अर्थ/वाणिज्य

स्वास्थ्य बीमा नविकरण थप सहज बन्दै, नयाँ कार्यविधि लागू

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बीमालेख नवीकरणलाई थप व्यवस्थित बनाउन नयाँ कार्यविधि लागू गरेको छ । ‘स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध नागरिकको बीमालेख नवीकरण गर्ने सम्बन्धी कार्यविधि, २०८२’ अनुसार अबदेखि नियमित रूपमा बीमा नवीकरण गर्ने सदस्यले छुट पाउनेछन् भने ढिलाइ गर्नेले जरिवाना तिर्नुपर्ने कार्यविधिमा उल्लेख छ । बोर्डले लागू गरेको...

लगानीकर्ता दीपेन्द्र अग्रवाल पक्राउ

काठमाडौं ।  शेयर बजारका सक्रिय लगानीकर्ता दीपेन्द्र अग्रवाल पक्राउ परेका छन् । पीडितले प्रहरीको टोल फ्री नम्बर १०० मा फोन गरेपछि उनलाई काठमाडौंको टोखाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, उनीमाथि पीडितले २२ करोड रुपैयाँ ठगी गरेको आरोप लगाएका छन् ।

नेप्से सूचक सामान्य बढ्यो, ११ महिनाको उच्च कारोबार

साताको पहिलो दिन आइतबार शेयर बजारमा सामान्य सुधार देखिएको छ। कारोबार अवधिभर उथलपुथल भए पनि नेप्से परिसूचक अन्ततः ०.३२ अंकले वृद्धि भई २,८७०.९५ विन्दुमा बन्द भयो। कारोबारको क्रममा दिउँसो १:०६ बजे सूचक २,९२२.३८ विन्दुसम्म उक्लिएको थियो। आजको मुख्य आकर्षण भने कारोबार रकममा देखिएको छ। ३१६ वटा कम्पनीका ५ करोड...

बैंकको अनियमितता प्रकरणमा राष्ट्र बैंकका पूर्वकर्मचारी प्रकाउ

काठमाडौं । कर्णाली विकास बैंकको ४ अर्ब ९० करोड रुपैयाँ अनियमितता भएको प्रकरणमा राष्ट्र बैंकका पूर्वकर्मचारी प्रकाउ परेका छन् । पक्राउ पर्नेमा नेपाल राष्ट्र बैंकका पूर्वकर्मचारी सुनसरी स्थायी घर भएका ६१ वर्षीय भुवन बस्नेत छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले काठमाडौंको टोखाबाट पक्राउ गरेको प्रहरी उच्च...

सहकारी संस्थालाई विवरण बुझाउन सम्पत्ति शुद्धीकरण विभागको निर्देशन

काठमाडौं । विश्वभर आर्थिक अपराधको स्वरूप र परिमाण दिनप्रतिदिन जटिल बन्दै गइरहेको सन्दर्भमा नेपालले समेत त्यसविरुद्धका प्रयासलाई तीव्र बनाएको छ। एफएटीएफ तथा एपीजीको पछिल्लो मूल्यांकनमा नेपालले कानुनी कार्यान्वयनका क्षेत्रमा सुधार गर्नुपर्ने देखिएपछि ‘निगरानी सूची’ अर्थात् ग्रे लिस्टमा राखिएको हो। ग्रे लिस्टबाट नेपाललाई छिटो बाहिर ल्याउनका लागि सरकारले आर्थिक वर्ष...

डलरको भाउ बढ्यो, अरु मुद्राको कति?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको भाउ २१ पैसाले बढेर खरीददर १३१.२१ रुपैयाँ र बिक्रीदर १३७.८१ रुपैयाँ कायम भएको छ। यता एक अष्ट्रेलियन डलरको खरीदमूल्य ८९.४५ रुपैयाँ र बिक्रीमूल्य ८९.८४ रुपैयाँ, १० जापानिज येनको खरीदमूल्य ९.२२ रुपैयाँ र बिक्रीमूल्य ९.२६ रुपैयाँ र एक कतारी रियालको...

यस्तो छ आज डलर, रिंगिट, दिनार लगायत मुद्राको सटहीदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको सटहीदर अनुसार एक अमेरिकी डलरको खरीददर १३७.२८ रुपैयाँ र बिक्रीदर १३७.८८ रुपैयाँ रहेको छ। यता अष्ट्रेलियन डलर एकको खरीददर ९०.१९ रुपैयाँ र बिक्रीदर ९०.५९ रुपैयाँ, मलेसियन रिंगिट एकको खरीददर ३२.२८ रुपैयाँ र बिक्रीदर ३२.४२ रुपैयाँ र कुवेती दिनार एकको खरीददर ४४९.४५...

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा १५ लाख भ्रष्टाचार

काठमाडौं । धनुषाको सबैला नगरपालिकामा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा झण्डै १५ लाख रुपैयाँ भ्रष्टाचार भएको खुलेको छ। नगरपालिकाले सञ्चालन गरेको उक्त परियोजना अन्तर्गतको कृषि प्रवर्धन कार्यक्रमका लागि विनियोजित रकम वडाध्यक्षकै मिलेमतोमा भ्रष्टाचार भएको खुलेको हो। नगरपालिकाले आर्थिक वर्ष ०७७/७८ मा उक्त परियोजना अन्तर्गत किसानलाई धानको बीउ र बाख्रा...

सहसचिव सेवन्तकलाई प्राधिकरणको अध्यक्षको जिम्मेवारी

काठमाडौं । नेपाल सरकारले अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेललाई नेपाल बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी दिएको छ। अध्यक्ष शरद ओझाको अनुभवसम्बन्धी योग्यतामा विवाद भएपछि मन्त्रिपरिषद्ले छानबिन समिति बनाएको थियो । सो छानबिन समिति बनेसँगै ओझा स्वतः निलम्बनमा परेका छन् । ओझा निलम्बन भएपछि उनको ठाउँमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव...

हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाए, कुनले कति ?

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार दोहोरो अंकले घटेको छ । बजार घटेतापनि माइखोला हाइड्रोपावरको शेयरमूल्य ५.९० प्रतिशतले सर्वाधिक बृद्धि भएको छ । त्यस्तै, हिमालयन हाइड्रोपावरको ४.४८ प्रतिशत, जोशी हाइड्रोपावरको ४.४३ प्रतिशत, सिनर्जी पावरको ४.१२ प्रतिशत, पञ्चकन्या माई हाइड्रोपावरको ४.०४ प्रतिशतले मूल्य बढेको छ ।