राजनीति/ समाज

नेपाली काँग्रेस मकवानपुरद्वारा सानोपोखरा क्लबलाई २५ हजार सहयोग

मकवानपुर । नेपाली काँग्रेस मकवानपुरले बुधवार हेटौंडा–५ सानोपोखरा कलबलाई २५ हजार रुपैयाँ सहयोग गरेको छ । काँग्रेस मकवानपुरले नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोईरालाको १०७ औं जन्मजयन्तीको अवसरमा हेटौंडा सानोपोखरा क्लबलाई २५ हजार सहयोग गरेको हो । उक्त रकम बुधवार नेपाली काँग्रेस बागमती प्रदेश संसदीय...

ओली–प्रचण्डबीच कुरा मिल्यो, नेपालको चित्त कहिले बुझ्ने ?

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीको आन्तरिक विवाद समाधान हुने चरणमा पुगेको छ । पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सहमतिकै आधारमा सरकार पार्टी सञ्चालन गर्ने सहमति भइसकेको छ । तर पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले ओली–प्रचण्डबीच भएको सहमतिप्रति चित्त बुझाउनुभएको छैन । विवाद समाधानका लागि गठित...

नेकपा स्थायी कमिटी बैठक २६ गते बस्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक यही भदौ २६ गते बस्ने भएको छ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच सोमबार विहान बालुवाटारमा भएको छलफलमा स्थायी कमिटी बैठक बोलाउने सहमति भएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका...

विभिन्न पार्टी परित्याग गरी हेटौंडाका २३ जना नेपाली काँग्रेसमा प्रवेश

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाका विभिन्न ४ वडाका नेकपा र राप्रपा पार्टी परित्याग गरी २३ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । सोमवार हेटौंडा–५ सानोपोखरामा भएको एक कार्यक्रमबीच हेटौंडा–५, हेटौंडा– १, हेटौंडा–२, हेटौंडा–४ र हेटौंडा–१० का गरी २३ जना नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् । उनीहरुलाई नेपाली काँग्रेस बागमती प्रदेश...

जनताप्रति उत्तरदायी हुन निजामती कर्मचारीलाई प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौँ । नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती कर्मचारीहरुलाई जनताप्रति उत्तरदायी हुन आग्रह गरेका छन् । निजामती सेवा दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले कर्मचारीलाई असल शासनको ब्यावहारिक अनुभूति प्रदान गर्न आग्रह गरेका हुन् । उनले कोरोनाको जोखिमका बेला अग्रभागमा खटिएका कर्मचारीप्रति आभार प्रकट समेत गरेका छन् ।...

जोखना हेर्दै प्रधानमन्त्री ओली

काठमाडौं । नेकपा सचिवालय बैठक सुरु हुनुअघि बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली र उपाध्यक्ष वामदेव गौतमबीच केहीबेर भलाकुसारी भयो । उक्त भलाकुसारीमा प्रधानमन्त्री ओलीले गौतमलाई मैले ‘तपाईंलाई नै राष्ट्रपतिबाट मनोनीत हुने राष्ट्रिय सभा सदस्यका लागि सिफारिस गर्ने सोच बनाएको छु’ भन्ने जानकारी दिए । तत्कालै गौतमले ‘मेरो भोलि नै शपथ हुन्छ...

अर्थमन्त्रीको साढे २ वर्षः धेरै उपलब्धि केही आलोचना

काठमाडौं । अर्थ एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री डा। युवराज खतिवडाले आफ्नो पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनले शुक्रबार साँझ राजीनामा बुझाएका हुन् । अर्थ एवं सरकारका प्रवक्तासमेतको जिम्मेवारीमा रहेका खतिवडाले संवैधानिक व्यवस्थाअनुसार नै आफूले राजीनामा दिएको बताएका छन् । अब उनी केही समय प्रधानमन्त्रीको...

शुक्रवार साँझसम्म पदबाट राजीनामा दिने खतिवडाको घोषणा

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिने घोषणा गरेका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा डा. खतिवडाले आफुले शुक्रबार साँझ नै मन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका हुन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बिहिवार बसेको बैठकमा प्रधानमन्त्री ओलीले राष्ट्रियसभा सदस्यमा उपाध्यक्ष बामदेव गौतमलाई सिफारिस गर्ने निर्णयमा...

राष्ट्रियसभामा वामदेवलाई पठाउने नेकपाको निर्णय

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रियसभामा पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई पठाउने निर्णय गरेको छ । बिहिवार बसेको नेकपा सचिवालयको बैठकले राष्ट्रियसभाको सदस्यमा गौतमलाई पठाउने सिफारिस गर्ने निर्णय गरेको हो । यसअघि अर्थमन्त्री युवराज खतिवडालाई राष्ट्रियसभामा लैजाने कि गौतमलाई भन्नेमा पार्टीभित्र अन्योलता देखिएको थियो । आज बसेको...

राष्ट्रिय सभामा युवराज खतिवडा कि वामदेव गौतम ?

  काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अहिले जारी छ । बिहान ११ बजेका लागि तय गरिएको बैठक दिउँसो ३ बजेका लागि सारिएको थियो । गत भदौ १३ गतेका लागि तय भएको बैठक अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको...