विश्व विविध

न्यू क्यालेडोनियामा शक्तिशाली भूकम्प

न्युयोर्क, ४ मंसिर । न्यू क्यालेडोनियामा आईतबार शक्तिशाली भूकम्प गएको अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । समाचारमा जनाइए अनुसार सो भूकम्प ७.३ रिक्टर स्केलको थियो । भूकम्प प्रभावित क्षेत्रको आसपासमा नै २५ किलोमिटर गरिराइमा भूकम्पको केन्द्रबिन्दु रहेको समाचारमा जनाइएको छ । भूकम्पबाट भएको मानवीय तथा भौतिक सम्पत्तिको क्षतिलगायतको विस्तृत...

कोलोम्बिया सडक दुर्घटनामा १४ को मृत्यु

बोगोटा, ४ मंसिर । कोलोम्बियाको ग्रामीण इलाकामा आईतबार एउटा बस दुर्घटना हँुदा कम्तीमा १४ व्यक्तिको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएको छ । समाचारको कोलोम्बियाली अधिकारीहरुले समेत पुष्टि गरेका छन् । यात्राको क्रममा रहेको बसले मोटरसाइकललाई छल्न खोज्दा बस चिप्लेर गहिराइमा खस्न पुगेको प्रारम्भिक अनुसन्धानमा देखिएको समाचार एजेन्सीहरुले जनाएका...

मुगाबेले राजिनामा नदिने, आफ्नै दल र विपक्षीदलद्वारा उहाँको विरोध

हरारे, ४ मङ्सिर । जिम्बावेका राष्ट्रपति रोबर्ट मुगाबेले आफ्नो पदबाट राजीनामा नदिने धारणा आइतबार सार्वजनिक गर्नुभएको छ । जिम्बावेमा सेनाले शासन सत्ता हातमा लिएपछि उहाँलाई नजरबन्दमा राखिएको थियो । त्यसपछि उहाँले सेनाको कदमप्रतिको प्रतिक्रिया के दिनुहोला भन्ने बारेमा निकै जिज्ञासा राखिएको थियो । अर्कातर्फ उहाँले आफै राजिनामाको घोषणा गरेर...

अफगानिस्तानका बालबालिकाको अवस्थाबारे युनिसेफ चिन्तित्

काबुल, ३ मङ्सिर । अफगानिस्तानका बालबालिकाको स्वास्थ्य तथा शिक्षाको अवस्थाको विषयलाई लिएर संयुक्त राष्ट्रसंघीय एजेन्सी, युनिसेफले चिन्ता व्यक्त गरेको छ । यहाँका बालबालिकाले पोषणयुक्त खानेकुरा नपाएका तथा विद्यालय जान पाउने स्थिति पनि नरहेको भन्दै राष्ट्रसंघले चिन्ता व्यक्त गरेको एक समाचारमा जनाइएको छ । अफगानिस्तानमा आजका मितिसम्म पनि कम्तीमा ३५...

चीनमा भएको आगलागीमा परी १९को मृत्यु

बेइजिङ, ३ मङ्सिर । चीनको राजधानी बेइजिङबाट दक्षिणतर्फ रहेको दाक्सिनमा अवस्थित एउटा घरमा भएको आगलागीमा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ भने अरु आठ जना घाइते भएका छन् । उक्त जिल्लाको छिङजिन गाँउमा रहेको सो घरमा शनिबार राति ९ बजेतिर आगलागी भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् ।...

झडपमा पाँच आतंकवादी र एक सैनिकको मृत्यु

श्रीनगर, २ मङ्सिर / रासस/पीटीआई० : भारत प्रशासित काश्मीरमा शनिबार भएको झडपमा पाँचजना शङ्कास्पद विद्रोहीको मृत्यु भएको भारतीय सेनाले जनाएको छ । झडपका क्रममा एक जना सैनिक कमाण्डोको पनि मृत्यु भएको छ । “उत्तरी काश्मिरको हाजिन क्षेत्रमा विद्रोही सशस्त्र लडाकू लुकेर बसेको सूचनाको आधारमा वायुसेनाको कमाण्डो बल विमानबाट झरेपछि...

मुगाबे युग अन्त्यको समर्थनमा दशौँ हजार जिम्बावेली जनता सडकमा

जिम्बाब्वे, २ मङ्सिर रासस/ सिन्ह्वा : जिम्बाब्वेको राजधानीमा मुगाबे युगको अन्त्यको माग गर्दै शनिबार गरिएको प्रदर्शनमा दशौँ हजार जिम्बाब्वेली जनता सहभागी बनेका जिम्बाब्वेको राज्य सञ्चालित टेलिभिजन जेडटिभीले जनाएको छ । जिम्बाब्वेको सेनाले गत बुधबार मुगाबेबाट शासनसत्ता हातमा लिएको थियो । राष्ट्रपति मुगाबेलाई पदबाट राजिनामा दिलाउन दवाव सिर्जना गर्न जिम्बाब्वेका...

अफगानिस्तानमा तीन पत्रकारको मृत्यु

काबुल, २ मङसिर -रासस/सिन्ह्वा : अफगानिस्तानमा गत एक हप्ताको अवधिमा विभिन्न कारणले तीन जना अफगानी पत्रकारको मृत्यु भएको छ । एक हप्तामा तीन जनाको मृत्यु भएको हो भने अरु केही घाइते पनि भएको संचार माध्यम समर्थक एक संस्थाले शनिबार जनाएको छ । अफगानिस्तानमा यस बर्षको छ महिनामा लडाकूहरुको आक्रमणमा...

मुगाबे विरुद्ध शनिबार सडकप्रदर्शन गर्न आह्वान

हरारे, १ मङ्सिर (रासस/एएफपी) : जिम्बाबेका प्रभावशाली पूर्व सैनिकहरूकोे संस्थाले राष्ट्रपति रोबर्ट मुगाबेका विरुद्धमा सडक प्रदर्शनमा उत्रिन शुक्रबार आह्वान गरेको छ । क्रिस्टोफर मुत्सभाङगाले पत्रकार सम्मेलनमा भने, “मुगाबे र उनकी श्रीमती ग्रेसको राजनीतिक खेल अव बाँकी रहने छैन ।” उहाँले हरारेमा मुगाबे विरुद्ध शनिबार सडक प्रदर्शन गर्ने तयारी भएकाले...

कम्बोडियाको प्रतिपक्षी पार्टीलाई फुकुवा गर्न अमेरिकाको दवाव

वासिङटनडिसी, १ मङ्सिर (रासस/एएफपी) / कम्बोडियोको अदालतद्धारा बिहीबार प्रतिबन्ध गरिएको पार्टीलाई तत्काल फुकुवा गर्न अमेरिकाले आह्वान गरेको छ । अदालतले कम्बोडिया नेश्नल रेस्क्यु पार्टी (सीएनआरपी) र त्यसका झण्डै एक सय जना नेताहरुलाई प्रतिबन्ध गर्न आदेश दिएको थियो । सत्तारुढ दल हुन सेनले सर्वोच्च अदालतलाई कडाइका साथ नियन्त्रणमा लिएको पनि...