अर्थ/वाणिज्य

५७ अंकले बढ्यो नेप्से, साढे २ अर्बको कारोबार

काठमाडौं । आज साताको पहिलो दिन शेयर बजारमा हरियाली छाएको छ । शेयर बजारमा एकाएक सुधार देखिएसँगै लगानीकर्ताहरुमा उत्साह थपिएको छ । जसको प्रभाव आजको कारोबार रकममा देखिएको छ । आज नेप्सेमा सूचीकृत २३१ कम्पनीको ६२ लाख २७ हजार ६९२ कित्ता शेयर किबेच हुँदा २ अर्ब ४८ करोड ४...

देशभरका ७५३ मध्ये २५३ स्थानीय तहको मात्रै बजेट सार्वजनिक

काठमाडौं । देशभरका २५३ वटा स्थानीय तहले मात्रै आगामी आर्थिक वर्ष २०७९/८० को लागि बजेट सार्वजनिक गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले असार १४ गते मंगलबारसम्म ७५३ स्थानीय तहमध्ये २५३ वटा स्थानीय तहले मात्रै बजेट ल्याएको जनाएको छ । संविधानतः आगामी आर्थिक वर्षको बजेट चालु आर्थिक...

बागमती प्रदेश : नेकपा एमालेद्वारा बजेट पुस्तिका फिर्ता

मकवानपुर । बागमती प्रदेशको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारलाई बजेट पुस्तिका फिर्ता गरेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि ल्याएको बजेटमाथि असन्तुष्टि व्यक्त गदै एमालेका सांसदहरुले आइतबार प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई बजेट पुस्तिका फिर्ता गरेका हुन् । एमालेका सांसद्हरुले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर...

हेटौंडामा परियोजना बैंक निर्माणको लागि १ करोड ४५ लाख बजेट विनियोजन

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले परियोजना बैंकको लागि बजेट विनियोजन गरेको छ । उपमेयर राजेश बानियाँले आइतबार उपमहानगरपालिकाको तर्फबाट आगामी आर्थिक वर्ष २०७९/०८० को लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै परियोजना बैंक निर्माणको लागि १ करोड ४५ लाख बजेट विनियोजन गरेको जानकारी दिए । उपमेयर बानियाँले उपमहानगरपलिकाले नगरको...

हेटौंडा उपमहानगरपालिका बजेट : तामाङ संग्राहलय स्थापना गर्न ५० लाख

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले तामाङ संग्राहलय स्थापना गर्न ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । उपमेयर राजेश बानियाँले आइतबार आगामी आर्थिक वर्ष २०७९/०८० को नीति, कार्यक्रम एवम् बजेट प्रस्तुत गर्दै सो कुराको जानकारी गराएको हो । जनसांख्यिक बाहुल्यताका आधारमा तामाङ जातिको भेषभूषा, कला, संस्कृतिलगायतका मौलिक पहिचानको संरक्षण तथा...

हेटौंडाका सीमान्तकृत तथा गरिब १५४१ घरपरिवारको स्वास्थ्य बीमाका लागि ५३ लाख बजेट

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले सीमान्तकृत तथा गरिब १ हजार ५४१ घरपरिवारको स्वास्थ्य बीमाका लागि बजेट विनियोजित गरेको छ । उपमेयर राजेश बानियाँले आइतबार आगामी आर्थिक वर्ष २०७९/०८० को नीति, कार्यक्रम एवम् बजेट प्रस्तुत गर्दै उपमहानगरपालिकाभित्र रहेका घरपरिवारको स्वास्थ्य बीमाका लागि ५३ लाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिएका हुन्...

हेटौंडा उपमहानगरपालिका : पिप्ले रंगशालाको पूर्वाधार निर्माणको लागि बजेट विनियोजन

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले पिप्ले रंगशालाको पूर्वाधार निर्माणको लागि २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । उपमेयर राजेश बानियाँले आइतबार उपमहानगरपालिकाको तर्फबाट आगामी आर्थिक वर्ष २०७९/०८० को नीति, कार्यक्रम एवम् बजेट प्रस्तुत गर्दै सो कुराको जानकारी गराएका हुन् । उपमेयर बानियाँले हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ स्थित रहेको...

स्थगित हेटौंडा नगरसभा बैठक आज

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको ११ औं नगरसभा आज हुने भएको छ । असार १० गतेको लागि तोकिएको हेटौंडा नगरसभा नेकपा एमालेले बहिष्कार गरेपछि आजसम्मका लागि स्थगित भएको थियो । हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले नगरसभामा गणपुरक संख्या नपुगेको भन्दै आजसम्मका लागि नगरसभा स्थगित गरेकी थिइन् । हेटौंडा नगरसभा आज...

बागमती प्रदेशसभा बैठक आज बस्दै

मकवानपुर । बागमती प्रदेशसभाको बैठक आज आइतबार बस्दैछ । बैठक दिउँसो २ बजे प्रदेशसभा सचिवालयमा बस्ने गरी बोलाइएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए । आज बस्ने बैठकमा गत असार १ गते प्रदेश सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०७९/०८० को लागि प्रस्तुत भएको बजेटमाथि छलफल हुने सचिव खड्काले...

पेट्रोलियम पदार्थको भाउ घट्यो

काठमाडौ । पेट्रोलियम पदार्थको भाउ घटेको छ । सत्ता गठबन्धनको निर्णयअनुसार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा कटौती गरेको हो । आज शनिबार बसेको निगम सञ्चालक समिति बैठकले मूल्य घटाउने निर्णय गरेको हो । निगमले पेट्रोलमा २० रुपैयाँ र डिजेल, मट्टितेलमा २९ रुपैयाँ मूल्य घटाएको हो । यसअनुसार अब...