राजनीति/ समाज

नेकपामा केन्द्रीय कमिटी बैठक माग, विवाद अवतरणको अन्योल कायमै

काठमाडौँ । सचिवालय र स्थायी कमिटीमा शीर्ष नेताहरूको विवाद उत्कर्षमा पुगेपछि नेकपाका १ सय ५२ जना केन्द्रीय सदस्यले केन्द्रीय कमिटी बैठक माग गर्दै पार्टी कार्यालयमा पत्र बुझाएका छन् । पत्र बुझाउनेमा अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपालनिकट केन्द्रीय सदस्यहरू छन् । पार्टीमा उठेका विषयलाई सचिवालय र स्थायी कमिटीले पार लगाउन नसकेको...

राष्ट्रसेवक कर्मचारीलाई नयाँ सोच, चिन्तन र व्यवहार परिवर्तन गरी जनतामुखी हुन मन्त्री फुयालको निर्देशन

मकवानपुर । बागमती प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयालले राष्ट्रसेवक कर्मचारीहरुलाई नयाँ सोच, चिन्तन र व्यवहार परिवर्तन गरी जनतालाई सेवा प्रवाह गर्न निर्देशन दिएका छन् । प्रदेशको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले गत आव २०७६/०७७ को मन्त्रालयसँग सम्बन्धित कार्यालय प्रमुखहरुको लागि आयोजना गरेको वार्षिक समिक्षा गोष्ठी तथा कार्यसम्पादन...

बागमती प्रदेश मन्त्रीपरिषद्को वैठक सकियो : मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा प्रा.डा. जोशी नियुक्त

हेटौंडा । भर्खरै सकिएको बागमती प्रदेश मन्त्रीपरिषद्को बैठकले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा प्रा.डा. विश्वराज जोशीलाई नियुक्त गरेको छ । मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले प्रतिष्ठानको उपकुलपतिमा डा. जोशीलाई नियुक्त गरेको हो । वैठकले वाल अधिकार समितिको सदस्यहरुमा विभिन्न व्यक्तिहरुलाई मनोनयन पनि गरेको छ । हेटौंडामा रहेको...

बागमती प्रदेशको मन्त्रीपरिषद् बैठक बस्दै

मकवानपुर । बागमती प्रदेशको मन्त्रीपरिषद् बैठक अहिले बसिरहेको छ । बैठक बागमती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसिररहेको स्रोतले बतायो । बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बसेको बैठकमा के–के एजेण्डामाथि छलफल भइरहेको भन्ने अहिले खुलेको छैन ।

आज सांसद सिटौलाको सपथ ग्रहण

काठमाडौं । प्रतिनिधि सभामा हालै निर्वाचित जनता समाजवादी पार्टीकी सांसद लिलादेवी सिटौलाले आज सपथ ग्रहण गर्ने भएकी छन् । सरिता गिरीको स्थानमा सांसद बनेकी सिटौलाले आज दिउँसो १ बजे सपथ ग्रहण गर्ने भएकी हुन् । नेपालमा निसान छाप परिवर्तन गर्न संविधान संशोधनका लागि मतदान गर्न समाजवादी पार्टीले जारी गरेको...

नेकपा संकटः वामदेवले ल्याए पार्टी फुटबाट जोगाउने ‘सुपरग्लु’

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद पेचिलो बन्दै गइरहेका बेला उपाध्यक्ष वामदेव गौतमले पार्टी जोगाउने गरी ६ बुँदे प्रस्ताव अघि सारेका छन् । उपाध्यक्ष गौतमले विगतमा पार्टी फुटको पीडा राम्रैसँग बेहोरेकाले त्यस्तो स्थिति आउन नदिन र पार्टीलाई मजबुत बनाउने उद्देश्यले यस्तो प्रस्ताव अघि सारेका हुन् ।...

वामदेवको आरोपः प्रचण्डले आफूलाई कार्यकारी भूमिकामा प्रस्तुत गर्न सकेनन् 

नेकपा स्थायी कमिटी बैठकलाई लिएर पार्टीभित्र तिव्र अन्तरविरोध जारी रहेका बेला उपाध्यक्ष वामदेव गौतमले कार्यकारी अध्यक्ष प्रचण्डले आफूलाई कार्यकारी भूमिकामा प्रस्तुत गर्न नसकेको बताएका छन् । बालुवाटारमा स्थायी कमिटी बैठक स्थगित भएपछि शीर्ष नेताहरुबीच जारी ब्रिफिङमा गौतमले कार्यकारी भूमिकामा प्रचण्ड खरो उत्रन नसकेको बताएका हुन् । उनले खुमलटार बैठकमा...

ओली र दाहाल आ–आफ्नै रणनीतिमा

काठमाडौँ । सहमतिका लागि भन्दै बारम्बार बैठक स्थगित गर्दै आएका नेकपाका दुई पक्ष सम्बन्ध झन् बिग्रिएपछि आ–आफ्नो रणनीतिमा लागेका छन् । मंगलबार बिहान ११ बजे बोलाइएको स्थायी कमिटी बैठक बस्ने–नबस्ने टुंगो बिहान अध्यक्षद्वयबीचमा हुने छलफलले टुंगो लगाउने भए पनि यो साता आपसीभन्दा आ–आफ्नो टिम बलियो बनाउने ध्याउन्नमा दुवै पक्ष लागे ।...

१४ औं महाधिवेशनः कांग्रेसमा तीन गुट, आठ आकांक्षी

काठमाडौं । आगामी ७ देखि १० फागुनका लागि तय भएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको १४ औं महाधिवेशनको सरगर्मी सुरु भएको छ । कोरोना संक्रमणको जोखिमको गति अहिलेभन्दा बढेन भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको महाधिवेशन निर्धारित मितिमै हुने निश्चित छ । कोरोना संक्रमण बढेका कारण स्थानीय अधिवेशनको पूर्वतयारीलाई...

सरिता गिरीको ठाउँमा सांसद बनिन् सिटौला

काठमाडौं । लीलादेवी सिटौला प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी छन् । निर्वाचन आयोगले समाजवादी पार्टीको सिफारिसमा सरिता गिरीको ठाउँमा सिटौलालाई प्रतिनिधिसभा सदस्य निर्वाचित भएको घोषणा गरेको हो । पार्टीले समानुपातिक पद्धति अन्तर्गत निर्वाचित गर्नुपर्ने खस–आर्य समूहको रिक्त भएको महिला सदस्यमा सिटौलाको नाम सिफारिस गरेको थियो । नेपालमा निसान छाप परिवर्तन...