राजनीति/ समाज

राष्ट्रियसभाको उपनिर्वाचन माघ २५ मा हुने

काठमाडौं । राष्ट्रियसभाको उपनिर्वाचन आगामी माघ २५ गते हुने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । लुम्बिनी प्रदेशबाट निर्वाचित खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्य निर्वाचनअघि राजीनामा दिएका थिए । त्यसपछि रिक्त रहेको ठाउँमा निर्वाचन हुन लागेको हो ।

बागमती प्रदेशसभा : सभामुख र उपसभामुखले के–के पाउँछन् सेवा सुविधा ?

मकवानपुर । बागमती प्रदेशसभामा गत मंसिर ४ गते सम्पन्न निर्वाचनबाट ११० जना प्रदेशसभा सदस्यहरु निर्वाचित भएका छन् । प्रदेशसभामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, नेकपा एकीकृत समाजवादी, नेमकिपा र हाम्रो नेपाली पार्टीबाट प्रतिनिधित्व गरी ११० जना सदस्यहरु निर्वाचित भएका हुन् । उनीहरुले गत पुस १४ गते...

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

काठमाडौं । सत्ता गठबन्धनको बैठक हाल जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक केहीबेर अघि सुरु भएको हो । बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), एमाले अध्यक्ष केपी शर्मा ओली, जसपा अध्यक्ष उपेन्द्र यादव, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र रास्वपा अध्यक्ष रवि लामिछाने सहभागी रहेका...

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच भेटवार्ता, विश्वासको मत दिन सकारात्मक

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच बुधबार भेटावार्ता भएका छन् । भेटमा अधयक्ष नेपालमा प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिन सकारात्मक भएका छन् । प्रधानमन्त्री प्रचण्डले यहीँ पुस २६ गते विश्वासको मत लिँदैछन् । प्रधानमन्त्री ‘प्रचण्ड’ र नेता नेपालबीचको भेटवार्तामा प्रचण्डले सरकारलाई...

तरुण दलको कार्यसमितिलाई पूर्णता दिन देउवाको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तरुण दलको कार्यसमितिलाई पूर्णता दिन निर्देशन दिएका छन् । सभापति देउवाले तरुण दलको कार्यसमितिलाई पूर्णता दिनका लागि पार्टीका नेताहरुसँग छलफल गर्न तरुण दलका अध्यक्ष विद्वान गुरुङलाई निर्देशन दिएका हुन् । गुरुङले बुधबार (आज) बिहान सभापति देउवालाई उनको निवास धुम्बाराहीमा भेटेका थिए ।...

कांग्रेस संसदीय दलको बैठक पुस २३ मा बस्दै

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक यही पुस २३ गते बस्ने भएको छ । प्रतिनिधि सभाको अधिवेशन पुस २५ मा बोलाइएपछि त्यसको दुई दिनअघि कांग्रेसको संसदीय दलको बैठक बस्न लागेको हो । बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो १ बजे बस्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी...

नेपाली कांग्रेसले पत्रकार सम्मेलनको आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेसले आज पत्रकार सम्मेलनको आयोजना गर्दैछ । कांग्रेसले पछिल्लो समयमा भएका राजनीतिक घटनाक्रमबारे जानकारी गराउन पत्रकार सम्मेलन गर्न लागेको हो । पत्रकार सम्मेलन दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा हुनेछ । पार्टी सरकारबाट बाहिरिएपछि नेताहरुबाट फरकफरक खालका प्रतिक्रिया आइरहेको अवस्थामा पार्टीले पत्रकार सम्मेलनमार्फत पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा...

विभिन्न ३ वटा शर्त पूरा नभए सरकारमा सहभागी नहुने जसपाको निर्णय

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको राजनीतिक समितिको बैठकले विभिन्न ३ वटा शर्त पूरा नभए सरकारमा सहभागी नहुने निर्णय गरेको छ । संघीयता विरोधी, गणतन्त्र विरोधी, धर्मनिरपेक्षतालाई अस्वीकार गर्ने, राजनीतिक विचार र सिद्धान्त प्रस्ट नभएका दलसमेत सत्ता साझेदार रहेको अहिलेको अवस्थामा जसपाका मूलभूत सिद्धान्तहरू संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र...

बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने ६ दलले गरे संसदीय दलको नेता चयन

मकवानपुर । बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने ७ वटा दलमध्ये ६ वटा दलले संसदीय दलको नेता चयन गरेका छन् । प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेकपा एकिकृत समाजवादी पार्टी बाहेक अन्य ६ वटा दलले आफ्नो दलको नेता चयन गरिसकेको छ । बागमती प्रदेशको ठुलो दल नेपाली कांग्रेसले निर्वाचन मार्फत संसदीय दलको नेता...

एमालेले आफ्ना सांसदहरुलाई २ दिने प्रशिक्षण दिँदै

काठमाडौं । नेकपा एमालेले प्रतिनिधि सभामा निर्वाचित सांसदहरुलाई संसदीय अभ्यासबारे २ दिने प्रशिक्षण दिने भएको छ । एमालेले पार्टी संसदीय विभागको आयोजनामा पुस २३ र २४ गते सांसदहरुलाई प्रशिक्षण दिने भएको हो । प्रशिक्षण कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष समेत रहेका नेता सुवास नेम्वाङसहित संसदीय राजनीतिका जानकारहरुले...