अर्थ/वाणिज्य
हेटौंडा सिमेन्टलाई किन दिने ३ अर्ब ?
काठमाडौं, १८ फागुन । हेटौंडा सिमेन्ट उद्योगले हालै तयार गरेको प्रतिवेदन अनुसार उद्योगलाई टिकाउन झन्डै तीन अर्ब रुपैयाँ थप लगानी गर्नुपर्ने देखिएको छ। उद्योग मन्त्रालयको निर्देशनमा उसले तयार गरेको प्रतिवेदनअनुसार सिमेन्ट प्रतिस्पर्धी कम्पनीहरूको तुलनामा उसको उत्पादन धेरै महँगो भएकाले बिक्री हुन सकेको छैन। पटकपटक मूल्य घटाउँदा पनि बिक्री नभएकाले...
हेटौंडा–काठमाडौं सुरुङमार्गमा जनताको लगानी जोखिममा, के गर्दैछ पूर्वाधार कम्पनी ?
हेटौंडा, १८ फागुन । काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङमार्ग बन्ने खबर सुनेपछि मकवानपुरका जनताले समृद्धिको सपना देखेर शेयर लगानी गरे । सुरुङमार्ग निर्माता नेपाल पूर्वाधार विकास कम्पनीले सुरुङमार्ग निर्माण हुने विश्वस्त दिलाएर मकवानपुरबाट ३ करोड भन्दा बढी शेयर लगानी बापत रकम संकलन गर्यो । सुरुङमार्ग करिडरमा पर्ने मकवानपुर, ललितपुरको खोकना र काठमाडौंको...
‘हेटौंडा–काठमाडौं सुरुमार्गको नाममा जनतासँग उठाएको पैसा सार्वजनिक गर्नुपर्छ’
हेटौंडा, १६ फागुन । भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले हेटौंडा–कुलेखानी–काठमाडौं सुरुङमार्ग निर्माण गर्ने नाममा मकवानपुरका जनतासँग शेयर उठाएको पैसा सार्वजनिक गर्नुपर्ने बताउनु भएको छ । सुरुङमार्ग निर्माणको जिम्मेवारी लिएको २०६८ भदौमा स्थापित नेपाल पूर्वाधार विकास कम्पनीले मकवानपुरका जनतासँग उठाएको करोडौं पैसा सार्वजनिक गर्न अनुरोध गर्नु भएको छ । ‘कम्पनीका...
मनहरीमा काष्ठ उद्योग एक वर्षदेखि अलपत्र, अध्यक्ष उप्रेतीको सिंहदरबारमा दौडधुप
हेटौंडा, १६ फागुन । मकवानपुरको पश्चिमी क्षेत्र मनहरी गाउँपालिकामा निर्माण भएको मनहरी काष्ठ तथा फर्निचर उद्योग एकवर्षदेखि अलपत्र परेको छ । उद्योग विभागले वन पैदावारमा आधारित काष्ठ उद्योग वन क्षेत्रबाट एक किलोमिटर दूरीमा राख्न पाइने व्यवस्था गरेपछि निर्माण सम्पन्न भएर सञ्चालनको प्रक्रियामा रहेको उक्त उद्योग अलपत्र भएको हो ।...
मकवानपुरमा १ हजार २ सय कक्षाकोठाको निर्माण सकियो
हेटौंडा, १६ फागुन । २०७२ को विनाशकारी भूकम्पले क्षति पुर्याएको मकवानपुरका २ सय ५२ विद्यालयका १ हजार २ सय कक्षाकोठाको निर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण आयोजना कार्यान्वयन एकाइ (शिक्षा) मकवानपुरले दिएको जानकारी अनुसार भूकम्पले क्षति पुर्याएका १ हजार ५ सय कक्षाकोठामध्ये सो संख्याका कक्षाकोठाको निर्माण सम्पन्न...
गरिबी घटाउँछौं भन्ने लघुवित्त कम्पनी गरिबमाथि शोषण गरी अकुत नाफा कमाउँदै
काठमाडौं, १६ फागुन । गरिबी निवारण गर्ने उद्देश्यले खुलेका लघुवित्त कम्पनीहरूले गरिबलाई शोषण गरी अकुत नाफा कमाउने गरेका छन् । गत आर्थिक वर्ष ०७५–७६ मा सेयर बजारमा सूचीकृत ४९ वटा लघुवित्त संस्थाले नाफा औसतमा आठ गुणा ९सात सय प्रतिशत०ले बढाएका छन् । यति धेरै नाफा वृद्धि अन्य कुनै पनि व्यापारिक क्षेत्रमा...
पेट्रोल र डिजेलमा ५ रुपैयाँ बढ्नको कारण यस्तो रहेछ
काठमाडौं, १५ फागुन । सरकारले पूर्वाधार विकास करको दर परिमार्जन गर्ने निर्णयसँगै डिजेल र पेट्रोलमा ५ रुपैयाँ बढाएको हो । सरकारका प्रवक्ता अर्थ, सूचना तथा संचार प्रविधिमन्त्री युवराज खतिवडाले मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै डिजेल र पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ बढाएको बताउनु भयो । फागुन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले...
भीमफेदी–कुलेखानी सुरुङमार्गको ‘वैशाखभित्रै टेण्डर’
हेटौंडा, १३ फागुन । बागमती प्रदेश सरकारको गौरव योजना पोष्टबहादुर ‘बोगटी भीमफेदी–कुलेखानी सुरुङमार्ग’ निर्माणलाई प्रदेश सरकारले प्राथमिकता दिएर काम गरिरहेको छ । भिमफेदी–कुलेखानी सुरुङमार्ग निर्माण गर्न बागमती प्रदेश सरकारले अन्तिम तयारी गरिरहेको छ । बागमती प्रदेश सरकार गठन भएको दुईवर्षसम्म पनि सुरुङमार्गमा बजेट बिनियोजित गरेरमात्रै बसेको सरकारले अब भने...
हेटौंडाको नयाँ औद्योगिक क्षेत्र निर्माण अलपत्र
हेटौंडा, १० फागुन । हेटौंडा–१३ मयुरधापमा नयाँ औद्योगिक क्षेत्र निर्माण अलपत्र परेको छ । मयुरधाप औद्योगिक क्षेत्रको प्रारम्भिक वातावरणीय परीक्षण (आइइ) प्रतिवेदन वन तथा वातारण मन्त्रालयले स्वीकृत नगर्दा औद्योगिक क्षेत्र स्थापनाको काम रोकिएको छ । निर्मार्णधिन औद्योगिक क्षेत्रपर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र पर्ने भन्दै वन मन्त्रालयले प्रारम्भिक वातावरणीय परीक्षण...
आशयको सूचना बिनै हेटौंडा उपमहानगरद्वारा ठेक्का रद्द, ५० लाख जफत गर्ने निर्णय
हेटौंडा, ७ फागुन । ठेक्का सम्झौता गर्ने आशयको सूचना ननिकाली हेटौंडा उपमहानगरपालिकाले ढुंगा गिट्टी बालुवाको नदिजन्य उत्खनन् करको ठेक्का रद्द गरेको छ । मंगलबार बसेको हेटौंडा उपमहानगरपालिका (हेउमपना) कार्यपालिका बैठकले नगरको ढुंगा गिट्टी बालुवाको नदीजन्य उत्खनन् करको ठेक्का रद्द गरेको हो । हेउमपनाले २२ मंसिर २०७६ मा ढुंगा गिट्टी...










