अर्थ/वाणिज्य

राजस्व कार्यालय हेटौंडाद्वारा साढे ४ अर्ब माथिको राजस्व सङ्कलन

मकवानपुर । आन्तरिक राजस्व कार्यालय, हेटौंडाले साढे ४ अर्बमाथिको राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष २०८०/०८१ को चार महिना बाँकी हुँदा सो रकम बराबरको राजस्व संकलन गरेको हो । कार्यालयले गत साउनदेखि फागुन मसान्तसम्ममा ४ अर्ब ५ करोड ३८ लाख ६६ हजार रुपैयाँ राजस्व संकलन गरेको...

आइपीओ निष्कासन गर्दै सभापोखरी हाइड्रोपावर

काठमाडौं । सभापोखरी हाइड्रोपावर लिमिटेडले आइपीओ निष्कासन गर्दैछ । कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्तावसहित चैत्र २४ गते वार्षिक साधारण सभा आह्वान गरिएको छ । सभा अरिकल इभेन्ट्स, महाराजगंज, काठमाडौंमा दिउँसो ३ बजे बस्ने गरी आह्वान गरिएको हो । सभामा आइपीओ जारी गर्ने प्रस्तावसहित आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान...

सुनको भाउ घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यसायी महासंघका अनुसार, गत साताको अन्तिम दिन शुक्रबारको तुलनामा आज सुन प्रतितोला ४०० रुपैयाँले घटेको हो । यससँगै, आज छापावाल सुनको प्रतितोला १ लाख २५ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २४ हजार ४०० रुपैयाँमा...

एक अर्ब रुपैयाँ बराबरको प्याज आयात

काठमाडौं । चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा एक अर्ब रुपैयाँ बराबरको प्याज आयात भएको छ । सो अवधिमा ४ करोड ६९ लाख किलो प्याज आयात हुँदा १ अर्ब ९९ करोड ५४ लाख रुपैयाँ निकासी भएको भन्सार विभागले जनाएको छ । प्याजबाट सरकारले ४९ करोड ३९ लाख रुपैयाँ राजस्व...

पेन्सन कोषको पैसा ब्याजमा लगानी गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषको १४ करोड रुपैयाँ ब्याजमा लगानी गर्ने भएको छ । बैंकले इजाजत पत्र प्राप्त क, ख र ग वर्गका बैंकमा एक वर्षका लागि उक्त रकम मुद्दती निक्षेपमा राख्ने भएको हो । कूल निक्षेपमध्ये ११ करोड २० लाख रुपैयाँ वाणिज्य बैंकमा, २...

विद्युत प्राधिकरणलाई १५ अर्ब ३६ करोडको नाफा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणलाई चालु आर्थिक वर्षमा १५ अर्ब ३६ करोडमाथिको नाफा भएको छ । प्राधिकरणलाई चालु आर्थिक वर्ष (आव) २०८०/०८१ को पछिल्लो पहिलो ६ महिनामा १५ अर्ब ३६ करोडमाथिको रुपैयाँको नाफा भएको हो । प्राधिकरणको चालु आवको ६ महिनाको वित्तीय विवरण (अपरिष्कृत) अनुसार, यस अवधिमा विद्युत बिक्री,...

बुधबार झिनो अंकले घट्यो नेप्से, २ अर्बमाथिको कारोबार

काठमाडौं । आज साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजारमा झिनो अंकको गिरावट आएको छ । बुधबार नेप्से सूचक ०.८७ अङ्कले घट्दै २ हजारको अंकमामा अडिएको हो । यस्तै, आज यता कारोबारमा समेत गिरावट आएको छ । आज कारोबार जम्मा २ अर्ब ३ करोड ८१ लाखमा सीमित हुन...

७ महिनामा १२ अर्ब ५८ करोडको सुन भित्रियो

काठमाडौं । नेपालमा चालु आर्थिक वर्षको पछिल्लो ७ महिनामा १२ अर्ब ५८ करोड ६५ लाख रुपैयाँ बराबरको सुन भित्रिएको छ । भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षको तुलनामा चालु आवको साउन महिनादेखि माघ महिनासम्म सो रकम बराबरको सुन आयात भएको हो । गत वर्षको सोही अवधिमा १२ अर्ब ५७...

मंगलबार ९.३४ अकंले बढ्यो नेप्से

काठमाडौं । आज साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार सेयर बजारमा सुधार आएको छ । सोमबार दोहोरो अकंले बढेको नेप्से आज पनि सुधारमा आएको हो । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.३४ अकंले बढेर २००१.६४ बिन्दुमा पुगेर रोकिएको छ । आज ३०८ कम्पनीको ५२ लाख ३९ हजार ४१६ कित्ता...

नेपालबाट ८ अर्बको चिया र कफी निर्यात

काठमाडौं । चालु आर्थिक वर्षको पछिल्लो ७ महिनाको अवधिमा नेपालबाट ८ अर्ब रुपैयाँ बराबरको चिया र कफी निर्यात भएको छ । भन्सार विभागका अनुसार, चालु आर्थिक वर्ष २०८०÷०८१ को गत साउन महिनादेखि माघ महिनासम्ममा ८ अर्ब ७ करोड ८९ लाख रुपैयाँको चिया र कफी निर्यात गरेको हो । नेपालमा...