अर्थ/वाणिज्य

थाहा नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत पुरी विरुद्ध अख्तियारद्वारा मुद्धा

मकवानपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थाहा नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीसहित पाँचजना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । तत्कालिन प्रमुख प्रशासकीय अधिकृत पुरीसमेत तत्कालीन लेखा अधिकृत हरि बहादुर खपाङ्गी मगर, ईन्जिनियर सन्तोष बोहरा र सहायक पाँचौ सुदर्शन पहेली, प्रदेश स्वास्थ्य व्यवस्थापन आपूर्ति केन्द्रका...

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज असार २३ गतेका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरीदमूल्य १३६.३४ रुपैयाँ र बिक्रीमूल्य १३६.९४ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरीदमूल्य ८९.३४ रुपैयाँ र बिक्रीमूल्य ८९.७४ रुपैयाँ र जापानिज यन १० को खरीदमूल्य ९.४३ रुपैयाँ र बिक्रीमूल्य ९.४७ रुपैयाँ...

निगमद्वारा पेट्रोलियम पदार्थमा मूल्यवृद्धि

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा उच्च मूल्यवृद्धि गरेको छ । नेपाल आयल निगमद्वारा जारी गरिएको विज्ञप्ती अनुसार, पेट्रोलियम पदार्थमा भारी मुल्य वृद्धि भएको हो । मंगलबारबाट लागू हुने गरी पेट्रोलमा ५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा ४ रुपैयाँ मूल्य बढाइएको निगमले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।...

ऊर्जा अक्सिजन सरह आवश्यक: मन्त्री खड्का

काठमाडौँ । नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री माननीय दीपक खड्का शाङ्हाइ सहयोग संगठन अन्तर्गत आयोजित पाँचौँ ऊर्जा मन्त्रीस्तरीय बैठकको ‘प्यारालेल फोरम थ्री- पोलिसी इनोभेश फर  हाई-क्वालिटी इनर्जी डेभलपमेन्ट’ मा सहभागी भएका छन्। यस बैठकमा मन्त्री खड्काले नेपालको ऊर्जा रणनीतिका बारेमा महत्वपूर्ण धारणा प्रस्तुत गर्दै ऊर्जा सुरक्षालाई आधुनिक जीवनका लागि...

हेटौँडा उपमहानगरपालिकाले ल्यायो २ अर्ब ९० करोड रुपैयाँको बजेट

हेटौंडा । हेटौँडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२र०८३ का लागि २ अर्ब ९० करोड ३ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । हेटौँडा उपमहानगरपालिकाको मंगलबार बसेको नगरसभा बैठकमा उपमेयर राजेश बानियाँले चालु आर्थिक वर्षको बजेटमा १९ प्रतिशत वृद्धि गरिएको बजेट प्रस्तुत गरेका हुन् । भवन निर्माण इजाजत प्रकृया छिटो...

कैलाशले ल्यायो नीति तथा कार्यक्रम, आगामी आर्थिक वर्षको बजेट ५३ करोड ८६ लाख

मकवानपुर । कैलाश गाउँपालिकाले आगामी आर्थिक वर्षको निम्ति नीति तथा कार्यक्रमसहित ५३ करोड ८६ लाखको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानको सभाध्यक्षतामा मंगलबार भएको गाउँसभामा उपाध्यक्ष बालकुमार मल्लले गाउँपालिकाको मुख्य नारालाई आत्मसात् गर्दै नीति तथा कार्यक्रम ल्याइएको घोषणा गरे । आज प्रस्तुत गरिएको नीति तथा कार्यक्रम...

बागमती गाउँपालिकाद्वारा ८३ करोडबढीको बजेट सार्वजनिक

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि करीव ८३ करोड ७२ लाख ६८ हजार ७४ रुपैयाँको बजेट ल्याएको छ । शनिबार दोस्रो गाउँसभाको सातौँ अधिवेशनमा पालिका अध्यक्ष सर्केस घलानले नीति तथा कार्यक्रम र उपाध्यक्ष फडिन्द्रकुमार तिमल्सिनाले आगामी बर्षको बजेट प्रस्तुत गरेका छन् । चालु आर्थिक वर्षको निम्ति...

मध्यपूर्वका लाखौं नेपालीको ज्यान जोखिममा

काठमाडौँ । इरान–इजरायल युद्ध चुलिंदै गएपछि त्यसको प्रत्यक्ष असर मध्यपूर्वमा रोजगारीका लागि गएका लाखौं नेपाली कामदारमाथि देखिन थालेको छ। इरान र इजरायलबीच चलेको हालसम्मकै ठूलो सैन्य झडपमा अमेरिकासमेत खुलेर सहभागी भएसँगै यो क्षेत्र पुनः भीषण द्वन्द्वको केन्द्र बन्न थालेको हो । इरानले इजरायलका महत्वपूर्ण सैन्य तथा रणनीतिक केन्द्रहरूमा हमला...

जनमत पार्टीकी सांसद सुमनविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । लुम्बिनी प्रदेशकी सांसद सुमन शर्मा रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उनी जनमतकी समानुपातिक सांसद हुन् । उनीविरुद्ध पर्सा जिल्ला अदालतले बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार देखिएको भन्दै जेठ १६ गते प्रहरीको आग्रहअनुसार पक्राउ पुर्जी जारी भएको थियो । अदालतको आदेशअनुसार सुमनको घरठेगानामा गई खानतलासी गरी पक्राउ...

कोषका सदस्यसचिव सहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलन कुमार थापासहित १४ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले उनीहरु विरुद्ध विशेष अदालतमा आइतबार मुद्धा दर्ता गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । पशुपतिमा विद्युतीय शवदाह गृहमा जडान गर्ने मेसिन खरिदमा...