राजनीति/ समाज

नेकपा सचिवालयको बैठक दिउँसो ३ बजे

मकवानपुर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक दिउँसोसम्मका लागि सरेको छ । बैठक विहान ११ बजेका लागि बोलाइएको भएपनि विषेश कारणबस दिउँसो ३ बजेका लागि सारिएको नेकपाले जनाएको छ । बैठकमा नेकपा विवाद समाधानका लागि कार्यदलले तयार पारेको प्रतिवेदन र राष्ट्रिय सभामा वामदेव गौतम कि डाक्टर...

हवाइमार्गबाट काठमाडौँ ओर्लिएपछि अनिवार्य ७ दिन क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय

काठमाडौँ । विदेशबाट नेपाल आउनेहरुले अब होटलमा अनिवार्य ७ दिन बस्नु पर्ने भएको छ । हिजो बसेको मन्त्रीपरिषद् बैठकले यस सम्बन्धी मापदंड निर्धारण गरेसँगै अब विदेशबाट नेपाल आउनेहरु ७ दिन होटलमै बस्नु पर्ने र आउनु अघि नै कुन होटल बस्ने भन्ने बुकिङ हुनुपर्ने मापदंड निर्धारण गरेको हो । हवाइमार्गबाट...

बागमती प्रदेशको मन्त्रीपरिषद् बैठक सम्पन्न, प्रदेश नीति योजना आयोगको दोस्रो कार्यविधिलाई संशोधन गर्न स्वीकृत प्रदान

मकवानपुर । बागमती प्रदेशको आज बसेको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको बैठकले प्रदेश नीति योजना आयोगको दोस्रो कार्यविधिलाई संशोधन गर्न स्वीकृत प्रदान गरेको छ । बुधवार प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको उक्त बैठकले सो निर्णय गरेको हो । साथै, उक्त बैठकले बागमती प्रदेशमा कोभिड–१९ को संक्रमणको रोकथाम गर्न आइसोलेशन कक्ष,...

विपतमा परी मृत्यु भएकाको परिवारलाई सरकारले २ लाख दिने

काठमाडौं । सरकारले प्राकृतिक विपतका घटनामा परी मृत्यु हुने व्यक्तिको परिवारलाई २ लाख रुपैयाँ दिने भएको छ । मन्त्रिपरिषद बैठकले विपदमा परी एकै परिवारका एक भन्दा बढीको मृत्यु भएमा एक जनाको २ लाख र अन्यको हकमा प्रतिव्यक्ति थप १ लाख रुपैयाँ दिने निर्णय गरेको हो । त्यस्तै विपतबाट घर,...

थाहा नगर क्षेत्रमा निषेधाज्ञा लगाउन सिफारिस

थाहानगर, मकवानपुर । थाहा नगरपालिकाले आफ्नो क्षेत्रमा निषेधाज्ञाको आदेश जारी गरिदिन जिल्ला सुरक्षा समिति, जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई सिफारिस गरेको छ । आज २ गते राति १२ बजेबाट लागू हुने गरी ७ दिनका निषेधाज्ञाको आदेश जारी गरिदिन थाहा नगरपालिकाले जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई सिफारिस गरेको हो । बढ्दो कोरोनाको...

कोरोना संक्रमित काँग्रेस नवलपरासीका उपसभापतिको मृत्यु

बुटवल । कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएका नेपाली काँग्रेस नवलपरासीका जिल्ला उपसभापति सुवाशचन्द्र गिरीको मृत्यु भएको छ । नवलपरासी सुस्ता पश्चिम घर भएका ३८ वर्षीय गिरीको पाटन अस्पताल ललितपुरमा आज बिहान मृत्यु भएको हो । कोरोना संक्रमण देखिएपछि बुटवलको कोरोना अस्पतालबाट साउन ३० गते पाटन अस्पतालमा पुगेर भर्ना...

नेकपाले बोलायो सचिवालय बैठक

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सचिवालय बैठक बोलाएको छ । वरिष्ठ नेता झलनाथ खनालले भोलि सोमबार बिहान साढे ९ बजेका लागि सचिवालयको बैठक बोलाइएको जानकारी दिए । सचिवालय बैठकले नेकपा विवाद सुल्झ्याउन बिहीबार गठित कार्यदललाई औपचारिकता र कार्यदेश दिने स्रोतले बतायो ।

मकवानपुरका केही क्षेत्रमा भदौ ९ गतेसम्म निषेधाज्ञा

मकवानपुर । जिल्ला सुरक्षा समिति मकवानपुरले आउँदो भदौ ९ गते १२ बजेसम्म मकवानपुरको हेटौंडा उपमहानगरपालिका क्षेत्र र मनहरी गाउँपालिकामा पर्ने पूर्व पश्चिम राजमार्ग आसपासमा निषेधाज्ञा लगाउने निर्णय गरेको छ । आज बिहान जिल्ला प्रशासन कार्यालयमा बसेको कोरोना संकट व्यवस्थापन केन्द्रको सिफारिसमा जिल्ला सुरक्षा समितिले भदौ ९ गते राति १२...

ओली–दाहाल छलफल समाधान उन्मुख

काठमाडौं । सत्तारूढ नेकपामा देखिँदै आएको संकट पाँच दिनभित्रै समाधान हुने घोषणा गरेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबारदेखि नै अर्का अध्यक्ष पुष्पकमल दाहालसँग गहन छलफल थालेका छन् । ओलीले बुधबार एक अन्तर्वार्तामा नेकपामा देखिएको संकट पाँच दिनभित्रै समाधान हुने र त्यसका लागि बिहीबारदेखि नै काउन्टडाउन थाल्न आग्रह...

बागमतीका १ सय १९ स्थानीय तहलाई साढे २ अर्ब बाँडफाँड, मकवानपुरमा २० करोड

मकवानपुर । बागमती प्रदेश सरकारले १ सय १९ स्थानीय तहलाई सवारीसाधन करबापत झण्डै साढे २ अर्ब रुपैयाँ बाँडफाँड गरेको छ । प्रदेशका स्थानीय तहहरूले गत आव २०७६-७७ मा सवारी साधन करबापत झण्डै साढे २ अर्ब रुपैयाँ प्राप्त गरेका हुन् । १ साउन २०७६ देखि  २५ असार २०७७ सम्म प्रदेशका...