राजनीति/ समाज

अष्टलक्ष्मीको शैलीमा भीम आचार्यको राजीनामा

काठमाडौं । प्रदेश नम्वर १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले राजीनामा दिएका छन् । उनले आज अपराह्न बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन् । बैठकमा विश्वासको मत प्राप्त गर्ने सम्बन्धमा आफ्नो मन्तव्य व्यक्त गर्दै उनले पदबाट राजीनामा दिएको घोषणा दिएका हु्न । यसअघि बागमती प्रदेशकी निवर्तमान मुख्यमन्त्री अष्टलक्ष्मी...

१० औँ महाधिवेशनस्थलको आँफैं निरीक्षण गर्दै ओली

चितवन । नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले आज पार्टीको १० औँ महाधिवेशन स्थलको निरीक्षण र आवश्यक जानकारी लिने भएका छन् । महाधिवेशन आगामी मङ्सिर १०, ११ र १२ गते यहाँ हुँदैछ । अध्यक्ष ओलीले महाधिवेशन उद्घाटन सत्र हुने नारायणी नदी किनार र बन्द सत्र हुने सौराहाका सम्भावित ठाउँको...

क्रियाशील सदस्य घिमिरे कांग्रेसमै फर्किए

मकवानपुर । मकवानपुरगढी गाउँपालिका वडा नम्वर –३ निवासी कांग्रेसका क्रियाशील सदस्य उद्धव घिमिरे पुनः कांग्रेसमै फर्किएका छन् । केही दिन अघि नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका उनी पुनः कांग्रेसमै फर्किएका हुन् । उनलाई कांग्रेस मकवानपुरका उपसभापति विष्णुप्रसाद लामिछानेले खादा लगाएर स्वागत गरेका हुन् । कांग्रेसका जिल्ला सदस्यसमेत रहेका...

कर्णाली प्रदेशका ३ मन्त्री आज पदमुक्त हुँदै

सुर्खेत । कर्णाली प्रदेश सरकारका तीन जना मन्त्री आज (सोमवार) पदमुक्त हुँदैछन् । प्रदेशसभा सदस्य नरहेको व्यक्ति ६ महिनाभन्दा बढी मन्त्री बन्न नपाइने कानूनी व्यवस्था अनुसार उनीहरु आज पदमुक्त हुने भएका हुन् । आज सांसदविनै मन्त्री बनेका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री अम्मरबहादुर थापा, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री...

मुख्यमन्त्री आचार्यको छिनोफानो आज

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आज (सोमबार) विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री आचार्यले आज अपराह्न १२ बजे बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने भएको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभाका अनुसार, बैठकमा मुख्यमन्त्रीले पेस गरेको विश्वासको मत सम्बन्धी प्रस्तावमाथि छलफलपछि आजै मत विभाजन गर्ने...

हेटौंडा आएर प्रभाकरले भने – माओवादी र प्रचण्डविरुद्ध षडयन्त्रपूर्वक लाग्नेहरु परास्त हुनेछन्

मकवानपुर । नेपाल सरकारका अर्थमन्त्री एवम् नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य जर्नादन शर्मा ‘प्रभाकर’ ले नेकपा माओवादी केन्द्र अब नयाँ ढंगबाट अघि बड्ने बताएका छन् । माओवादी केन्द्र निकट योङ कम्युनिष्ट लिग (वाईसियल) हेटौँडा उपमहानगरपालिकाको अधिवेशनलाई सम्बोधन गर्दै नेता शर्माले माओवादी चुनौतीलाई परास्त गर्दै अघि बढ्ने शक्ति भएकोले...

केपी ओलीले ‘म्याउ’ गर्दैमा माओवादी समाप्त हुँदैन – देवकोटा

मकवानपुर । नेकपा माओवादी केन्द्रको युवा संगठन वाइसीएल नेपालका संयोजक सुमन देवकोटाले जनताको त्याग तपस्या र बलिदानीबाट निर्माण भएको माओवादी केन्द्र प्रतिगामीहरुको हजारौँ प्रयासबाट पनि समाप्त नहुने बताएका छन् । आज हेटौंडामा आयोजित वाइसीएल हेटौंडा उपमहानगरपालिकाको प्रथम नगर अधिवेशनलाई सम्बोधन गर्दै उनले प्रतिगामीहरुले जति नै डाहा गरेपनि माओवादी समाप्त...

माओवादीको नेतृत्व देश र जनताप्रति समर्पित छ: दीपशिखा

मकवानपुर । वाइसीएल नेपालका इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ले माओवादी केन्द्रको नेतृत्व देश र जनताको लागि समर्पित रहेको बताएका छन् । हेटौंडामा आयोजित वाइसीएल हेटौंडा उपमहानगर कमिटीको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै दीपशिखाले माओवादी सदैव जनताको हक अधिकारको पक्षमा लडिरहेको बताए । उनले मुलुकमा हरेक परिवर्तनहरुमा माओवादी केन्द्रको महत्त्वपूर्ण भूमिका रहेको...

अर्थमन्त्री शर्माद्वारा शहिद रुद्र स्मृति बाटिकाको अवलोकन

मकवानपुर । नेपाल सरकारका अर्थमन्त्री एवम् नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य जनार्दन शर्मा प्रभाकरले आइतबार मकवानपुरगढी गाउँपालिका वडा नम्वर ४ स्थित रुद्र बाटिकाको अवलोकन गरेका छन् । मन्त्री शर्माले शहिद रुद्र पाख्रिनको शालिकमा फूलगुच्छा अर्पण गर्दै सम्पूर्ण शहिदहरुप्रति सम्मान व्यक्त गरे । नेकपा माओवादी केन्द्र निकट योङ्ग कम्युनिष्ट...

लुम्बिनीको विकासलाई प्राथमिकतामा राखौँः राष्ट्रपति भण्डारी

लुम्बिनी । राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनी विश्वको आकर्षणको केन्द्र भएकाले लुम्बिनीको विकासलाई नेपाल सरकारले मुख्य प्राथमिकतामा राख्नुपर्ने बताएकी छिन् । उनले भनिन्, “गौतमबुद्धको जन्मस्थल लुम्बिनी संसारकै आकर्षण रहेको एक पवित्रस्थल हो, यसको विकासका लागि जनतालाई समर्थनमा लिएर काम गर्नुपर्ने हुन्छ । जनताको खुसी नै हाम्रो खुसी हो ।” आज...