राजनीति/ समाज

नेकपा विवाद सोमबारभित्र वारपार हुन्छ – प्रधानमन्त्री ओली

काठमाडौँ । नेपाल सरकारका प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले सोमबारभित्र नेकपा विवाद वारपार हुने बताएका छन् । एपी–वान टेलिभिजनबाट बुधबार राति प्रसारित ‘द ब्राभो डेल्टा शो ’ मा पत्रकार भूषण दाहाललाई दिएको अन्तरवार्तामा उनले नेकपामा जारी गतिरोध पाँच दिनभित्र अन्त्य हुने बताएका हुन् । हाल खिचातानीकाबीच बढिरहेको...

कार्यकर्ता रिझाउन पद बाँड्दै देउवा

काठमाडौँ । पार्टीका सबै संरचनाको गठन ६ महिनाभित्र गरिसक्नुपर्ने विधानको व्यवस्थाविपरीत कांग्रेस सभापति शेरबहादुर देउवाले १५ वटा विभागमा ६ सय ६८ जनालाई मनोनयन गरेका छन् । उनले आइतबार राति ११ बजे १० र सोमबार अपराह्न थप ५ विभाग गठन गरेका हुन् । महाधिवेशनको मुखमा कार्यकर्ता रिझाउन विभागहरू गठन गरिएको भन्दै वरिष्ठ...

बागमती प्रदेश सरकारले विपदमा परेका स्थानीय तहलाई आर्थिक सहयोग गर्ने

मकवानपुर । बागमती प्रदेश सरकारले बाढीपहिरोबाट क्षति पुगेका स्थानीय तहलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । बागमती प्रदेश विपद व्यवस्थापन निर्देशक समितिका अध्यक्ष मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । बैठकले प्रदेशको ८ वटा गाउँपालिका र १ वटा नगरपालिकाका विभिन्न क्षेत्रमा भएको क्षतिका आधारमा...

नेकपा नफुटाउन जुटे सांसद

काठमाडौं । शीर्ष नेतृत्वका कारण पार्टी विभाजनको डिलमा पुगेको भन्दै नेकपाका ६१ सांसदले कुनै गुटमा नलाग्ने प्रतिबद्धता जनाएका छन्। उनीहरूले पार्टी अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाललाई एकताकै पक्षमा उभिन आग्रह गरेका छन्। ‘नेकपाको शीर्ष नेतृत्व तहमा देखा परेको गम्भीर अन्तरविरोधले एकातिर आम नेपाली जनता,...

महाधिवेशन सार्दै काँग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी ७ देखि १० फागुनसम्म सम्पन्न गर्ने गरी तय गरेको पार्टीको १४औं केन्द्रीय महाधिवेशन सार्ने तयारी गरेको छ । कांग्रेसले कोरोना संक्रमणको कारण निर्धारित मितिमा महाधिवेशन हुने अवस्था नभएको र क्रियाशील सदस्यतासहित पार्टी संगठनको समायोजनको काम नसकिएको भन्दै मिति सार्ने तयारी गरिरहेको...

कोरोना परीक्षणका लागि प्रधानमन्त्री ओलीको स्वाब संकलन

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीको कोरोना भाइरस संक्रमण परीक्षणका लागि स्वाब संकलन गरिएको छ । शुक्रबार प्रधानमन्त्री ओलीसहित उनका सल्लाहकारहरूको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । यसअघि बिहिवार अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित उनको परिवारका सदस्यहरूको...

क्रियाशील सदस्य दोब्बर बनाउँदै काँग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीको क्रियाशील सदस्यता दोब्बर बनाउन गृहकार्य सुरु गरेको छ । कांग्रेसले १४औं महाधिवेशनको तयारीलाई अघि बढाउन क्रियाशील सदस्यता वितरण सुरु गरिसकेको छ । बिहीबार सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा भएको पदाधिकारीसहित पूर्वपदाधिकारीको छलफलपछि कांग्रेसले हाल कायम रहेका ४ लाख ९८ हजार ४७६...

भीमफेदीमा नेपाली काँग्रेसका क्रियाशील सदस्यहरुको नविकरण तथा भेला सम्पन्न

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ३ र ४ मा नेपाली काँग्रेसका क्रियाशील सदस्यहरुको नविकरण तथा भेला सम्पन्न भएको छ । कार्यक्रम काँग्रेस भीमफेदी–४ का सभापति ओमबहादुर थापाको अध्यक्षता तथा काँग्रेस मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर २ का सभापति यतिराज सापकोटाको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा नेपाली काँग्रेसका...

शक्ति बटुल्दै देउवा

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन आगामी ७–१० फागुनका लागि तय भइसकेको छ । महाधिवेशन नजिकिँदै गर्दा कांग्रेसभित्र शक्ति संघर्षको खेल सुरु भएको छ । महाधिवेशन नजिकिएसँगै पार्टी नेतृत्वका लागि सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौलालगायतले नेता कार्यकर्तासँगको भेटघाटलाई तीव्र बनाएका छन् । कतिपय...

लकडाउनबारे विज्ञका तीन मत

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँगको परामर्शमा जनस्वास्थ्यविज्ञले कोरोना संक्रमण रोकथाम गर्न मुख्य तीन सुझाव दिएका छन् । पहिलो सुझाव छ, कर्फ्युसहितको लकडाउन । दोस्रोमा लकडाउन र तेस्रो आंशिक लकडाउन । प्रधानमन्त्री केपी शर्मा ओलीले भने कोभिड–१९ सँग जुध्न सरकारले गरेको काम र प्रयासले मात्र सम्भव नहुने बताए ।...