राजनीति/ समाज
वाइसियल हेटौंडाको प्रथम बैठक तथा प्रमाणपत्र वितरण
मकवानपुर । नेकपा माओबादी केन्द्रको सहायक संगठन योङ कम्युनिष्ट लिग नेपाल हेटौंडा उपमहानगर कमिटिको प्रथम बैठक तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । आज विहिबार पार्टी कार्यालयमा बैठक तथा प्रमाणपत्र वितरण कार्यक्रम भएको हो । वाइसियल नेपाल नगर कमिटीका अध्यक्ष मदन उप्रेतीको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशकी सामाजिक...
प्रमुख राजनीतिक दलका नेताहरुको बैठक आज पनि बस्दै
काठमाडौँ । प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको संयुक्त बैठक आज पनि बस्ने भएको छ । राष्ट्रिय सभा निर्वाचनमा सिट बाँडफाँटको विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । बुधबार बेलुकाको छलफल टुंगोमा पुग्न नसकेपछि बिहीबार बिहान ९ बजे फेरि बैठक बस्न लागेको हो । बिहीबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा...
निर्वाचन अधिकृतको कार्यालय स्थापना
मकवानपुर । आसन्न माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य पदको निर्वाचनका लागि हेटौंडामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । राष्ट्रिय सभामा बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने सदस्यहरु चयन गर्न हुने निर्वाचनका लागि हेटौँडा– ५ स्थित प्रदेश निर्वाचन कार्यालयमा मकवानपुरमा कार्यालय स्थापना गरिएको हो । जिल्ला न्यायाधीश एवम् निर्वाचन...
वीपी विचार समाजको आयोजनामा विचार गोष्ठी
हेटौंडा । वी.पी विचार समाज मकवानपुरको आयोजना तथा नेपाली कांग्रेस मकवानपुरको संयोजनमा ४८ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा विचार गोष्ठी सम्पन्न भएको छ । सो अवसरमा गोष्ठीलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीले विश्वेश्वरप्रसाद कोइराला आफ्नो दृष्टिकोणबाट कहिले पनि बिचलित नभएको...
वाइसीएल हेटौंडा उपमहानगरको नेतृत्वमा उप्रेती
मकवानपुर । योङ्ग कम्युनिष्ट लिग (वाइसीएल) हेटौंडा उपमहानगर कमिटिको दोश्रो नगर सम्मेलन शनिबार हेटौंडा सम्पन्न भएको छ । सम्मेलनले मदन उप्रेतीको अध्यक्षतामा ३९ सदस्यीय नगरकमिटी सर्वसम्मत् चयन गरेको छ । कमिटिको उपाध्यक्षमा निलम्वर सापकोटा र विकास अधिकारी, सचिवमा रोयल बानियाँ, सह–सचिवमा दिवश लामा र समन गौतम, कोषाध्यक्षमा हिरा पुलामी...
प्रदेश प्रमुख शर्माले दिए तमु ल्होछारको शुभकामना
हेटौंडा । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले गुरुङ समूदायको महत्वपूर्ण पर्व तमु ल्होछारको उपलक्ष्यमा शुभकामना दिएका छन् । उनले स्वदेश तथा विदेशमा रहेका यस समुदायका दाजुभाई–दिदिबहिनी तथा समस्त नेपालीहरुमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना दिए । हरेक वर्ष पुस १५ मा तमु अर्थात् गुरुङ जातिले हर्षोल्लासपूर्ण वातावरणमा तमु...
हेटौंडा जेसीज वर्ष २०२४ को अध्यक्षमा श्रेष्ठ निर्वाचित
मकवानपुर । हेटौंडा जेसीज वर्ष २०२४ को अध्यक्ष पदमा विकेशलाल श्रेष्ठ निर्वाचित भएका छन् । नयाँ कार्यसमिति चयन गर्न आज भएको निर्वाचनमा प्रतिस्पर्धी अमृत वर्तौलालाई पछि पार्दै श्रेष्ठले नतिजा आफ्नो पक्षमा पारेका हुन् । कूल १७६ जना मतदातामध्ये १६७ जना मतदान प्रक्रियामा सहभागी थिए । जसमध्ये श्रेष्ठले ८६ मत...
हेटौंडा जेसीज निर्वाचन अपडेटः मतगणना सुरु
मकवानपुर । हेटौंडा जेसीज वर्ष २०२४ को लागि नयाँ कार्यसमिति चयन गर्न आज भएको निर्वाचनको मतगणना सुरु भएको छ । कूल १७६ जना मतदातामध्ये १६७ जना मतदान प्रक्रियामा सहभागी भएका थिए भने ९ जना अनुपस्थित रहे । सहमतिबाट नेतृत्व चयन गर्ने प्रयास सफल नभएपछि निर्वाचन भएको हो । वर्ष...
हेटौंडामा रास्वपाद्वारा गृहमन्त्रीको राजीनामा माग
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेको छ । शनिवार हिजो बालकुमारिमा भएको घटनालाई लिएर हेटौंडामा प्रदर्शनसमेत गरिएको छ । रास्वपाले जिल्ला पार्टी कार्यालयबाट ब्यानरसहित विरोध ¥याली गर्दै हेटौंडाको मुख्य बजार क्षेत्र बुद्ध चोकसम्म प्रदर्शन गरेको थियो । प्रदर्शनका क्रममा रास्वपाका...
बालकुमारी घटनामा मारिएका २ युवकका परिवारलाई १०/१० लाख राहत दिइने
काठमाडौँ । शुक्रबार बालकुमारीमा प्रहरीको गोली लागेर मृत्यु भएका दुई युवकको परिवारलाई १० लाखका दरले राहत उपलब्ध गराइने भएको छ । शनिबार बसेको मन्त्रिपरिषद बैठकले बालकुमारी घटनामा मारिएका दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको परिवारलाई १०–१० लाख रुपैयाँ दिने निर्णय गरेको हो । त्यस्तै उनीहरुले भनेकै स्थानमा अन्तिम...










