अर्थ/वाणिज्य
हेटौंडा–१८ का ५० परिवारलाई सुशान्त श्रेष्ठको राहत
मकवानपुर, २९ चैत । नेपाली काँग्रेसका जिल्ला सदस्य सुशान्त कुमार श्रेष्ठले हेटौंडा उपमहानगरपालिका वडा नं. १८ का ५० परिवारका लागि राहत उपलब्ध गराउनु भएको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लकडाउन भएपछि दैनिक ज्यालादारीको जीवन सहज बनाउन खाद्यन्न उपलब्ध गराएको उहाँले जानकारी दिनुभयो । वडा अध्यक्ष अनिल...
युरोपका ९ जना राजदुतले कोरोना नियन्त्रण कोषमा एक महिनाको पारिश्रमिक दिने
मकवानपुर, २८ चैत । युरोपका ९ देशमा रहेका राजदुतहरुले कोरोना रोग रोकथाम तथा नियन्त्रण कोषमा एक महिनाको पारिश्रमिक उपलब्ध गराउने निर्णय गर्नुभएको छ । डेनमार्कका लागि नेपाली राजदुत युवनाथ लम्सालले दिनुभएको जानकारी अनुसार, जर्मनीका राजदुत रमेश खनाल, बेल्जियमका राजदुत लोकबहादुर थापा, अष्ट्रियाका राजदुत प्रकाश सुवेदी, फ्रान्सका राजदुत दीपक अधिकारी,...
कमाण्ड पोष्टको निर्णय – हेटौँडाको खोपेगल्ली तरकारी बजार आजदेखि बन्द
मकवानपुर २८ चैत । आज शुक्रबार बसेको कमाण्ड पोष्टको निर्णयले हेटौँडाको खोपेगल्ली तरकारी बजार पूर्ण रुपले बन्द गर्ने निर्णय गरेको छ । मकवानपुर उद्योग वाणिज्य संघले सेनिटाइजर, पन्जा र मास्कको प्रयोग गरी सुरक्षित रुपमा भिडभाड नगरी तरकारी खरिद विक्रि गर्न आग्रह गरेपनि व्यवसायीहरुले लापरवाही गरेपछि आजको कमाण्ड पोष्टको बैठकले...
प्रहरीलाई झुक्याएर दुध बोक्ने गाडी भन्दै रक्सी ओसार्ने पक्राउ
मकवानपुर, २५ चैत । दुध ढुवानी सेवा भनी टाँसेर घरेलु रक्सी बोक्ने अटो र अटोचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चौकी टोलबाट खटिएको प्रहरी टोलीले दुध ढुवानी सेवा भनी टाँसेर रक्सी बोक्ने ना. १ ह ५३८९ नम्बरको अटो र त्यसका चालक फेन्जु लामालाई पक्राउ गरेको हो । ५ वटा...
लकडाउनको मौका छोपी डिजल र पेट्रोल तस्करी
पर्सा, २३ चैत /अवैध रुपमा भारततर्फ लैजाँदै गरेको डिजल करिब ४ सय लिटर र पेट्रोल करिब २ सय लिटर प्रहरीले बरामद गरेको छ । तस्करीमा संलग्नलाई भने प्रहरीले समाउन सकेको छैन । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारी नियन्त्रणका लागि नेपाल सरकारले लागू गरेको लकडाउनको निर्णयलाई अवज्ञा गरी भारततर्फ...
अवैध रुपमा भारततर्फ लैजाँदै गरेको छोगडासहित लोहार पक्राउ
पर्सा, २३ चैत / वीरगंज महानगरपालिका-१६ सिंगाहीपुलबाट अवैध रुपमा भारततर्फ लैजादै गरेको करिब ५० केजी छोगडा सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बारा बिश्रामपुर गाउँपालिका-४ बस्ने ३० वर्षीय मुकेश ठाकुर लोहारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारी नियन्त्रणका लागि नेपाल...
गुप्ताद्वारा चैत महिनाको भाडा छुट दिने घोषणा
बारा, २३ चैत । सिमरा बजारमा अबस्थित बाबा मार्केटले चैत महिनाको घरभाडा बापतको रकम नलिने घोषणा गरेको छ । नेपाली काँग्रेस नगर सभापति समेत रहेका घरधनी श्याम बाबु गुप्ताले कोरोनाका कारण व्यापार व्यवसाय सबै ठप्प भएकाले भाडामा लिई आफ्नो मार्केटमा व्यवसाय संचालन गर्नेहरुसँग चैत महिनाको भाडा नलिने घोषणा गरिएको...
मेगा बैंकद्वारा मुख्यमन्त्रीलाई ५ लाख हस्तान्तरण
हेटौंडा,२१ चैत / बागमती प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा मेघा बैंकले ५ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ । बैंकका हेटौंडा शाखा प्रमुख निरन्जन देबकोटाले मुख्यमन्त्री डोरमणि पौडेललाई ५ लाख रकमको चेक हस्तान्तरण गर्नुभएको हो । बिश्वलाई नै आक्रान्त पारेको कोरोना भाईरस...
कोरोना प्रभावः अमेरिकी डलरको भाउमा उच्च वृद्धि
काठमाडौँ, ११ चैत । विश्वव्यापी रुपमा कोरोना भाइरसको सङ्क्रमण बढीरहेको बेला नेपाली बजारमा अमेरिकी डलरको भाउमा वृद्धि भएको छ । नेपाली मुद्रा कमजोर भएपछि अमेरिकी डलरको मूल्य वृद्धि भएको हो । कोरोना प्रभाव विश्वव्यापी रुपमा बढ्दै गएको र अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा समेत कमजोर भएपछि त्यसको प्रभाव नेपाली...
‘चिन्ता नलिनुहोस् मेडिकल बन्द हुँदैन, औषधी सहजै पाइन्छ’
मकवानपुर १० चैत । औषधी व्यवसायी संघ मकवानपुरले मकवानपुरमा औषधीको आपूर्ती सहज बनाएर जनतालाई विक्रि वितरणको व्यवस्था मिलाउने जनाएको छ । औषधी व्यवसायी संघ मकवानपुरका अध्यक्ष सुधीर दाहालले आज सोमबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरी मकवानपुरे जनतालाई औषधिको अभाव नहुने जानकारी दिनुभयो । कोरोना भाइरसको संक्रमणको जोखिम बढेसंगै त्रसित...










