अर्थ/वाणिज्य
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
काठमाडौँ । नेपाल आयल निगमले आज पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर दुईदुई रुपैयाँ मूल्य वृद्धि गरेको छ । बुधबार बसेको सञ्चालक समितिको बैठकले मूल्य बढाउने निर्णय गरेको हो । राति १२ बजेदेखि लागू हुने गरी मूल्य बढाइएको हो ।
२ करोड ६० लाख नक्कली नोटसहित ६ जना पक्राउ
काठमाडौँ । नेपाल प्रहरीले तीन दिनभित्र २ करोड ६० लाख नक्कली नेपाली रुपैयाँसहित ६ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई आज बुधबार पत्रकार सम्मेलनको आयोजना गरी प्रहरीले सार्वजनिक गरेको छ । महानगरीय प्रहरी प्रभागले ले गएको तीन दिनमा ६ जनालाई पक्राउ गरेको हो । प्रहरीले यो घटनामा थप अनुसन्धान...
मूख्यमन्त्री, मन्त्री तथा साँसदले तलब दिन विधयक पास हुन नपर्ने
मकवानपुर । प्रदेश तीनका मुख्यमन्त्री, मन्त्रीहरु र प्रदेशसभा सदस्यहरुले तलव तथा अन्य सेवा सुविधा लिन प्रदेशसभाबाट विधेयक पारित हुने समयसम्म कुर्नु नपर्ने भएको छ । आज बिहान बसेको मन्त्रीपरिषद बैठकले प्रदेशसभामा छलफलको क्रममा रहेको सेवा सुविधा सम्बन्धि विधेयक पास नभएसम्मको लागि तलव सेवा सुविधा लिन सक्ने निर्णय गरेको हो...
हेटौँडामा पहिलो पटक ३ महिने प्रोफेशनल एकाउन्टिङ तालिम सुरु
हेटौँडा, ३१ बैशाख । मकवानपुरको हेटौँडामा पहिलो पटक प्रोफेशनल एकाउन्टिङ तालिम सुरु भएको छ । कलेज अफ इन्फरमेशन टेक्नोलोजी (सिआईटी) र नेम इन्स्टिच्युटको आयोजनमा सोमबारदेखि तीन महिने तालिम सुरु भएको हो । दक्ष र कुशल एकाउन्टेन्ट उत्पादन गर्ने उदेश्यले सुरु भएको तालिममा ३० जना प्रशिक्षार्थी सहभागि रहेको सिआईटीका प्रबन्ध...
आज एकैपटक ४० आरोही सगरमाथाको शिखरमा
–रमेश लम्साल/सिबी अधिकारी काठमाडौँ । आज एकैपटक ४० आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । यस वर्षको आरोहण शुरु भएको आज दोस्रो दिन एकैपटक ४० आरोही विश्वकै सर्वोच्च शिखरमा पुगेका हुन् । सगरमाथा आधार शिविरमा रहनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार स्वदेशी तथा...
मालपोत र नापीको अनियमितता तत्काल रोकिनुपर्छः कृषिमन्त्री खनाल
काठमाडौँ । कृषि भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले आम नेपाली नागरिकलाई प्रत्यक्ष राहत अनभूत हुने गरी सेवा प्रवाहको व्यवस्था मिलाउन मातहतका निकायलाई निर्देशन दिएका छन् । मन्त्री खनालले आज १९ बुँदे निर्देशन दिँदै नयाँ सरकारको मर्म र भावनालाई ख्याल गर्दै सेवाग्राहीको समस्या समाधान गर्न तथा ‘समृद्ध नेपाल र...
करछली गर्दै आएको एलसेलमाथि पुनः आक्रमण, बाँकेमा २ वटा टावरमा आगजनी !
कृष्ण ओली, नेपालगन्ज । करछली गर्दै आएको एलसेलमाथि पुनः आक्रमण भएको छ । अज्ञात समुहले बाँकेका विभिन्न २ स्थानमा रहेका टावरमा आगजनी गरेको छ । खजुरा गाउँपालिका ८ रनियापुर र बैजनाथ गाउँपालिका ६ जि गाउँमा रहेको एलसेलको टावरमा अज्ञात समुहले शनिबार राती आगजनी गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख...
प्राइम लाइफ इन्स्योरेन्सका अध्यक्षसहित ९ जनाविरुद्ध ठगी मुद्दा दायर
काठमाडौं, ३० वैशाख / नक्कली वैदेशिक रोजगार (म्यादी) जीवन बिमा जारी गरेको आरोपमा प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्षसहित ९ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । कम्पनीको मिलेमतोमा नक्कली बिमा योजना जारी गरी ठगी भएको भन्दै महानगरीय प्रहरी वृत्त कालिमाटीको प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दर्ता...
नारायणी संघद्वारा आफ्ना सदस्यहरुसँग छलफल
मकवानपुर । पछिल्लो समय सरकारी दबाब झेलिरहेका यातायात व्यवसायीहरुले यथार्थ जानकारी गराउन भन्दै शनिबार आफ्ना सदस्यहरुसँग छलफल गरेका छन् । संघका अध्यक्ष हिरालाल श्रेष्ठ, निवर्तमान अध्यक्ष बद्री चौलागाई, महासचिव सरोजकुमार खनाललगायतका कार्यसमितिले व्यवसायीसँग छलफल गरेको हो । वर्तमान अवस्थामा असहज परिस्थिति देखिएको भन्दै यसबाट नआत्तिन व्यवसायीलाई अध्यक्ष श्रेष्ठले अनुरोधसमेत...
कर्मचारीले चार महिनादेखि तलब पाउन सकेनन्
काठमाडौँ – नेपाल स्वास्थ्यकर्मी युनियनले देशभरका करीब ३० हजार कर्मचारीलाई चार महिनादेखिको तलब भत्ता उपलब्ध गराउन माग गरेको छ । गत माघ महिनादेखि ती स्वास्थ्यकर्मीले तलब खान नपाएपछि युनियनले सो विषयमा माग गरेको हो । युनियनका अध्यक्ष उज्ज्वलकुमार शर्माले कर्मचारीले विगत चार महिनादेखि तलब पाउन नसकेकोमा चिन्ता व्यक्त गर्दै...










