विचार
शिक्षकहरु प्रतिको नकारात्मक दृष्टिकोण र व्यवहार कहिले सम्म ?
-रमेशप्रसाद लामिछाने ,केन्द्रीय सदस्य, नेपाल शिक्षक महासंघ हाम्रो शिक्षा प्रणालीमा सरकारी शिक्षकहरुप्रतिको दृष्टिकोण पञ्चायत कालखण्डमा मात्र होइन, वर्तमान संघीय गणतन्त्र शासन व्यवस्थामा समेत सकारात्मक पाइएन । यो दुर्भाग्यपूर्ण वा विडम्बनापूर्ण मात्र नभई लज्जास्पद र निन्दनीय भन्नैपर्छ । जहाँ शिक्षकप्रति सम्मान हुँदैन वा शिक्षकप्रति सकारात्मक हेराई हुँदैन, त्यो समाज वा...
मकवानपुरे मिडियाको दयालाग्दो अवस्था, ‘ईज्जत जोगाउने कि मिडिया ?’
-केही मिडिया संचालकहरुले अहिले पनि ३–४ हजार तलबमै रेडियोमा कार्यक्रम चलाउने र पत्रिकामा काम गर्ने मान्छे पाईन्छ भन्ने सोचेर भुल गर्छन् । तर मकवानपुरमा गिर्दै गएको मिडियाको ईज्जत र आर्थिक अभावलाई बुझ्दैनन् । -रेडियोमा बोल्ने, पत्रिकामा कलम चलाउने तर फ्यानहरुको जोवन गलाउनेसम्मका पत्रकारहरुको नालीबेली पनि बेलाबेलामा समाचार नै बन्ने...
कसैको प्रेम ईतिहास बन्छ, कसैको बेडरुमसम्म पुगेर अन्त्य
सधैं तिम्रो जिन्दगीको खास बन्न सकुँ सुख–दुःख जे भए नि आस बन्न सकुँ मृत्युपछि के हुन्छ त्यो त मलाई थाहा छैन बाँचुन्जेल तिमी धड्कन, म श्वास बन्न सकुँ । (समर्पण मेरी जीवनसाथी सविलाई) –चन्द्र घलान मकवानपुर, २ जेठ । आज ‘प्रणय दिवस’ अर्थात भ्यालेन्टाईन्स् डे, पादरी भ्यालेन्टाईनले प्रेमको लागि...
नागरिकलाई सामाजिक सुरक्षा दिन अदालतबाट आदेश हुन्छ, लागू हुँदैन
–कालिका खड्का काठमाडौँ, २८ माघ । तराईमा प्रत्येक वर्ष शीतलहरबाट धेरै नागरिकको ज्यान जाने गरेको छ । त्यहाँका नागरिकलाई चिसोबाट बचाउने सरकारको प्रयास प्रभावकारी देखिएको छैन । सर्वोच्च अदालतले तराईका जिल्लाहरुमा प्रत्येक वर्ष शीतलहरको चपेटामा पर्दैआएका नागरिकलाई दाउरा वा पैसा बाँड्नु भन्दा पनि दीर्घकालका लागि नीतिगत संयन्त्र बनाउन सरकारका...
विद्यार्थी आन्दोलनको स्वरूप फेरिनुपर्छ
– सञ्जय कार्की ‘विद्यार्थी’ शब्दको पर्यायार्थ ‘विधा चाहने’ भन्ने बुझिन्छ वा भनौ नियमित रूपमा विद्याध्यनमा लाग्ने व्यक्ति ने विद्यार्थी हुन् । कुनै शिक्षण संस्थामा अध्ययनरत व्यक्ति नै विद्यार्थी हो । विद्यार्थी जीवन मानव जीवनको स्वर्णिम विहानी हो । ‘बिहानीले दिनको सङ्केत गर्छ’ भने झै विद्यार्थी अवस्थामा अनवरत अभ्यासको कसीमा...
मकवानपुर प्रहरीले पक्राउ गरेका दिपेन्द्र अदालत परिसरबाटै फरार
मकवानपुर, २२ माघ । मकवानपुर प्रहरीले पक्राउ गरेका एक व्यक्ति म्याद थपका लागि अदालत लाँदै गर्दा अदाल नजिकैबाट फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी दिलिपराज झाका अनुसार लागुऔषधको आरोपमा पक्राउ परेका दिपेन्द्र शाह अदालत परिसरबाटै फरार भएका हुन् । प्रहरीले लागुऔषधको केसमा सोमबार बिहानै...
पार्टी अनुशासन : एउटा सैद्धान्तिक प्रश्न
पार्टीभित्रका मतभेदहरूलाई वा पार्टीका स्वीकृत लाइनका विरुद्ध भिन्न मतहरूलाई सार्वजनिक रूपमा बाहिर लैजाने कि नलैजाने ? सामान्यतः यो एउटा व्यवहारिक प्रश्न हो । त्यसका साथै यो एउटा गम्भीर सैद्धान्तिक प्रश्न पनि हो । त्यो प्रश्नमा कम्युनिष्ट आन्दोलनमा लामो समयदेखि नै बहस चल्दै आएको छ । माक्र्स–एङ्गेल्सले स्थापना गरेको प्रथम...
विकासको लागि यो मोडेल हुन सक्छ ?
कतिपय कुरामा आलोचना सहनुपर्दा पनि त्यत्ति दुःख लाग्दैन । यस आलेखको सम्बन्धमा पनि मेरो सन्दर्भमा यो लागू हुन्छ किनभने कतिपयलाई यो मन नपर्न सक्छ । यद्यपि यो स्वतन्त्र विचार हो, यसकारण आफ्नो वैचारिक स्वतन्त्रताको उपयोग (कसैलाई दुरुपयोग पनि लाग्न सक्छ) गर्ने दुस्साहस गर्दैछु । “प्रभु साह जे वाचा करइछई,...
अब शहरको फोहोरलाई सिमेन्टको भट्टामा बालौँ !!!
-श्याम कृष्ण कार्की ईञ्जिनियर हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१६ (हटिया–चिसापानी) मुलुकमा शहरीकरण बढेसंगै फोहोर व्यवस्थापनको चुनौती पनि जटिल बन्दै गईरहेको छ । फोहोर व्यवस्थापनकै लागि देशका महानगर तथा नगरहरुले प्रत्येक आर्थिक वर्षहरुमा करोडौ बजेट खर्च गर्ने मात्र नभएर फोहोरको उचित व्यवस्थापनकै लागि खोज, अध्ययन तथा अनुसन्धान कार्यमा पनि रकमहरु खर्चिने...
संसदीय समाचार र पत्रकारको आचरण
-शिव गाउँले संसद् जनतामा निहित सार्वभौमसत्ता प्रयोग गर्ने मुलुकको सर्वोच्च जनप्रतिनिधिसभा हो । लोकतन्त्र वा प्रजातन्त्र जे भने पनि जनताले आफैद्वारा निर्मित ऐन–कानुनबाट शासित हुने प्रणाली अवलम्बन गरेको हुनाले संसद्को महङ्खव हाम्रा लागि झन् धेरै छ । अति सम्मान गरेर होला, कतिपयले यसलाई लोकतन्त्रको मन्दिर पनि भन्छन् । यसका...










