अर्थ/वाणिज्य
शेयर बजारमा दोहोरो अंकको गिरावट
काठमाडौं । आज साताको चौथो दिन शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से सूचक १४.४४ अंकले घटेर १९३८ विन्दुमा कायम भएको छ । नेप्सेमा रहेका २५३ कम्पनीको ३७ लाख १६ हजार ६८४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब २० करोड २१ लाख रुपैयाँमाथिको कारोबार भएको छ...
शेयर बजारमा झिनो अंकको सुधार
काठमाडौं । आज साताको तेस्रो दिन शेयर बजारमा झिनो अंकको सुधार आएको छ । शेयर बजार खुलेको केही समयसम्म घटेको नेप्से सूचक मार्केट बन्द हुनेबेलासम्म १.८५ अंकले बढेर १९५३ विन्दुमा पुगेर रोकिएको छ । बैंक तथा वित्तीय संस्थाहरुले चैत महिनाका लागि निक्षेप र कर्जाको ब्याजदर सामान्य घटाएर सार्वजनिक गरेसँगै...
सानिमा मिडिल हाइड्रोको आईपीओ भर्ने आज अन्तिम मिति
काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको आईपीओ भर्ने आज अन्तिम मिति रहेको छ । गत फागुन २६ गते शुक्रबारदेखि निष्काशन खुला गरेको उक्त आइपीओ भर्ने आज अन्तिम मिति रहेको कम्पनी जनाएको छ । कम्पनीका अनुासार, आज (मंगलबार) कार्यालय समयभित्र इच्छुक लगानीकर्ताले आइपीओ भर्न सक्ने छन् । उक्त कम्पनीले...
राष्ट्रपति र उपराष्ट्रपतिले के–के पाउँछन् सेवा सुविधा ?
काठमाडौं । बहालवाला राष्ट्रपति तथा उपराष्ट्रपतिले मासिक पारिश्रमिक, आवास, सुरक्षाकर्मी, इन्धन, सञ्चार, चाडपर्व खर्च, उपचार खर्च, बिमा सुविधा, विज्ञतासम्बन्धी व्यवस्था, निजी सचिवलायलगायत सेवासुविधा पाउने गर्छन् । ती सेवासुविधा उपलब्ध गराउन राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन, २०७४ को व्यवस्था गरिएको छ । उक्त ऐनले मासिक पारिश्रमिकलगायत अन्य सेवासुविधाको...
चालु आवको ७ महिनामा ३२ अर्बमाथिको आर्जन, ६२ अर्ब बाहिरियो
काठमाडौं । चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा सेवातर्फको खर्च बढेको छ । केन्द्रीय बैङ्कका अनुसार, साउनदेखि माघ महिनासम्ममा सेवातर्फ कुल ३२ अर्ब २४ करोड रुपैयाँ आर्जन हुँदै गर्दा उता ६२ अर्ब ५७ करोड रुपैयाँ बराबरको खर्च बाहिरिन पुगेको हो । जसबाट आर्थिक वर्षको ७ महिनामा नै मुलुकलाई ३८...
राष्ट्रपति पदका उम्मेदवार नेम्वाङले बुझाए निर्वाचन खर्च विवरण
काठमाडौं । राष्ट्रपति पदका नेकपा एमाले उम्मेदवार सुवास नेम्वाङले आफ्नो खर्च विवरण बुझाएका छन् । उनले शुक्रबार निर्वाचन आयोगमा राष्ट्रपछि निर्वाचनमा भएको खर्च विवरण बुझाएका हुन् । आयोगमा बुझाएको विवरण अनुसार, नेम्वाङले राष्ट्रपति निर्वाचनमा १६ हजार ५०० रुपैयाँ खर्च गरेका छन् । जसमध्ये प्रचारप्रसार, छापा एवम् विद्युतीय शीर्षकअन्तर्गत मतदाताहरुलाई...
सातामा ३३ अंकले बढ्यो नेप्से परिसूचक
काठमाडौं । लामो समयको अन्तरालपछि यो साता सेयर बजारमा केही सुधार आएको छ । फागुन २१ गते आइतबारदेखि फागुन २५ गते बिहीबारसम्म जम्मा तीन दिन खुलेको बजारमा नेप्से परिसूचक ३३ अंकले बढेको छ । यद्यपि, फागुन २२ गते होली र फागुन २४ गते अन्तर्राष्ट्रिय नारी दिवस परेकाले सार्वजनिक विदा...
बिहीबार ५० अंकले बढ्यो नेप्से परिसूचक
काठमाडौं । आज साता कारोबारको अन्तिम दिन बिहीबार शेयरबजार उच्च अंकले बढेको छ । केही समययता निरन्तर ओरालो लागेको नेप्से सूचक आज ५० अंकले बढेर २००२ को विन्दुमा पुगेर रोकिएको हो । आज नेप्से सूचक ५०.०४ अंक अर्थात २.५६ प्रतिशतले बढ्न पुगेको हो । नेप्सेमा सूचीकृत २६२ कम्पनीको ४५...
८० हजार लिटर डिजेलमा मिसावट पुष्टि
काठमाडौं । भारतको सिलुगडीबाट झापाको चारआली डिजेल ढुवानी गर्ने चार वटा ट्यांकरको डिजेलमा मिसावट पुष्टि भएको छ । नेपाल आयल निगमको केन्द्रीय कार्यालयमा रहेको प्रयोगशालामा परीक्षण गर्दा उक्त डिजेलमा मिसावट पुष्टि भएको निगमले जनाएको छ । डिजेलको गुणस्तर बिगार्ने गरी मिसावट भएको पुष्टि भएको भएपनि कुन पदार्थ मिसवट भएको...
इङवा हाइड्रोपावरको आईपीओ आजदेखि खुला
काठमाडौं । इङवा हाइड्रोपावरको आईपीओ आजदेखि बिक्री खुला भएको छ । कम्पनीले दुई चरण गरेर आईपीओ निष्कासन गरेको हो । पहिलो चरणमा हाइड्रोपावरले स्थानीय बासिन्दाका लागि आफ्नो जारी पुँजीको ६० करोड रुपैयाँको १० प्रतिशत अर्थात् ६ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्न लागेको हो । कम्पनीले १०० रुपैयाँ अंकित...







