विश्व विविध
उत्तर कोरियाले पठायो वार्ता टोलीका सदस्यको नाम
सोल, २३ पुस । दक्षिण कोरियासँग गर्ने तय भएको उच्चस्तरीय वार्ताका लागि उत्तर कोरियाले पनि आफ्नातर्फका वार्ता टोलीका सदस्यको नाम दक्षिण कोरियालाई पठाएको आइतबार प्राप्त समाचारमा जनाइएको छ । दक्षिण कोरियाको राष्ट्रिय एकीकरण मन्त्रालयले आइतबार यो जानकारी दिएको छ । सो मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार सो वार्ता टोलीमा...
तीन कमाण्डर सहित आइएसका २० जना लडाकू मारिए
फराह, अफगानिस्तान, २३ पुस । अफगानिस्तानको पश्चिमी फराह प्रान्तमा अफगान सेनाको नेतृत्वमा रहेको यहाँको संयुक्त सुरक्षा फौजले गरेको हवाई कारबाहीमा परी यहाँका स्थानीय कमाण्डरसहित २० जनाको ज्यान गएको छ । प्राप्त समाचारअनुसार संयुक्त सुरक्षा फौजको कारबाहीमा परी स्थनीय तीन जना कमाण्डरसहित २० जना इस्लामिक स्टेट (आइएस) का लडाकू मारिएका...
एघार जना साउदी राजकूमार पक्राउ
रियाद, साउदी अरब, २३ पुस । साउदी अरबको प्रहरीले साउदी राजा सलमान विन अब्दुल्लाजिज अल साउदको सत्ता विरोधी गतिविधिमा सम्लग्न भएको आरोपमा ११ जना राजकूमारलाई पक्राउ गरेको स्थानीय शब्क अनलाइन समाचार संस्थाले शनिबार जनाएको छ । दरबारमा रहेर दरबार विरोधी गतिविधि गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको बताएको छ ।...
चिलीमा आठ हजार पटक भूकम्पका धक्का
सान्टीयागो, २१ पुस । चिलीमा सन् २०१७ मा ८ हजार ९४ पटक भूकम्पका सानाठूला धक्का आएको महसुस भएको छ । उक्त सङ्ख्या सन् २०१० यताको सबभन्दा उच्च रहेको राष्ट्रिय भ–ूभर्ग केन्द्रले बिहीबार जानकारी दिएको छ । चिलीमा भूकम्पका धक्काहरु धेरै आउने गर्दछन् । भूकम्प गएको यो सङ्ख्या सन् २०१६...
ब्राजिलको कारागारमा फेरि दङ्गा
रियो डे जेनेरो, २१ पुस । मध्यपश्चिममा रहेको एक कारागारमा बिहीबार दोस्रो पटक दङ्गा भएको छ । सन् २०१८ को सुरुपछि यसप्रकार जेलभित्र दङ्गा सुरु भएको यो दोस्रो पटक हो । अधिकारीहरुका अनुसार यस दङ्गाको क्रममा एकजना कैदीले भाग्ने मौका पाएका थिए तर उनलाई पनि पुनः कब्जामा लिइएको जनाइएको...
अमेरिकाले पाकिस्तानलाई दिँदै आएको सुरक्षा सहयोग रोक्ने
वासिङ्टन डिसी, २१ पुस । अमेरिकाले पाकिस्तानलाई बिगत लामो समयदेखि दिँदै आएको सुरक्षा सहायतासम्बन्धी बजेट रोक्ने जनाएको छ । पाकिस्तानले इस्लामिक अतिवादी सशस्त्र समूहलाई प्रतिबन्ध लगाउने र उनीहरुका विरुद्धका कारबाही पर्याप्त रुपमा नगरेको भन्दै सो सहायता रोक्ने निर्णय अमेरिकाले गरेको समाचारमा जनाइएको छ । पाकिस्तानमा आतङ्क मच्चाइरहेका हक्कानी नेटवर्क...
सुध्रिँदै सम्बन्ध : दक्षिण कोरियाको वार्ता प्रस्ताव उत्तर कोरियाद्वारा स्वीकार
सोल, २१ पुस । उत्तर कोरियाले दक्षिण कोरियाले राखेको वार्ताको प्रस्ताव स्वीकार गरेको समाचार छ । दक्षिण कोरियाले हालैमात्र उत्तरसँग अन्तर सरकारी स्तरमा उच्चस्तरीय वार्ताको प्रस्ताव गरेको थियो । सो प्रस्ताव उत्तरले स्वीकार गरेको खबर पठाएको दक्षिण कोरियाको राष्ट्रिय एकीकरण मन्त्रालयले जानकारी दिएको छ । उक्त मन्त्रालयका प्रवक्ता वाइता...
रेल दुर्घटनामा २० को मृत्यु
जोहानेस्बर्ग, २१ पुस । दक्षिण अफ्रिकामा बिहीबार भएको रेल दुर्घटनामा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या २० पुगेको छ । यस घटनामा घाइते हुने व्यक्तिको सङ्ख्या २६० पुगेको स्थानीय सञ्चार माध्यमले जनाएको छ । रेलको तीन वटा डिब्बा नै जलेको कारण मृतकको सङ्ख्या बढेको बताइएको छ । अझै पनि खोजी...
नयाँ वर्षको बिदा मनाउन गएका ३७५ जनाको मृत्यु
बैङकक,२० पुस । थाइल्याण्डमा नयाँ वर्षको अवसरमा दिइएको बिदाका बेलामा मात्रै भएका सवारी दुर्घटनामा परी कम्तीमा ३७५ जनाको मृत्यु भएको छ । घटनामा अन्य ३६ सय जना घाइते पनि भएको सरकारी अधिकारीहरूले बुधबार जानकारी दिएका छन् । सडक दुर्घटना रोकथाम तथा नियन्त्रण केन्द्रले गत डिसेम्बर २८ तारिखदेखि जनवरी २...
पेरुमा सडक दुर्घटनामा ४८ को मृत्यु
लिमा, १९ पुस । पेरुमा एक ट्रक र यात्रुवाहक बस एक आपसमा ठोक्किदा भएको दुर्घटनामा परी कम्तीमा ४८ व्यक्तिको मृत्यु भएको छ । पेरुको राजधानी लिमाबाट १३० किलोमिटर उत्तरमा रहेको हुआचोबाट यात्रा सुरु गरेको सो बसमा चालक र सहयोगीसहित ५५ जना यात्रु सवार थिए । दुर्घटनापछि सो बस एक...




