अर्थ/वाणिज्य

अनाधिकृत पुस्तक थप गरी सांसदलाई वितरण गरियो : नेता पौड्याल

मकवानपुर । विवेकशील साझा पार्टी बागमती प्रदेश संसदीय दलका नेता एवम् बागमती प्रदेशसभा सदस्य रमेश पौड्यालले प्रदेश सरकारको कुनै मन्त्रीको एकल निर्णयको भरमा विनियोजन विधेयकसंगै कुनै अनाधिकृत पुस्तक थप गरी सांसद्हरुलाई वितरण गरेको बताएका छन् । शनिबार बसेको प्रदेशसभाको बैठकमा प्रदेश सरकारको विनियोजन विधेयकमाथिको छलफललाई अवरोध गर्दै नेता पौड्यालले...

सशर्त अनुदानको कार्यक्रममा बागमती सरकारले विभेद गर्यो : नेता जम्मकट्टेल

मकवानपुर । नेकपा माओवादी बागमती प्रदेशका संसदीय दलका नेता एवम् प्रदेशसभा सदस्य शालिकराम जम्मकट्टेलले प्रदेश सरकारले विपद् व्यवस्थापनको बजेट संविधान विपरित जिल्ला प्रशासनलाई पठाएकोमा आपत्ती जनाएका छन् । प्रदेशसभाको शनिबार बसेको दोस्रो बैठकमा बोल्दै नेता जम्मकट्ट्लले प्रदेश सरकारले पिवद्को बजेट प्रशासनलाई पठाएकोमा आपत्ती जनाउँदै यो कदम संघीयता विरोधि कदम...

सरकार विपद् व्यवस्थापनतर्फ नभएर मन्त्री, नेताहरुमा बजेट छर्न व्यस्तः नेता बानियाँ

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् बागमती प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले प्रदेश सरकारको ध्यान विपद् व्यवस्थापनतर्फ नभएर मन्त्री, नेता र कार्यकर्तामा बजेट छर्न मात्रै व्यस्त रहेको बताएका छन् । शनिबार बसको प्रदेशसभाको बैठकमा विनियोजन विधेयकमाथि छलफल गर्ने क्रममा अवरोध गर्दै नेता बानियाँले जनता विपद्को पिडामा...

बागमतीको बजेट हेटौँडा र काठमाडौं केन्द्रीत गरेर ल्यायोः सांसद सिमखडा

मकवानपुर । बागमती प्रदेशसभा सदस्य जगतबहादुर सिमखडाले प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेट हेटौडा र काठमाडौं केन्द्रीत गरेर ल्याएको बताएका छन् । शुक्रबार बसेको प्रदेशसभाको दोस्रो बैठकमा प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथि छलफल गर्दै सांसद् सिम्खडाले सरकारको आगामी आवको बजेट जनताको पक्षमा नभई हेटौंडा र...

ट्याक्टर दुर्घटनामा एकको मृत्यु, तीन घाइते

पाँचथर । पाँचथरमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु भएको छ । सदरमुकाम फिदिमबाट खाद्यान्न लिई फालेलुङ गाउँपालिका–३ मेमेङ जाँदै गरेको मे १ त ६५७७ नंको ट्र्याक्टर फालेलुङ–३ माङ्लेबुङमा बुधबार साँझ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ट्र्याक्टरमा सवार सोही वडाका ५४ वर्षीय लक्ष्मी विष्टको मृत्यु...

भ्रामक सूचना फैलाएकोमा राष्ट्र बैंकद्वारा ध्यानाकर्षण

काठमाडौं । नेपाल राष्ट्र बैंकले भ्रामक सूचनामा विश्वास नगर्न आग्रह गरेको छ । बैंकले आज एक विज्ञप्ती जारी गर्दै कुनै पनि सूचनामा विश्वास नगर्न आग्रह गरेको हो । पछिल्लो समय सामाजिक सञ्जाल (फेसबुक) बाट भ्रामक सूचना पोष्ट भइरहेको भन्दै बैंकले आफ्नो नाममा फेसबुक पेज बनाएर भ्रामक जानकारी तथा सूचना...

बङ्गलादेशबाट आइपुग्यो ४५ हजार मेट्रिक टन युरिया मल

पर्सा । बङ्गलादेशबाट खरीद गरिएको ४५ हजार मेट्रिक टन युरिया मल नेपाल आइपुगेको छ । सरकार–सरकारबीच (जिटुजी)मार्फत रासायनिक मल खरीद सम्झौता अनुसार कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्ज, विराटनगर र भैरहवामा सो परिमाणको युरिया मल आइपुगेको हो । जिटुजी सम्झौता अनुसार बङ्गलादेश सरकारले नेपाल सरकारलाई ५० हजार मेट्रिकटन...

मंगलबार सुनचाँदीको भाउ घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा आज सुन प्रतितेला एक सय रुपैयाँले घटेको छ । भाउ घटेसँगै मंगलबार छापावाला सुन प्रतितोला ९० हजार ६ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार छापावाला सुन तोलाको ९० हजार ७ सयमा...

निषेधाज्ञाबाट ११ करोडको दूध नोक्सान

चितवन । कोरोना भाइरस सङ्क्रमणको जोखिम हुन नदिन जारी निषेधाज्ञाबाट चितवनका दुग्ध किसान मारमा परेका छन् । ठूला डेरी उद्योगले दूध खपत नगरेपछि स्थानीयस्तरमा सञ्चालित सहकारीले पनि सङ्कलन गर्न छोडेका थिए । यसले गर्दा किसानको दूध खेर गएको चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले जनाएको छ । सङ्घद्वारा आयोजित...

सरकारलाई खर्चको दबाब,दुई हप्तामा तीन खर्ब ८५ अर्ब खर्च गर्नुपर्ने

काठमाडौँ । चालू आर्थिक वर्ष २०७७/७८ पूरा हुने समय अब तीन हप्ता पनि बाँकी छैन । आर्थिक वर्ष पूरा हुँदै गर्दा सरकारलाई भने खर्चको दबाब छ । शनिबारदेखि गणना गर्दा २० दिनभित्र सरकारलाई पुग नपुग चार खर्ब खर्च गर्नुपर्ने चाप छ । सरकारको खर्च तथा आम्दानीको हरहिसाब राख्ने महालेखा...