राजनीति/ समाज

लोकतन्त्र जोगाउने जिम्मा कांग्रेसको काँधमा छः नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लोकतन्त्र जोगाउने जिम्मा कांग्रेसको काँधमा रहेको बताएका छन् । नेपाली कांग्रेस कीर्तिपुर नगर कार्यसमितिले आज यहाँ आयोजना गरेको पदस्थापन कार्यक्रममा उनले मुलुकमा लोकतन्त्र जोगाउने जिम्मा कांग्रेसको काँधमा रहेको बताए । “देशमा लोकतन्त्र जोगाउनका लागि पार्टीमा विधि पद्दति जोगाउन जरुरी छ”, उनले भने, “पार्टीलाई वडादेखि...

शिक्षा क्षेत्रको समस्या हल गरिन्छः मन्त्री पौडेल

बागलुङ् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा क्षेत्रमा लामो समयदेखि गाँजिएर रहेका समस्या एकपछि अर्को गर्दै हल गरिने बताएका छन् । नेकपा माओवादी केन्द्र निसीखोला गाउँपालिकाले चाडबाडका अवसरमा आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले अस्थायी र करार शिक्षकको व्यवस्थापन तथा दरबन्दी मिलानलगायत अल्झेर बसेका शिक्षा क्षेत्रका...

एकीकृत समाजवादी, नुवाकोट–काठमाडौँ सम्पर्क मञ्चमा कँडेल

काठमाडौँ । नेकपा एकीकृत समाजवादी निकट कार्यकर्ताको भेलाले राजु कँडेलका अध्यक्षतामा १०१ सदस्यीय नुवाकोट–काठमाडौँ सम्पर्क मञ्च गठन गरेको छ । पार्टी उपमहासचिव डा विजय पौडेल, केन्द्रीय सदस्य तथा नुवाकोट इञ्चार्ज राजेन्द्रप्रकाश लोहनी, जिल्ला नेता राम थापालगायतका उपस्थितिमा शनिबार भएको भेलाले उपाध्यक्षमा गोमा आले, दीपक तामाङ र गोकर्ण थापा तथा...

विदेशी लगानीकर्तालाई उत्प्रेरित गर्न सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री देउवा

लण्डन । प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशी लगानीकर्तालाई सुरक्षाको प्रत्याभूति दिन सरकार सदैव तयार रहेको स्पष्ट पारेका छन् । बेलायतस्थित नेपाली जनसम्पर्क समितिले आगैरआवासीय नेपालीका लागि नेपाली नागरिकताकोे विषय नेपालको संविधानसँग जोडिएकाले हाललाई त्यो सम्भव नरहेको उनको भनाई थियो । उनले बेलायतको नागरिकता लिएका नेपाली यहाँको सांसद् हुनसक्ने सम्भावना औल्याउँदै...

पत्रकारलाई सम्बोधन गर्ने गरी कार्यक्रम ल्याउँछौं– कानूनमन्त्री खनाल

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद खनालले कोभिडबाट प्रभावित भएका सञ्चार माध्यम र पत्रकारलाई सरकारले सम्बोधन गर्नेगरी कार्यक्रम ल्याउने बताएका छन् । नेपाल पत्रकार महासङ्घ बागमती प्रदेशको प्रथम प्रादेशिक सम्मेलनको समापन कार्यक्रममा बोल्दै उनले के गर्न सकिन्छ भन्ने विषयमा प्रदेश सरकारले छलफल गरेर टुङ्गोमा पुगिने बताए । कोरोनाबाट...

बेलायत नेपालको सबैभन्दा पुरानो मित्र होः प्रधानमन्त्री देउवा

लण्डन । प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अधिराज्य बेलायत नेपालको सबैभन्दा पुरानो मित्र भएको र द्विपक्षीय सम्बन्ध स्थापना भएदेखि नै आपसी सम्बन्ध मित्रता, सद्भाव र पारस्परिक विश्वास कायम रहँदै आएको धारणा व्यक्त गरेका छन् । नेपालका लागि सर्वदलीय संसदीय समूह एपिपिजी–एन र बेलायत–नेपाल व्यापार तथा लगानी मञ्चले शनिबार साँझ आयोजना...

बेलायती मित्रहरूको सद्भाव र ऐक्यबद्धताबाट उत्साहित छु : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालप्रति बेलायतले प्रदर्शन गरेको सद्भाव र ऐक्यबद्धताबाट आफू उत्साहित भएको बताएका छन् । ग्लास्गोमा भोलि हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय खाका संरचना महासन्धिको पक्षराष्ट्रको २६ औँ सम्मेलन (कोप–२६) मा भाग लिने सिलसिलामा लण्डनमा रहेका उनले नेपालप्रतिको बेलायती सांसदहरूले देखाएको सद्भाव र शुभेच्छाबाट प्रोत्साहित भएको...

मकवानपुरको सबै पालिकामा एमालेको अधिवेशन सकियोः कुन पालिकामा कसको नेतृत्व ?

मकवानपुर । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन अन्तरगत मकवानपुरको सबै नगर तथा पालिकाहरुको अधिवेशन सम्पन्न भएको छ । एमालेले शनिवार हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका र ६ वटा गाउँपालिकाहरुको अधिवेशन सम्पन्न गरेको हो । २ वटा पालिकाहरुमा भने त्यसअघि नै अधिवेशन सकिएको थियो । शनिबार हेटौंडाको अधिवेशन रोयल प्यालेसमा...

कांग्रेस मकवानपुरको चियापान कार्यक्रम, विभिन्न पार्टी परित्याग गरी ५१० जना कांग्रेस प्रवेश

मकवानपुर । नेपाली कांग्रेसको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा मकवानपुरको विभिन्न स्थानबाट शनिबार ५ सय १० जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेस हेटौंडा उपमहानगर समितिले तिहार, छठ, नेपाल सम्वत् तथा क्रिसमसको उपलक्ष्यमा शनिबार विहान जिल्ला पार्टी कार्यालयमा गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा नेकपा एमालेका जिल्ला सदस्य...

एमाले इन्द्रसरोवर गाउँ कमिटीको अध्यक्षमा पुडासैनी

मकवानपुर । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन अन्तरगत मकवानपुरमा आज पालिका कमिटीको अधिवेशन भइरहेको छ । एमाले मकवानपुरले दिएको जानकारी अनुसार भर्खरै इन्द्रसरोवर गाउँपालिकाको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले देवकृष्ण पुडासैनीको नेतृत्वमा ६३ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । सो कमिटीको उपाध्यक्षमा प्रताप भोम्जन, सचिवमा...