खेलकुद
४ नं प्रदेशस्तरीय ‘मेयर कप फुटबल’ माघमा हुने
बागलुङ, ९ पुस । प्रदेश नं ४ स्तरीय ‘मेयर कप फुटबल प्रतियोगिता–२०७४’ यहाँ आगामी माघमा हुने भएको छ । बागलुङ नगरपालिकाको आयोजनामा हुने प्रतियोगिता माघ १६ देखि २४ गतेसम्म चल्नेछ । स्थानीय बाङ्गेचौर र भकुण्डे खेल मैदानमा प्रतियोगिता सञ्चालन गरिने आयोजकले जनाएको छ । फुटबलको विकासका लागि प्रतियोगिता आयोजना...
चितवनमाथि राइनोजको शानदार जित
काठमाडौँ, ३ पुस । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेको एभरेष्ट प्रिमियर लिग क्रिकेट अन्तर्गत मंगलबार बिहान भएको खेलमा पोखरा राइनोजले चितवनमाथि १० विकेटको शानदार जित हासिल गरेको छ । चितवनले दिएको ११४ रनको लक्ष्य पोखराले १७.४ ओभरमा विना विकेटको क्षतिमा भेट्टाएको हो । पहिले ब्याटिङ गरेको चितवनले राम्रो सुरुवात...
ईपीएल क्रिकेटको पहिलो खेलमा ललितपुर विजयी
काठमाडौँ, ३ पुस । काठमाडौंमा सोमबारदेखि सुरु भएको एभरेष्ट प्रिमियर लिग –इपीएल) क्रिकेटको पहिलो खेलमा ललितपुर प्याट्रिअट्स विजयी भएको छ । कीर्तिपूरस्थित टियू क्रिकेट मैदानमा भएको खेलमा ललितपुरले काठमाडौं किङ्स एलाभेनलाई ७ विकेटले पराजित गरको हो । काठमडौंले दिएको ९० रनको लक्ष्यलाई राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ल समेत सामेल...
नेपालद्वारा म्यानमार ३३७ रनले पराजित
काठमाडौँ, २८ मंसिर । एसिसी यू–१६ (सोह्र वर्षमुनि) इस्टर्न रिजन क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले म्यानमारलाई ३३७ रनले पराजित गरेको छ । थाइल्याण्डमा जारी उक्त प्रतियोगितामा टस जितेर ब्याटिङ गरेको नेपालले ३५.६ ओभरमा विकेट गुमाएर ३५० रन बनायो । जवाफी ब्याटिङमा उत्रेको म्यानमार ११.३ ओभरमा...
आहा रारा फुटबल प्रतियोगिता माघ ९ देखि
पोखरा, १७ मंसिर । रारा गोल्ड कप फुटबल प्रतियोगिता माघ ९ देखि २० गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुने भएकोछ । सहारा क्लबद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मोफसलको बहुप्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा विदेशी ‘ए’ डिभिजनका क्लब, पूर्व–पश्चिम क्षेत्रबाट एक÷एक तथा आयोजक सहारा क्लबसहित १२ टिमको सहभागिता रहने जानकारी...
विश्व क्रिकेट लिगका लागि नेपाली टोलीको घोषणा
काठमाडौँ, ११ मंसिर / रासस : विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत संयुक्त अरब इमिरेट्स ९युएई० विरुद्ध दुई खेलका लाागि पारस खड्काको कप्तानीमा १८ सदस्यीय नेपाली टोली घोषणा गरिएको छ । यही मंसिर २० र २२ गते युएईको अबुधावीस्थित शेख जायेद रंगशालामा हुने खेलका लागि चार वैकल्पिक खेलाडीसहित १८ सदस्ययी टोलीको...
चन्द्रागिरि गोल्डकपको उपाधि हिमालयन शेर्पालाई
काठमाडौँ, ५ मंसिर । चन्द्रागिरि गोल्डकप फुटबल प्रतियोगिताको उपाधि हिमालयन शेर्पा क्लबले हात पारेको छ । ब्राइट युथ क्लबको आयोजनामा चन्द्रागिरि नगरपालिका–१४ स्थित खेलमैदानमा आज भएको फाइनल खेलमा हिमालयन शेर्पाले फ्रेण्डस क्लबलाई ३–१ गोल अन्तरले पाखा लगाउँदै उपाधिमाथि कब्जा जमाएको हो । उपाधिसहित हिमालयन शेर्पाले रु पाँच लाख तथा...
त्रिशूली नदीमा भोलिदेखि १६ औँ जलखेलकुद प्रतियोगिता हुने
काठमाडौँ, ४ मंसिर । नेपाल एशोसिएसन अफ ¥याफ्टिङ एजेन्सिज (नारा)को आयोजनामा त्रिशूली नदीमा तीनदिने हिमालय ह्वाइटहाउस च्यालेन्ज नामक १६ औँ जलखेलकुद प्रतियोगिता हुने भएको छ । गत वर्ष झैँ भोलि मंगलबारदेखि बिहीबारसम्म धादिङदेखि चितवनसम्मको त्रिशूली नदीमा उक्त प्रतियोगिता गर्न लागिएको नाराका कोषाध्यक्ष शिशिर खनालले जानकारी दिनुभयो । प्रतियोगितामा कायक...
जिल्ला लिगमा फेरि भाडभैलो, फाईनल होला त ?
चन्द्र घलान, हेटौँडा, १ मंसीर । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ स्थित हुप्रचौरमा जारी जिल्ला लिगमा फेरि भाडभैलोको अवस्था आएको छ । समग्रमा भन्दा यो वर्ष जिल्ला लिग विवादै विवादमा सकिने देखिएको छ भने प्रतियोगिताको फाईनल खेल नै होला कि नहोला भन्ने अवस्थामा...
सक्षमलाई पराजित गर्दै एफसी ईन्टरनेट फाईनलमा प्रवेश, फाईनल खेलमा नामटार र ईन्टरनेट भिड्ने
हेटौँडा, ३० कात्तिक । गत असोज ४ गते विवादका कारण स्थगित भई सुचारु भएको जिल्ला लिग फुटबल प्रतियोगिता अन्तर्गत आज दोस्रो सेमिफाईनल खेल भएको छ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौँडाको हुप्रचौरमा भएको जिल्ला लिग फुटबल प्रतियोगितामा आज भएको सेमिफाईनल खेलमा सक्षम युवा क्लब नेवारपानीलाई ४–१ गोलले पराजित...







