अर्थ/वाणिज्य

सत्तापक्षले चिटिङ गर्यो, लाजमर्दो काम भयो : प्रदेशसभा सदस्य पौडेल

मकवानपुर । प्रदेशसभा सदस्य रमेश पौडेलले बिनियोजित बजेट टेबुल गरिसकेपछि पनि त्यसको प्रति प्रदेश सदस्यहरुको हातमा नपरेकोमा आपत्ति जनाएका छन् । तु खबर डटकमसँग कुरा गर्दै प्रदेशसभा सदस्य पौडेलले सत्तापक्षले चिटिङ गरेको आरोपसमेत लगाए । बिनियोजित बजेट टेबुल भएपछि सभामुख सानुकुमार श्रेष्ठ कहाँ गएर यसबारे जिज्ञासा पनि राखिएको र...

मन्त्री ढुंगेलका कारण प्रदेशसभामा बबाल

मकवानपुर । बागमती प्रदेशसभामा आज आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले बिनियोजित बजेट टेबुल गरेका छन् । बिनियोजित बजेट टेबुल गर्नुअघि नै रातो किताब सबै प्रदेश सदस्यको हातहातमा पुग्नुपर्नेमा अर्थ मन्त्रालयको लापरवाहीले बिनियोजित बजेटको रातो किताब प्रदेश सदस्यहरुले पाउन सकेनन् । जसका कारण प्रदेश सदस्यहरुले व्यापक विरोध गरेपछि...

बजेटमा विवाद, सत्तापक्षकै सांसदको अवरोध, संसद अनिश्चित

मकवानपुर । बागमती प्रदेश, प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बजेटको विषयमा सत्तारुढ दलभित्रै तिब्र विवाद भएपछि सभामुख सानुकुमार श्रेष्ठले कार्य व्यवस्था परामर्श समितिको बैठकबाट निर्णय समेत नगरी, बैठक स्थगित गरिनेबारे कुनै पूर्व जानकारी नदिई बैठक स्थगित गरिदिएका छन् । प्रदेश सभामा गत असार १ गते...

हेर्नुहोस्, कृषि, भूमि एवम् सहकारीको क्षेत्रमा प्रदेश सरकारको बजेट

मकवानपुर । बागमती प्रदेश सरकारले हिजो आर्थिक वर्ष ०७७/०७८ को बजेट सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको बजेट अनुसार, दुग्ध किसानलाई प्रोत्साहन गर्न प्रतिलिटर २ रुपैयाँको दरले प्रोत्साहन रकम दिइने छ । सो रकम किसानको खातामै जाने व्यवस्था मिलाइने भएको छ । प्रदेश सरकारले संरक्षित कृषि, सुनिश्चित बचतको नाराका...

बागमती प्रदेशको हिजोको बजेट : यसरी समेटिएको छ स्वास्थ्य क्षेत्र

मकवानपुर । बागमती प्रदेश सरकारले हिजो आर्थिक वर्ष ०७७/०७८ को बजेट सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको बजेट अनुसार, प्रदेश सरकारले कोरोना संक्रमणलाई रोकथाम र नियन्त्रण गर्न परीक्षणको दायरा वृद्धि गर्ने, पीसीआर ल्याब थप सेवा सुरु गर्ने, कन्ट्याक्ट ट्रेसिङको काम गर्ने व्यवस्था मिलाएको छ । सरकारले बजेट मार्फत् चिकित्सक,...

बागमती प्रदेश सरकारको आर्थिक वर्ष ०७७/७८ को बजेट (हेर्नुहोस पुर्ण बजेट )

मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७७/७८ का लागि ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार रुपैँयाको अनुमानित बजेट सार्वजनिक गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश प्रसाद ढुंगेलले उक्त बजेट सार्वजनिक गरेका हुन् । उक्त बजेटमध्ये चालू खर्चतर्फ रु २६ अर्ब २८ करोड...

बजेट राम्रो छ तर कार्यान्वयनमा समस्या हुन सक्छ : प्रेमबहादुर पुलामी छिन्तु

मकवानपुर । बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी छिन्तुले आगामी आर्थिक वर्ष ०७७/०७८ का लागि चालु आर्थिक वर्षभन्दा ठूलो रकमको बजेट प्रस्तुत गर्न सरकार सफल भएकोमा खुसी व्यक्त गरेका छन् । उनले आज प्रस्तुत बजेट कार्यान्वयन गर्न सके राम्रो हुने बताएका छन् । तर उनले कोरोनाको जोखिमको समयमा आएको महत्वकांक्षी...

मन्त्रीले बजेट पढ्दै भने – बागमती प्रदेशको राजधानी काठमाडौँ !

मकवानपुर । बागमती प्रदेश सरकारले आर्थिक वर्ष ०७७/०७८ को लागि प्रदेशसभामा बजेट प्रस्तुत गरिरहेको छ । बजेट प्रस्तुत गर्दै गर्दा आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले बागमती प्रदेशको राजधानी हेटौंडा भन्नु पर्नेमा काठमाडौँ भनेका छन् । उनले बजेट प्रस्तुत गर्दै भने – बागमती प्रदेशको राजधानी काठमाडौँको गुरुयोजना बमोजिम...

बागमती प्रदेशका किसानको खातामै जाने गरी दुधमा प्रतिलिटर २ रुपैयाँ दिइने

मकवानपुर । बागमती प्रदेश सरकारले किसानहरुको लागि प्रतिलिटर २ रुपैयाँ किसान कै खातामा जाने गरी बजेटको व्यवस्था गरेको छ । आज प्रदेशसभामा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले दुग्ध किसानका लागि प्रतिलिटर २ रुपैयाँ खातामा जम्मा हुने गरी १६ करोड रुपैयाँ बजेट व्यवस्था गरेको घोषणा गरेका...

हेटौंडा उपमहानगरपालिकाद्वारा मकवानपुरका १ सय ६३ पत्रकारको बीमा

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले मकवानपुरमा कार्यरत १ सय ६३ जना पत्रकारको जनही १ लाखको कोरोना सम्बन्धी बीमा र जनही २ लाखको दूर्घटना बीमा गरिदिएको छ । एभरेष्ट इस्योरेन्स हेटौंडामा पत्रकारहरुको बीमा गरिएको र सो सम्बन्धी पोलिसी पेपर आज मंगलबार मेयर हरिबोल महतले पत्रकार महासंघ मकवानपुरलाई हस्तान्तरण गरेका छन् ।...