अर्थ/वाणिज्य
हेटौँडा उपमहानगरपालिकाको बजेट भौतिक पूर्वाधारतर्फ मात्रै ५० प्रतिशत
मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखि कुल २ अर्ब ६० करोड १५ लाख ५२ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । उपमहानगरपालिकाले कूल बजेटको ५० प्रतिशत रकम भौतिक पूर्वाधार विकासमा विनियोजन गरेको छ । उपमहानगरपालिकाले बजेटमा भौतिक पूर्वाधार विकासलाई...
मकवानपुरका स्थानीय तहहरुले ल्याए ८ अर्ब २३ करोडको बजेट
मकवानपुर । मकवानपुरका १० वटा स्थानीय तहले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि बजेट सार्वजनिक गरेको छ । जिल्लाको हेटौँडा उपमहानगरपालिकासहित १० वटा स्थानीय तहले गत असार १० गते आगामी आर्थिक वर्षको लागि ८ अर्ब २३ करोड ४२ लाख ३९ हजार ६२ रुपैयाँ ८४ पैसाको बजेट सार्वजनिक गरेको हो...
अझै बढ्न सक्छ पेट्रोलियम पदार्थको मूल्य: आयल निगम
काठमाडौं । नेपाल आयल निगमले कम्पनीको नोक्सानलाई कम गर्नका लागि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्नुपरेको बताएको छ । न्यूज एजेन्सी नेपालसँग शुक्रबार कुराकानी गर्दै नेपाल आयल निगम लिमिटेडका प्रवन्ध निर्देशक सुरेन्द्र कुमार पौडेलले अन्तर्राष्ट्रिय बजारमा क्रुड तेल र डलरको भाउ अनपेक्षित रुपमा बढेकाले नेपालमा पनि पेट्रोलियम पदार्थको मुल्यवृद्धि गर्नुपर्ने...
कैलाश गाउँपालिकाद्वारा ४५ करोड ९६ लाखको बजेट प्रस्तुत्
मकवानपुर । कैलाश गाउँपालिकाले आज सम्पन्न गाउँसभामा ४५ करोड ९६ लाखको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेट अनुसार, पालिकाले २० करोड पुँजिगततर्फ (४५ प्रतिशत) र २५ करोड रुपैयाँ चालु तर्फ (५५ प्रतिशत) बजेट विनियोजन गरेको छ । प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईँले दिएको जानकारी...
बागमती गाउँपालिकाद्वारा ५३ करोड ६६ लाखको बजेट सार्वजनिक
मकवानपुर । बागमती गाउँपालिकाले पनि आज आफ्नो नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । गाउँसभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रम र बजेट अनुसार, गाउँपालिकाले ५३ करोड ६६ लाख ९८ हजार रुपैयाँको बजेट ल्याएको छ । नीति कार्यक्रम अनुसार, गरीवी निवारणमा सहयोग पुर्याउने, वातावरणीय सन्तुलन कायम राख्ने, छिटो...
मनहरी गाउँपालिकाको बजेट ८३ करोड ६७ लाख (पूर्णपाठसहित)
मकवानपुर । मनहरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको बिहिबार बसेको ९ औं गाउँसभामा उपाध्यक्ष मनिला विष्टले आगामी आवको लागि रु ८३ करोड ६७ लाख ८६ हजार बजेट विनियोजन गरेको जानकारी दिएकी हुन् । गाउँपालिकाले आगामी आर्थिक वर्षमा कोरोना संक्रमण नियन्त्रण, कृषि...
राक्सिराङ गाउँपालिकाले ल्यायो ५४ करोड ७३ लाखको बजेट
मकवानपुर / मकवानपुरको राक्सिराङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि कुल ५४ करोड ७३ लाख २० हजार रुपैयाँ बजेट प्रस्तुत गरेको छ । गाउँपालिका उपाध्यक्ष निर्मला हिम्डुङले गाउँपालिकाको १० औं गाउँसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेकी हुन् । गाउँपालिकाले आगामी आर्थिक र्वाको लागि...
बकैया गाउँपालिकाको बजेट ६२ करोड ८३ लाख (हेर्नुहोस् पूणपाठ)
मकवानपुर । मकवानपुरको बकैया गाउपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि कुल ६२ करोड ८३ लाख ७८ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । गाउँपालिको बिहिबार बसेको गाउँसभामा उपाध्यक्ष सरला बोलखेले गाउँपालिकाको ७ औं गाउँसभामा आगामी आर्थिक वर्षको लागि उक्त बजेट प्रस्तुत गरेकी हुन् । बकैयालाई संघीय सरकारबाट वित्तीय...
थाहा नगरद्वारा ९५ करोड ६४ लाखको बजेट सार्वजनिक (हेर्नुहोस् पूर्णपाठ)
मकवानपुर । मकवानपुरको थाहा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि रु ९५ करोड ६४ लाख ३२ हजारको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको बिहिबार बसेको ९ औं नगरसभामा उपमेयर खडेगबहादुर गोपालीले आगामी आवको लागि बजेट सार्वजनिक गरेका हुन् । उपमेगर गोपाललीले अन्तरिक स्रोततर्फ ११ करोड ८८ लाख ४५...
हेटौँडा उपमहानगरपालिकाले ल्यायो २ अर्ब ६० करोडको बजेट (हेर्नुहोस् पूर्णपाठ)
मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि रु २ अर्ब ६० करोड १५ लाख ५२ हजारको बजेट ल्याएको छ । बिहिबार भएको उपमहानगरको नवौं नगरसभामा उपप्रमुख मिना कुमारी लामाले आगामी आवको लागि रु २ अर्ब ६० करोड १५ लाख ५२ हजारको बजेट ल्याएको जानकारी गराएकी हुन्...










