अर्थ/वाणिज्य

प्रदेश २ सरकारले ल्यायो ३३ अर्ब ७९ करोडको बजेट

धनुषा । प्रदेश २ सरकारले आगामी आर्थिक वर्ष ०७८/७९ का लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजारको बजेट ल्याएको छ । मंगलबार प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले सो बजेट प्रस्तुत गरेका हुन् । प्रदेश सरकारले चालूखर्च तर्फ १५ अर्ब ६३ करोड ३३ लाख...

कृष्णप्रसाद भट्टराई स्मृति सम्मेलन केन्द्र हेटौंडामा बनाउन संभाव्यता अध्ययन गरिने

हेटौंडा । बागमती प्रदेश सरकारले पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई स्मृति सम्मेलन केन्द्र निर्माणका लागि संभाव्यता अध्ययन गर्न रकम विनियोजन गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेट प्रदेशसभामा प्रस्तुत गर्दै हेटौंडामा कृष्णप्रसाद भट्टराई स्मृति सम्मेलन केन्द्र निर्माण गरिने र सो कार्यका लागि आवश्यक...

भीमफेदी कुलेखानी सुरुङमार्ग निर्माणका लागि ७५ करोड बजेट

हेटौंडा । बागमती प्रदेश सरकारले भीमफेदी कुलेखानी सुरुङमार्ग (पोष्टबहादुर बोगटी ) का लागि ७५ करोड रकम विनियोजन गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले आज बजेट भाषणमार्फत् सो सुरुङमार्ग निर्माणका लागि बजेट व्यवस्था गरेको जानकारी दिएका हुन् । आगामी आर्थिक वर्षबाट निर्माणकार्य सुरु गरिने मन्त्री ढुंगेलले बताएका...

बागमती प्रदेश सरकारद्वारा ५७ अर्वको बजेट सार्वजनिक (हेर्नुहोस् पूर्णपाठ)

मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि कुल ५७ अर्व ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बजेट सार्वजनिक गरेको छ । बागमती प्रदेशसभाको आज अपराह्नमा बसेको प्रदेशसभा बैठकमा प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले आव ०७८/०७९ को कुल ५७ अर्व ७२ करोड ९...

प्रदेश सरकारले चलाउने मिडियालाई १० करोड

हेटौंडा । बागमती प्रदेश सरकारको स्वामित्वमा रहने गरी सञ्चालन गर्ने आमसञ्चारका लागि १० करोड रकम बिनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले प्रदेश सरकारको स्वामित्वमा रही सञ्चालन हुने आमसञ्चारलाई १० करोड रकम बिनियोजन गरेको जनकारी दिएका हुन् । चालु...

हेटौँडामा सार्वजनिक शौचालय निर्माणको लागि बजेट विनियोजन

मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेशको राजधानी हेटौँडामा सार्वजनिक शौचालय निर्माणको लागि आवश्यक बजेट विनियोजन गरेको छ । मंगलबार बागमती प्रदेश, आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले सरकारको आर्थिक वर्ष २०७९/०७९ को बजेट प्रस्तुत गर्दै सो कुराको जानकारी गराएका हुन् ।    

दोलखा अस्पताललाई पशुपति चौलागाई स्मृति अस्पताल बनाउने सरकारको घोषणा

मकवानपुर । बागमती प्रदेश सरकारले दोलखा जिल्लाको चरिकोटमा रहेको अस्पताललाई पशुपति चौलागाई स्मृति अस्पतालको नाममा नामाकरण गर्ने घोषणा गरेको छ । मंगलबार बागमती प्रदेश, आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले सरकारको आर्थिक वर्ष २०७९/०७९ को बजेट प्रस्तुत गर्दै सो कुराको घोषणा गरेका हुन् । त्यसका लागि आवश्यक बजेट विनियोजन...

दुध किसानका लागि अनुदान स्वरुप १६ करोड

हेटौंडा । बागमती प्रदेश सरकारले आजको बजेट भाषण मार्फत् दुग्ध किसानका लागि अनुदान स्वरुप १६ करोड रुपैयाँ बजेट व्यवस्था गरेको जनाएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले दुध किसानको खातामा सोझै रकम जम्मा हुने चालु आर्थिक वर्षको कार्यक्रमलाई निरन्तरता दिँदै...

एक विद्यालय एक नर्स कार्यक्रमलाई २६ करोड

हेटौंडा । आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले प्रदेश सरकारले लागू गरेको एक विद्यालय एक नर्स कार्यक्रमलाई निरन्तरता दिँदै २६ करोड रकम बिनियोजन गरेका छन् । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै मन्त्री ढुंगेलले यस्तो घोषणा गरेका हुन् । एक विद्यालय एक नर्स कार्यक्रमलाई गत वर्ष पनि सरकारले...

आमा–बाबु गुमाएका वालवालिकालाई मासिक भत्ता दिने सरकारको घोषणा

मकवानपुर । बागमती प्रदेश सरकारले कोरोनाभाइरस (कोभिड–१९) संक्रमणका कारण आमाबाबु गुमाएका बालबालिकालाई मासिक ३ हजार रुपैयाँ भत्ता दिने घोषणा गरेको छ । बागमती प्रदेश, आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले मंगलबार सरकारको आर्थिक वर्ष २०७९/०७९ को बजेट प्रस्तुत गर्दै सो कुराको घोषणा गरेका हुन् । साथै प्रदेश सरकारकाले अन्य...