अर्थ/वाणिज्य
लकडाउनमा समस्या झेल्नेहरुलाई सहयोग गर्दै काँग्रेस नेता पराजुली
मकवानपुर । कोरोनाको संक्रमणबाट बच्न सरकारले दशैभर लकडाउन गरेको छ । चैत ११ गतेबाट सुरु भएको लकडाउनको अवधि एक महिना पूरा भइसकेको छ । लकडाउनमा आर्थिक रुपले विपन्न, असहाय, अशक्तहरुलाई स्थानीय सरकारमार्फत् राहत वितरणको प्रयास भइरहेको छ । विभिन्न स्तरबाट सहयोगहरु हुँदै आइरहेका छन् । यतिबेला राजनीतिक दलका नेतृत्व...
फलोअप – मकवानपुर उद्योग वाणिज्य संघका सचिव काब्यमणि अधिकारीको पसलमा अनुगमन टोली पुगेपछि के भयो ?
मकवानपुर । लकडाउनको अवधिमा हेटौँडाका केही खाद्यान्न व्यवसायीहरुले कालोबजारी गरिरहेको भन्ने गुनासो बढेपछि आज विहिबार खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, उपभोक्ता हीत संरक्षण मञ्चलगायतका संघसंस्थाको हेटौँडाका केही खाद्यान्न पसलहरुमा अनुगमन गरिएको छ । अनुगमनकै क्रममा आज विहान ९ बजे हेटौँडा २ प्रभाकरपथ स्थित मणि खाद्यान्न सेन्टरमा टोली पुग्यो...
मकवानपुर उद्योग वाणिज्य संघका सचिव काब्यमणि अधिकारीको चामलको गोदाममा सिल
मकवानपुर, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सम्मिलित बजार अनुगमन टोलीले हेटौंडा उपमहानगरपालिका वडा नं. २ प्रभाकरपथमा रहेको मणि खाद्यन्न सेन्टरको एउटा वटा गोदाममा सिल गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख सोमकान्त रिजाल, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गुणराज प्रसाद न्यौपाने, उपभोक्ता हीत संरक्षण मञ्चका...
हेटौंडाको मणि खाद्यान्न सेन्टरमा अनुगमन, २५ केजीको जगत चामलमा आधा केजीसम्म कम, उपभोक्तामाथि ठगी गरिएको पुष्टि
मकवानपुर । हेटौंडाको मणि खाद्यन्न सेन्टरमा चामलको बोरामा आधा किलोसम्म तौल कम भएको पाइएको छ । २५ केजीको बोराको तौल लिँदा आधा किलोसम्म कम भएको पाइएको हो । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाको नेतृत्वमा भएको बजार अनुगमनका क्रममा टोली सो खाद्यन्न सेन्टरमा पुगेको थियो । घरेलु...
काठमाडौमा वैशाख १० गतेसम्म साढे ६२ हजारलाई राहत वितरण
काठमाडौं । काठमाडौ महानगरपालिकाले वडासँगको समन्वयमा बैशाख १० गतेसम्म साढे ६२ हजारलाई राहत बाँढेको छ । काठमाडौ नगरपालिकाले ४० हजार २ सय १९ परिवारलाई र दाताहरुले २२ हजार ५ सय ८ परिवारलाई गरी ६२ हजार सात सय २७ परिवारले राहत पाएको महानगरले जनाएको छ । यस्तै १४ हजार ५...
वडा अध्यक्ष बानियाँद्वारा नागरिकको उद्दार, विदेशबाट आएकाहरुको कोरोना परिक्षण सम्पन्न
मकवानपुर, हेटौंडा उपमहानगरपालिका वडा नं. १८ का अध्यक्ष अनिल बानियाँले लकडाउनका कारण राजधानी काठमाडौँमा अलपत्र परेका १ सय २७ जनालाई वडावासीलाई उद्दार गरेका छन् । हिजो ३ वटा बसमा उनीहरुलाई उद्दार गरी हेटौंडा ल्याइएको अध्यक्ष बानियाँले तु खबरलाई जानकारी दिए । त्यसैगरी लकडाउनका कारण जीवन निर्वाहमा समस्यामा परेका वडाका...
कोरोना नियन्त्रणका लागि बागमती प्रदेश सरकारद्वारा ९ करोड ९३ लाख निकासा, हेटौँडा अस्पताललाई ५१ लाख
मकवानपुर, बागमती प्रदेश सरकारले कोरोना नियन्त्रण तथा रोकथामको लागि प्रदेशभित्रका विभिन्न सरकारी अस्पताल तथा निकायलाई ९ करोड ९३ लाख उपलब्ध गराएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जानकारी दिए अनुसार, भरतपुर कोरोना विशेष अस्पताललाई १ करोड, रत्ननगर नगरपालिकामार्फत गुञ्जमान अस्पताललाई २० लाख, धुलिखेल नगरपालिकामार्फत् धुलिखेल अस्पताललाई २० लाख, सामाजिक...
लकडाउनले थाहा नगरभित्र उत्पादित तरकारी कुहिने अवस्थामा, जोगाउन मेयर बिष्टको दौडधूप
मकवानपुर, १० वैशाख । थाहा नगरपालिका पर्यटकीय क्षेत्रको रुपमा विशेष छ । यसको अर्को विशेषता हो, यहाँको तरकारी खेती । कोरोना संक्रमण नियन्त्रण तथा रोकथामको लागि सरकारले गरेको लकडाउनका कारण सबैतिरको व्यपार व्यवसाय चौपट भएको छ । यसबाट थाहा नगरपालिकाभित्र कृषि पेशामा संलग्न किसानहरु पनि अछुतो रहेका छैनन् ।...
कुहिएको खाद्यन्न वितरण गरेको भन्दै कलैया उपमहानगरका मेयर पक्राउ
बारा, ०९ वैशाख । कलैया उपमहानगरपालिकाका मेयर राजेश रायलाई प्रहरीले पक्राउ गरेको छ । कुहिएको खाद्यन्न वितरण गरेको आरोप लागेपछि मेयर रायलाई पक्राउ गरिएको बाराका एसपी कृष्ण पंज्ञनीले तु खबरलाई जानकारी दिए । मेयर रायले राहतको नाममा गुणस्तरहीन चामल, दाललगायतका खाद्य बस्तु बाँडेको आरोप लागेपछि उनी पक्राउ गरेका हुन्...
मकवानपुरका एसपी राठौरको निर्देशनमा लोथरबाट हेटौंडा भित्रियो फलफूल बोकेको भारतीय ट्रक
मकवानपुर, ६ चैत । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा सबै सुरक्षा प्रमुखसहित गत ३० गते बसेको बैठकले ‘जिल्लाभित्र उत्पादित तरकारीले यस जिल्लाको आवश्यकता पूर्ति गर्न सक्ने स्थिति देखिएको हुँदा विशेष गरी हरियो तरकारीको हकमा मिति २०७७/०१/०१ देखि अर्को सूचना नभएसम्मका लागि अन्य जिल्लाबाट आयातित हुने तरकारीलाई जिल्लाभित्र विक्री वितरणमा रोक...








