राजनीति/ समाज
एमाले मकवानपुरको अधिवेशन जेठ १८ र १९ गते हुने
मकवानपुर । नेकपा एमाले मकवानपुरको अधिवेशन आगामी जेठ १८ र १९ गते हेटौंडामा हुने भएको छ । एमाले मकवानपुरको सचिवालय बैठकले १२ औं जिल्ला अधिवेशनको मिति तोकेको एमाले जिल्ला सचिवालय सदस्य मदन कुमार दाहालले जानकारी दिए । उनका अनुसार, अधिवेशनको एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन् गर्ने कार्यक्रम रहेको...
आप्रवासन विभागको सदस्यमा १० जना मनोनीत
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वैदेशिक रोजगार समन्वय तथा आप्रवासन विभागमा १० जना सदस्यहरू मनोनयन गरेका छन् । देउवाले केन्द्रीय सदस्य प्रकाश रसाईली स्नेही प्रमुख रहेको आप्रवासन विभागको सदस्यमा १० जना मनोनीत गरेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । मनोनयन हुनेमा चित्रबहादुर केसी, नविन शेरचन, राजेन्द्र...
बागमतीमा नेवाः/तामाङ भाषा सरकारी कामकाजको रुपमा लागू हुँदै
मकवानपु । बागमती प्रदेशमा यही वैशाख २४ गते सोमबारबाट नेपाल भाषा (नेवाः भाषा) र तामाङ भाषा सरकारी कामकाजको भाषाको रुपमा लागू हुँदैछ । सो अवसरमा नेवाः द्वय दबु बागमती प्रदेश समिति, नेपाल तामाङ घेदुङ बागमती प्रदेश समिति, नेवा देय् दबु स्वनिगः विशेष प्रदेश समितिले विभिन्न कार्यक्रमको आयोजना गर्ने भएको...
सर्वदलीय बैठकः बजेट अधिवेशन आह्वान गर्ने निर्णय
मकवानपुर । बागमती प्रदेश, सर्वदलीय बैठकले प्रदेश सभाको बजेट अधिवेशन बैठक आह्वान गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको सर्वदलीय बैठकले प्रदेश सभा बैठक यही वैशाख ३१ गते बस्ने गरी प्रदेश सरकारसमक्ष प्रस्ताव पेश गर्ने निर्णय गरेको सभामुख भुवनकुमार पाठकले जानकारी दिए । यस्तै, उक्त बैठकले प्रदेश सभा अन्तरगत...
भौतिक पूर्वाधार विकासको अभियानलाई जोड दिन्छौं: मुख्यमन्त्री
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले अब प्रदेश सरकारले क्रमशः भौतिक पूर्वाधार विकासको अभियानमा जोड दिने बताएका छन् । मुख्यमन्त्री जम्कट्टेलले शुक्रबार हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ कमानेस्थित प्रदेश, शिक्षा विकास निर्देशनालय भवनको शिलान्यास कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । उनले प्रदेशमा विज्ञहरु तथा दक्ष जनशक्ति उत्पादन गर्ने...
एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णय
काठमाडौं । सरकारले एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । सरकारले यसअघि गत २०७७ जेठ ७ गते लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नयाँ सार्वजनिक...
बागमती प्रदेशका वनमन्त्री पोखरेलको ७८ बुँदे प्रतिवद्धता सार्वजनिक
मकवानपुर । बागमती प्रदेशका वन तथा वातावरणमन्त्री केशवप्रसाद पोखरेलले शुक्रबार ७८ बुँदे भावी कार्यदिशा तथा प्रतिवद्धता सार्वजनिक गरेका छन् । मन्त्री पोखरेलले आफु मन्त्रीका रुपमा नियुक्त भएपश्चात् पूरा गरिने जिम्मेवारीहरुलाई प्राथमिकताका आधारमा छनौट गरी आज पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेका हुन् । उनको प्रतिवद्धतापत्रमा समय सापेक्ष वन ऐन, नियमावली, वातावरण...
गण्डकी प्रदेशः संसद् बैठक आह्वान
पोखरा । गण्डकी प्रदेशको संसद् बैठक आह्वान गरिएको छ । बैठक यही वैशाख २३ गते आइतबार बस्ने गरी आह्वान गरिएको संसद् सचिवालयले जनाएको छ । सो बैठकमा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने कार्यसूची तय भएको छ ।
रास्वपाको सचिवालय बैठक आह्वान
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आह्वान गरिएको छ । बैठक पार्टी कार्यालय वनस्थलीमा दिउँसो साढे ४ देखि साढे ६ बजेसम्म बस्ने गरी आह्वान गरिएको हो । बैठकमा इलाम उपनिर्वाचनको समीक्षा र आगामी कार्यदिशा, समसामयिक राजनीतिक घटनाक्रम विषयमा छलफल हुने सो पार्टीको सचिवलायले जनाएको छ ।...
आज चार वटा संसदीय समितिको बैठक बस्ने
काठमाडौं । आज एकैदिन चार वटा संसदीय समितिको बैठक बस्ने भएको छ । आज संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति, राज्य व्यवस्था तथा सुशासन समिति र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्ने भएको हो । जसअनुसार बिहान ११ बजे संघीयता सबलीकरण तथा...










