
काठमाडौं । सर्वोच्च अदानलतले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ । किर्ते, विद्युतीय कारोबार र सम्पत्ति शुद्धीकरणसहितका आरोपमा अनुसन्धानका लागि पक्राउ परेका उनलाई न्यायाधीश मनोज शर्माको एकल इजलासले बन्दीसहित उपस्थित गराउन आदेश दिएका हुन् । प्रसाईंको हकमा छोरा निराजन प्रसाईंले मंसिर ८ गते बन्दी प्रत्यक्षीकरणको...








