नेप्से १६ अंकले बढ्यो, ७ अर्बमाथिको कारोबार

तु खबर संवाददाता
२०७८ मंसिर १,बुधबार १६:०३

काठमाडौं । आज साताको चौथो दिन बुधबार नेप्से परिसूचक बढेको छ । आज नेप्से परिसूचक १६ दशमलव ९५ अंक अर्थात् ० दशमलव ६१ प्रतिशतले बढेर २ हजार ८०१ दशमलव ५२ विन्दुमा कायम भएको छ ।

आज नेप्सेमा सूचिकृत २२४ कम्पनीको १ करोड १९ लाख ४३ हजार ८५८ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ३७ करोड ९४ लाख ४६ हजार ८२० रुपैयाँको कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार हुने कम्पनीमा नेपाल दूरसंचार (एनटिसी) रहेको छ । कम्पनीको आज एकैदिन ५८ करोड ६८ लाख ६२ हजार ९५५ रुपैयाँको कारोबार भएको हो ।

साथै नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ६ कम्पनी बाहेकका सबै कम्पनीमा हरियाली छाएको छ । आज सर्वाधिक रुपैयाँका आधारमा अन्य समूहमा १०५ रुपैयाँले बढेको हो । त्यस्तै, आज ६ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।