विश्व विविध
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबीच भेटवार्ता
उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि फ्रान्सका राजदूत भर्जिनी कोर्टेभल बीच शिष्टाचार भेटवार्ता भएको छ। भेटवार्ता आज उपराष्ट्रपतिको कार्यालयमा भएको हो। भेटवार्तामा नेपाल– फ्रान्स सम्बन्धका विविध आयामबारेमा छलफल भएको बताइएको छ। उपराष्ट्रपति यादवले नेपाल र फ्रान्सबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता दुई देशबीचको पारस्परिक सम्मान, सहयोग र मैत्रीमा आधारित सम्बन्ध अझ...
विश्वको सुरक्षा चुनौती सामना गर्न बलियो साझेदारी आवश्यक : प्रहरी महानिरीक्षक कार्की
न्युयोर्क । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले विश्वभर आतंकवाद, साइबर अपराध र जलवायु परिवर्तनजन्य सुरक्षा चुनौतीहरू जटिल बन्दै गइरहेको अवस्थामा यसको सामना गर्न बलियो अन्तर्राष्ट्रिय सहयोग र बहुपक्षीयता आवश्यक रहेको बताएका छन् । न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघ मुख्यालयमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको सम्मेलनलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले...
सन् २०३० को गन्तव्य भेटाउन सामूहिक कार्य गर्न इकोसक अध्यक्ष थापाको आह्वान
संयुक्त राष्ट्र संघको आर्थिक तथा सामाजिक परिषद्का अध्यक्ष एवं तथा नेपालका स्थायी प्रतिनिधि लोक बहादुर थापाले वर्तमान विश्वमा शान्ति, समृद्धि र दिगोपनालाई अलग-अलग गरेर हेर्न नसकिने बताएका छन् । न्यूयोर्कमा आयोजित सन् २०२६ को दिगो विकासका लागि उच्चस्तरीय राजनीतिक मञ्चको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष थापाले दिगो विकास लक्ष्य...
द्वन्द्व र भूराजनीतिक तनावप्रति संयुक्त राष्ट्रसंघका महासचिव गुटेर्रेसको चिन्ता
न्युयोर्क ।। संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेसले विश्वभर तीव्र रूपमा बढ्दै गएको द्वन्द्व र भूराजनीतिक तनावप्रति गम्भीर चिन्ता व्यक्त गर्दै दिगो शान्ति स्थापनाका लागि विश्वव्यापी प्रतिबद्धता नवीकरण गर्न अपिल गरेका छन् । न्युयोर्कस्थित संयुक्त राष्ट्र संघको मुख्यालयमा आयोजित शान्ति स्थापना आयोगको वार्षिक सत्रलाई सम्बोधन गर्दै महासचिव गुटेर्रेसले यस्तो...
कम्बोडियाबाट तत्काल नेपाल फर्किन नेपालीहरूलाई राजदूतावासको आग्रह
थाइल्यान्डस्थित नेपाली राजदूतावासले कम्बोडियामा गैरकानुनी तरिकाले बस्दै आएका नेपालीलाई तत्काल स्वदेश फर्किन आग्रह गरेको छ। राजदूतावासले एक विज्ञप्ति जारी गर्दै भिसा अवधि समाप्त भएपछि नवीकरण नगरी कम्बोडियामा बस्दै आएका ६६ जना नेपालीलाई नेपाल फर्किन भनेको हो। भ्रमण लगायतका विभिन्न उद्देश्यले कम्बोडिया पुगेर भिसा अवधि सकिएपछि पनि त्यहीँ बसेपछि राजदूतावासले...
सैन्य खर्चले विश्व सुरक्षा संकटमा: अध्यक्ष लोकबहादुर थापा
संयुक्त राष्ट्र संघको प्रथम समितिको नवनिर्वाचित अध्यक्ष राजदूत लोकबहादुर थापाले बढ्दो भू-राजनीतिक प्रतिद्वन्द्विता र सैन्य खर्चका कारण विश्वव्यापी सुरक्षा र निशस्त्रीकरणको संरचना गम्भीर संकटमा परेको भन्दै चिन्ता व्यक्त गरेका छन्। राष्ट्रसंघको ८१ औं महासभाअन्तर्गतको प्रथम समितिको नेतृत्व सम्हालेपछि न्यूयोर्कस्थित मुख्यालयमा आयोजित विशेष समारोहमा बोल्दै उनले यस्तो बताएका हुन्। वर्तमान...
राष्ट्रसंघको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित, महत्वपूर्ण उपलब्धी भयो : थापा
नेपाल संयुक्त राष्ट्रसंघीय महासभा (युएनजीए) को ८१औँ अधिवेशनअन्तर्गत प्रथम समिति (निःशस्त्रीकरण तथा अन्तर्राष्ट्रिय सुरक्षा) को अध्यक्षमा निर्वाचित भएको छ। संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले सदस्य राष्ट्रहरूले नेपालमाथि गरेको विश्वास र समर्थनप्रति आभार व्यक्त गर्दै यसलाई बहुपक्षीयता, अन्तर्राष्ट्रिय शान्ति, सुरक्षा तथा विश्वव्यापी निःशस्त्रीकरणका प्रयासप्रति सात दशकभन्दा लामो...
अमेरिकी उपविदेशमन्त्री रोजर्स र परराष्ट्रमन्त्री खनालबीच भेटवार्ता
अमेरिकी उपविदेशमन्त्री सारा बी. रोजर्सले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेकी छन्। परराष्ट्र मन्त्रालयका अनुसार सोमबार मन्त्रालयमा भएको भेटवार्तामा नेपाल–अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो। विशेषगरी लगानी, व्यापार, संस्कृति तथा पर्यटनका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा दुवै पक्षबीच विचार आदानप्रदान भएको मन्त्रालयले जनाएको छ। भेटका क्रममा...
विश्व प्रेस स्वतन्त्रता दिवसः सत्य बोल्नेको रक्षा गर्न महासचिव गुटेरेसको आग्रह
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पत्रकारहरूको अधिकार रक्षा गर्न र सत्यको सुरक्षा सुनिश्चित गर्न विश्व समुदायलाई आह्वान गरेका छन् । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा एक विशेष सन्देश जारी गर्दै उनले युद्ध र द्वन्द्वका बेला सत्य मात्र नभई, सत्य उजागर गर्ने पत्रकारहरू नै पहिलो निशानामा पर्ने गरेको प्रति गम्भीर...
अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर नेपालमा,उच्चस्तरीय भेटघाट हुँदै
काठमाडौं । अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एशिया मामिला हेर्ने सहायक विदेशमन्त्री समीर पल कपुर काठमाडौँ आइपुगेका छन्। नयाँ सरकार गठनपछि नेपाल भ्रमणमा आउने उनी सबैभन्दा वरिष्ठ अमेरिकी कूटनीतिज्ञ हुन्।कपुर आज बिहान करिब ६:२० बजे टर्किस एयरलाइन्सको फ्लाइट टीके–७२६ मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। उनी तीन...









