राजनीति/ समाज
जसपामा संसदीय दलको नेता चयन गर्न समिति गठन
काठमाडौं । जनता समाजवादी पार्टी नेपालले संसदीय दलको नेता चयन गर्नका लागि निर्वाचन समिति गठन गरेको छ । सो समितिमा मिथलेशकुमार सिंह, दीपेन्द्र झा र अर्जुन थापा रहेको जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । उनका अनुसार, संसदीय दलको नेता चयन गर्ने प्रक्रिया सुरु भएको र त्यसैका...
सत्ता गठबन्धन दलको बैठक बस्दै
काठमाडौं । नयाँ सरकार गठनबारे छलफलका लागि सत्ता गठबन्धन दलको बैठक बस्दैछ । बैठक अपरान्ह ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने भएको कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए । उनका अनुसार, बैठकमा सत्ता गठबन्धन दलका पहिलो तहका नेता र सहयोगीका रुपमा केही दोस्रो तहका नेताहरूबीच छलफल हुनेछ...
कांग्रेसद्वारा सरकार गठनका लागि हस्ताक्षर संकलन
काठमाडौं । नेपाली कांग्रेसले सरकार गठनका लागि हस्ताक्षर संकलन सुरु गरेको छ । शुक्रबारदेखि नै कांग्रेसले हस्ताक्षर संकलन गर्न थालेको हो । सांसदहरूको औपचारिक बैठक आज बालुवाटारमा बस्दैछ । बैठक आज बस्ने भए पनि शुक्रबार नै केही सांसदलाई खाली पृष्ठमा हस्ताक्षर गराएको थियो । स्रोतका अनुसार, बाँकी रहेका सांसदहरूले...
बागमती प्रदेश प्रमुख शर्माद्वारा राजेन्द्र पाण्डेको राजीनामा स्वीकृत
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको राजीनामा स्वीकृत गरेका छन् । संघीय संसदमा निर्वाचिन भएर शपथ ग्रहण गरेसँगै पाण्डेले शुक्रबार प्रदेश प्रमुख शर्मा समक्ष पेश गरेको राजीनामा नेपालको सविधान बमोजिम स्वीकृत भएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार, प्रदेश प्रमुख...
राजेन्द्र पाण्डेले दिए मुख्यमन्त्री पदबाट राजीनामा
मकवानपुर । बागमती प्रदेशमा मुख्यमन्त्री राजेन्द्र पाण्डेले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् । संघीय संसदमा निर्वाचिन भएर शपथ ग्रहण गरेसँगै पाण्डेले शुक्रबार मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन् । पाण्डेले प्रदेश प्रमुख यादव चन्द्र शर्मा समक्ष राजीनामा बुझाएका हुन् । पाण्डेले २०७८ कार्तिक ११ गतेदेखि प्रदेशको मुख्यमन्त्रीको रुपमा जिम्मेवारी सम्हालेका...
बागमती प्रदेशसभाको हिउँदे अधिवेशन पुस १७ गते आह्वान गर्ने सर्वदलीय बैठकको निर्णय
मकवानपुर । बागमती प्रदेशसभाको शुक्रबार दिउँसो बसेको सर्वदलीय बैठकले प्रदेशको हिउँदे अधिवेशन यही पुस १७ गते बस्ने गरी आह्वान गर्ने निर्णय गरेको छ । प्रदेशसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य रामप्रसाद ढुंगानाको अध्यक्षमा बसेको बैठकले पुस १७ गते दिनको २ बजे बस्ने गरी हिउँदे अधिवेशन आह्वान गर्ने निर्णय गरेको प्रदेशसभा सचिवालयका...
बागमती प्रदेशसभाका ज्येष्ठ सदस्य ढुंगानाले पुस १३ गते शपथ लिने
मकवानपुर । बागमती प्रदेशसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य रामप्रसाद ढुंगानाले यही पुस १३ गते शपथ ग्रहण गर्ने भएका छन् । ७२ वर्षीय ढुंगानाले बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका हुन् । शुक्रबार बसेको प्रदेशको सर्वदलीय बैठकले सो निर्णय गरेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव...
महेन्द्र राय यादवले आज शपथ लिने
काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसद महेन्द्र राय यादवले आज बिहान पद तथा गोपनियताको शपथ लिने भएका छन् । उमेरसम्बन्धी प्राविधिक कारणबाट हिजो शपथ लिन नसकेपछि उनलाई संघीय संसद् सचिवालयले आज शपथ गराउने तयारी गरेको छ । यादवलाई प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशम्शेर राणाले बिहान सिंहदरबारस्थित संसद् सचिवालयमा शपथ गराउने छन्...
कांग्रेस बागमती प्रदेश संसदीय दलको चुनाव पुस १३ गते
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको चुनाव पुस १३ गते हुने भएको छ । बागमती प्रदेश संसदीय दलको नेता निर्वाचन समितिले दलको नेता चयनका लागि पुस १३ गतेका लागि चुनावको मिति तोकेको हो । चन्द्र महर्जनको संयोजकत्वमा रहेको उक्त समितिले संसदीय दलको कार्यालय हेटौंडा परिसरमा चुनाव गर्ने...
राजेन्द्र पाण्डेले आज मुख्यमन्त्री पदबाट राजीनामा दिने
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज मुख्यमन्त्री पदबाट राजीनामा दिने भएका छन् । बिहीबार संघीय सांसदको शपथ लिएसँगै उनको भूमिका प्रदेशको मुख्यमन्त्री र प्रतिनिधिसभा सदस्यको रुपमा रहने भएपछि उनले राजीनामा दिने भएका हुन् । मुख्यमन्त्री पदबाट राजीनामा नगरी प्रतिनिधिसभा सदस्यको शपथ लिएपछि चौतर्फी उनको आलोचना भइरहेको छ...









