राजनीति/ समाज

माधवको झलनाथप्रति चित्तदुखाइ

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र पार्टीका सम्मानित नेता झलनाथ खनालबीच सम्बन्ध चिसिएको छ । अध्यक्ष नेपालले पछिल्लो समय नेता खनालप्रति चित्त दुखाउन थालेका छन् । पार्टीभित्रका कुरा बाहिर भन्दै हिँडेको भन्दै नेपालले खनालप्रति चित्त दुखाएका हुन् । बिहीबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपालले खनालको...

कांग्रेस केन्द्रीय सदस्यमा ८ जना मनोनित

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ८ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् । सभापति देउवाले कांग्रेस विधानको धारा २१ को उपधारा १० बमोजिम बिहीबार ८ जनालाई केन्द्रीय समितिमा मनोनित गरेका हुन् । मनोनित हुनेहरुमा गुल्मीका डा. चन्द्र भण्डारी, अर्घाखाँचीका मानबहादुर विश्वकर्मा, पर्वतका अर्जुनप्रसाद जोशी, काभ्रेका शिवप्रसाद हुमागाई,...

संविधान दिवसको अवसरमा दिप प्रज्वलन

मकवानपुर । नेपाल विद्यार्थी संघ मकवानपुर बहुमुखी क्याम्पस इकाई समितिले दिप प्रज्वलन तथा राष्ट्रिय झण्डा राख्ने कार्यक्रम आयोजना गरेको छ । नेविसंघ क्याम्पस इकाईले बुधबार क्याम्पस गेट अगाडि नवौं संविधान दिवसको अवसरमा नेविसंघ केन्द्रिय कार्यसमितिबाट परिपत्र भए अनुसार दिप प्रज्वलन तथा राष्ट्रिय झण्डा राख्ने कार्यक्रम आयोजना गरेको हो ।...

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक पार्टी कार्यालय सानेपामा आज दिउँसो १ बजे बस्न लागेको हो । उक्त बैठकमा समसामयिक राजनीति, आन्तरिक पार्टी संरचनालगायत विषयमा छलफल हुने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा गत साउन २०–३० सम्म भएको पार्टीको आन्तरिक विशेष अभियान,...

स्थानीयले मागे मुआब्जा, अरुण तेस्रो जलविद्युत् परियोजनाको विद्युतगृहको काम ठप्प

काठमाडौँ । सङ्खुवासभामा निर्माणाधीन अवस्थामा रहेको ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् परियोजनाको विद्युतगृहको काम ठप्प रहेको छ । अरुण तेस्रोे प्रवेशमार्गको छ्याङकुटी–दिदिङ पुखुवा सडकखण्डको मुआब्जा माग गर्दै स्थानीयले झण्डै तीन सातादेखि काम ठप्प पारेका हुन् । स्थानीयको अवरोधका कारण अरुण तेस्रोको विद्युत्गृहस्थल र प्रवेशमार्गको काम ठप्प भएको...

कार्यशैली सच्याउन सभापति देउवालाई नेता कोइरालाको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई कार्यशैली सच्याउन नेता डा. शेखर काइरालाले आग्रह गरेका छन् । शेखर–गगन पक्षको बैठकको भोलिपल्ट बुधबार सभापति देउवालाई भेटेका शेखरले अहिलेको शैलीलाई सच्याउन आग्रह गरेका हुन् । शेखरसँगै उपसभापति धनराज गुरुङ र सहमहामन्त्री जीवन परियार सभापति देउवालाई भेट्न उनको निवास धुम्बाराही पुगेको कांग्रेसका...

‘आन्दोलनको नाममा विद्यालय बन्द गर्नेलाई कारबाही गर्छौँ’

′′काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आन्दोलनको नाममा विद्यालय बन्द गरिए कारबाही गर्ने जनाएको छ । शिक्षा विधेयक विरुद्ध आन्दोलनमा उत्रिएका शिक्षकलाई लक्षित गर्दै विद्यालय बन्द गरिए कारबाही गर्ने चेतावनी दिइएको हो । महानगरले आज सूचना जारी गर्दै देशभरका सामुदायिक विद्यालयमा पठनपाठन बन्द गर्ने भनी विभिन्न पत्रपत्रिकामा आएको समाचार र प्रेस...

कञ्चनपुरमा अहेबको घाँटी न्याकियो

काठमाडौँ । हेटौंडामा दुई डाक्टर कुटिएको घटना सेलाउन नपाउँदै कञ्चनपुरको बेलौरीमा स्वास्थ्यकर्मीमाथि हातपात भएको छ । हिजो राति साँढे ११ बजे बलौरी ४ स्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रका अहेब नरेन्द्र गैरेमाथि दू्र्व्यवहार भएको हो । गैरेमाथि बेलौरी–२ का रामबहादुर खड्काले दुर्व्यवहार गरेको भिडियो अहिले सामाजिक सञ्चालमा चर्चामा रहेको छ...

टिकापुर घटनाका तीन कैदी रिहा, रेशम दम्पतीद्वारा कारागारमै पुगेर स्वागत

काठमाडौँ । टीकापुर घटनाको अभियोगमा कैलाली कारागारमा रहेका ३ जनाले आममाफी पाएका छन् । संविधान दिवसको अवसरमा आममाफी पाएपछि उनीहरु आजै रिहा भएका हुन् । संविधान दिवसको अवसरमा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँकाचोरी अभियोगमा कारागारमा रहेका उनीहरु रिहा भएका हुन् । रिहा हुनेमा क्रमश, टीकापुर नगरपालिका वडा...

संविधान दिवसमा प्रदेश प्रमुख शर्माको मन्तव्य (हेर्नुहोस् पूर्णपाठ)

मकवानपुर । बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले संविधानले परिकल्पना गरेको संघीयता, धर्म निरपेक्षा र समाजवादमार्फत जनताको आर्थिक समुन्नती, विकासको पूर्वाधार र मौलिक हकको सम्बद्र्वन गर्न प्रदेश सरकार सँधै प्रतिबद्ध रहनुपर्ने बताएका छन् । संविधान दिवस एवम् राष्ट्रिय संविधान दिवस मूल समारोह समिति बागमती प्रदेश हेटौंडाद्वारा आज आयोजित एक कार्यक्रममा...