राजनीति/ समाज
वैशाख ७ लाई याक दिवसको रुपमा मनाउने सरकारको निर्णय
काठमाडौं । सरकारले वैशाख ७ गतेलाई याक दिवसको रुपमा मनाउने निर्णय गरेको छ । बुधबार बसेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत् मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सो बारे जानकारी दिएका हुन् ।...
राष्ट्रपति पौडेलसमक्ष दुई आयोगको वार्षिक प्रतिवेदन पेश
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष रदुई अयोगले वार्षिक प्रतिवेदन पेश गरेका छन् । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र लोकसेवा आयोगले शुक्ररबा राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश गरेको हो । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित एक कार्यक्रमबीच राष्ट्रपति पौडेलसमक्ष वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले आर्थिक वर्ष २०८०–०८१...
कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमान सिंहलाई
काठमाडौं । कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमान सिंहले पाएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले कार्यकारी प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान एवम् शहरी विकास मन्त्री सिंहलाई दिएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाको न्युयोक प्रस्थान गरेसँगै राष्ट्रपति पौडेलले कार्यबाहक प्रधानमन्त्रीको जिम्मा सिंहलाई दिएका हुन् । संयुक्त राज्य अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा...
बागमती प्रदेश विश्वविद्यालयको उपाध्यक्षमा सुवेदी
मकवानपुर । बागमती प्रदेश विश्वविद्यालयको उपाध्यक्षमा कुसुमराज सुवेदी नियुक्त भएका छन् । बागमती प्रदेश विश्वविद्यालय कार्यकारी परिषद्को उपाध्यक्षमा सुवेदीलाई नियुक्त गरिएको हो । उपाध्यक्ष विश्वविद्यालयको प्रशासकीय प्रमुख हुने व्यवस्था रहेको छ । उपाध्यक्षको नियुक्ति संरक्षक समितिले गठन गरेको छनौट समितिले सिफारिस गरेका तीन जना उम्मेदवारमध्येबाट कार्यकारी परिषद्ले गर्ने व्यवस्था...
चार संसदीय समितिको बैठक आह्वान
काठमाडौं । आज विभिन्न चार संसदीय समितिको बैठक बस्ने गरी आह्वान गरिएको छ । आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति, विधायन व्यवस्थापन समिति, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको संयुक्त बैठक आह्वान गरिएको हो । जसनुसार, बिहान...
प्रधानमन्त्री ओली आज अमेरिका प्रस्थान गर्दै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज अमेरिका प्रस्थान गर्दैछन् । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन उनी आज अमेरिकाको न्यूयोर्क प्रस्थान गर्न लागेका हुन् । उनी आज बिहान साढे १० बजे नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका जान लागेका हुन् । प्रधानमन्त्री ओलीका साथमा उनकी पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा....
संविधानलाई जीवनमय बनाउन राज्य र नागरिक दुबै पक्षको प्रयास जरुरी छः प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई जीवनमय बनाउन राज्य र नागरिक दुबै पक्षको प्रयास जरुरी रहेको बताएका छन् । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ को अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन प्रधानमन्त्री ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेसम्म सबै दलको सहमतिमा संविधान संशोधन गरिने बताए...
१६ देशका राजदूतको नाम अनुमोदन (सूचीसहित)
काठमाडौं । संसदीय सुनुवाइ समितिबाट १६ देशका राजदूतको नाम अनुमोदन भएको छ । समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकले राजदूतको नाम अनुमोदन गरेको हो । समितिका सभापति ईश्वरी न्यौपानेका अनुसार, सरकारले सिफारिस गरेका १७ मध्ये १६ देशका लागि नेपाली राजदूतको नाम अनुमोदन गरिएको हो । यी हुन् अनुमोद भएका राजदूतहरुः...
हेटौंडामा संविधान दिवस मनाइयो
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा संविधान दिवस एवम् राष्ट्रिय दिवस २०८१ मनाईँएको छ । बिहीबार बागमती प्रदेश सरकारको आयोजनामा विविध कार्यक्रम गरी नवौं संविधान दिवस मनाईँएको हो । बागमती प्रदेश, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको परिसरमा भएको कार्यक्रममा बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाको प्रमुख आतिथ्यता रहेको थियो ।...
‘प्रजातन्त्रलाई संस्थागत सुदृढीकरण गर्न संघीय र प्रदेश सरकारले सहकार्य गर्नुपर्छ’
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख दिपकप्रसाद देवकोटाले प्रजातन्त्रलाई संस्थागत सुदृढीकरण गर्न संघीय र प्रदेश सरकारले सहकार्य गरेर अघि बढुनपर्ने बताएका छन् । संविधान दिवस एवम् राष्ट्रिय दिवस २०८१ को अवसरमा प्रदेशको राजधानी हेटौंडामा प्रदेश सरकारद्वारा आयोजित एक समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख शर्माले संविधानको मर्म र भावनालाई सबै...










