अर्थ/वाणिज्य

स्थानीय तहमा बैंक नहुँदा कारोबार गर्न समस्या

तेह्रथुम, ६ फागुन । स्थानीय तहमा वाणिज्य बैंकका शाखा नहुँदा सरकारी कारोबार गर्न समस्या हुने गरेको छ । तेह्रथुम रहेको छ वटा स्थानीय तहमध्ये फेदाप र मेन्छ्यायेम गाउँपालिकामा कुनै पनि बैंकका शाखा खुलेका छैनन् । लालीगुराँस नगरपालिकामा माउण्ट मकालु डेभलेपमेन्ट बैंक खुलेको भए पनि सरकारी कारोबार गर्न स्वीकृति छैन...

चालु आवको ६ महिनामा पाँच खर्बको व्यापार घाटा

काठमाडौं, ५ फागुन । चालु आर्थिक वर्षको ६ महिनामा व्यापार घाटा १४.८ प्रतिशतले बढेर रु चार खर्ब ९३ अर्ब ४२ करोड पुगेको छ । आव २०७३/७४ मा सोही अवधिमा व्यापार घाटा रु चार खर्ब २९ अर्ब ८७ करोड रहेको थियो । गत आवको तुलनामा चालु आवमा व्यापार घाटा रु...

टिकेन पाँच वर्ष पनि सिँचाइ योजना

जाजरकोट, ३ फागुन । करिब रु २३ लाख खर्चेर निर्माण गरिएको सिँचाइ योजना पाँच वर्ष नबित्दै प्रयोगविहीन भएको छ । नलगाड नगरपालिका–८ हल्चौरमा रहेको सिँचाइ योजना प्रयोगविहीन अवस्थामा छ । स्थानीय मुलाखोला मुहानबाट पानी ल्याई हल्चौर गाउँका ३०० भन्दा बढी घरधुरीलाई सिँचाइ सुविधा उपलब्ध गराउन सिँचाइ योजना निर्माण गरिएको...

जलविद्युत् उत्पादनका लागि चिनियाँ कम्पनीलाई स्वीकृति

काठमाडौँ, ३ फागुन । उद्योग मन्त्रालयले रसुवा जिल्लाको त्रिशूली नदीमा रु २० अर्ब ३८ करोडको लागतमा १०२ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गर्न चिनियाँ कम्पनीलाई स्वीकृति दिएको छ । औद्योगिक व्यवसाय ऐन, २०७३ को दफा १८ बमोजिम मन्त्रालयमा सोमबार बसेको उद्योग तथा लगानी प्रवद्र्धन बोर्डको २२४ औँ बैठकले चीनको हाइड्रो...

पेशाबाट भयो सिंगो समुदाय नै विस्थापित

पाल्पा, २ फागुन । रिब्दीकोट गाउँपालिकास्थित कुसुमखोलाका दलित समुदाय बाँसका सामग्री बनाउने पेशाबाट विस्थापित भएका छन् । घरमा उत्पादन गरेका बाँसका सामग्री घरबाट बिक्री नभएपछि गाउँगाउँमा लैजानुपर्ने बाध्यता नहटेपछि अहिले बाँसका सामग्री बनाउने पेशाबाट विस्थापित हुन पुगेका हुन् । बजारको उचित व्यवस्था नहुँदा नयाँ पुस्ता यस पेशामा आकर्षित हुन...

एशियाली विकास बैँकले दियो रु १० अर्ब ऋण सहयोग

काठमाडौँ, २९ माघ । एशियाली विकास बैंकले नेपाल सरकारलाई ग्रामीण सम्पर्क सुधार परियोजना कार्यान्वयन गर्न रु १० अर्ब ऋण सहयोग प्रदान गर्ने भएको छ । उक्त बैंकले स्थानीय पूर्वाधार विकास तथा कृषि सडकको पुनःसंरचनाका निम्ति रु १० करोड बराबरको प्राविधिक सहायता पनि उपलब्ध गराउने भएको छ । आज अर्थमन्त्रालयमा...

उद्योग वाणिज्य संघको ३ वर्षे योजना : औद्योगिक महोत्सव, ग्रामीण पर्यटन प्रवद्र्धनदेखि वैदेशिक अध्ययन अवलोकन भ्रमणसम्म

मकवानपुर, २१ मघ । मकवानपुर उद्योग वाणिज्य संघको त्रिबर्षीय विस्तृत योजना सहितको २ दिने गोष्ठी सम्पन्न भएको छ । गोष्ठीले आधुनिक अतिथि गृह निर्माण, सचिवालयको आधुनिकीकरण, क्षेत्र विस्तार, औद्योगिक महोत्सव, ग्रामीण पर्यटन प्रवद्र्धन, उद्यमशीलता विकास, समयसापेक्ष तालिम गोष्ठी, आन्तरिक एवम् वैदेशिक अध्ययन अवलोकन भ्रमण, सहकारी स्थापनालगायतको कार्यक्रमसहित तीन बर्षीय...

नेपालको आर्थिक विकासमा भारतले सघाउने

काठमाडौँ, २१ माघ । भारतले नेपालको दु्रत आर्थिक उन्नयन र समग्र विकासका लागि नेपाल सरकारले निर्धारण गरेका प्राथमिकतानुरुप पारस्परिक लाभका क्षेत्रमा सहकार्य गर्ने बताएको छ । भारतका वैदेशिक मामिलामन्त्री सुष्मा स्वराजले प्रजातान्त्रिक रुपमा निर्वाचित नेपालको राजनीतिक नेतृत्व वर्गलाई आफ्नो हालैको नेपाल भ्रमणपछि त्यस्तो सहकार्यको सन्देश दिनुभएको हो । भारतले...

कलह अन्त्य गर्दै लघुवित्त

बनेपा, २१ माघ । कमजोर आर्थिक अवस्थाले कलह ल्याउदो रहेछ तर सम्पन्न भएपछि सबै कलह अन्त्य हुँदै जादोरहेछ भन्ने अनुभूति एक लघुवित्त संस्थामा आबद्ध सस्यहरूले गर्न थालेका छन् । बनेपास्थित छिमेक लघुवित्त संस्थाको १३ औँं इकाइ भेलामा सफलताको कथा सुनाउदै काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका– १० दाप्चाकी कल्पना देवकोटाले भन्नुभयो– “मेरो...

बैंकिंग क्षेत्रको विकासमा जोड

काठमाडौँ, २१ माघ । देशमा राजनीतिक स्थिरतासँगै आर्थिक समृद्धिको कुरा उठिरहेको बेला बैंकिंग तथा वित्तीय क्षेत्रको विकासका लागि सरकारले सहयोग गर्नुपर्नेमा व्यवसायीहरुले जोडदिएका छन् । उनीहरुको बैंकिंग एक्सपोबाट आर्थिक क्षेत्रमा काम गर्ने तथा अभिरुचि राख्ने जिज्ञासुलाई केही सन्देश दिइने भए पनि संगठित रुपमा देशको आर्थिक विकास गर्न सरकार तथा...