अर्थ/वाणिज्य
धितो बोर्डलाई अर्थ मन्त्रालयको तीन दिने अल्टिमेटम
काठमाडौं । अर्थमन्त्रालयले सेयर बजार अवाञ्छित सेयर किनबेचको हल्लाका बीच धितोपत्र बोर्डलाई स्पष्टीकरण सोधेको छ । धितोपत्र बजारमा कुनै कम्पनीको सेयर अवाञ्छित किनबेचको मुद्दामा नियामक निकाय धितोपत्र बोर्डकै अध्यक्षको संलग्नता रहेको विभिन्न संचारमाध्यममा आएको समाचारप्रति अर्थ मन्त्रालयले धितो बोर्डलाई स्पष्टीकरण सोधेको हो । मन्त्रालयले बिहीबर एक सूचना प्रकाशित गर्दै...
आज नेप्सेको परिसूचक १५ अंकले बढ्यो
काठमाडौं । आज नेप्से परिसूचक १५ अंकले बढेको छ । नेप्से परिसूचक १५ दशमलव ३० अंकले बृद्धि भई ३०९४.९५ विन्दुमा कायम भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार, बुधबार २१९ कम्पनीको २ करोड ८१ लाख ७० हजार १७२ कित्ता शेयर किनबेच हुँदा १३ अर्ब...
कर्मचारी भ्रमण काज छुट्टी भदौदेखि कार्यान्वयनमा आउने
काठमाडौं । सरकारले ल्याएको कर्मचारी भ्रमण काज छुट्टी कार्यान्वयनमा आउने भएको छ । सरकारले चालु आर्थिक २०७८/०७९ को बजेट मार्फत नै घोषणा गरेको १० दिनको कर्मचारी भ्रमण काज छुट्टी भदौदेखि कार्यान्वयनमा आउने भएको हो । यसका लागि आवश्यक नीति तथा निर्देशिका तयार भइसकेको र अब कार्यान्वयनमा मात्र लैजान बाँकी...
आज नेप्से सामान्य अंकले घट्यो
काठमाडौं । आज साताको दोस्रो दिन नेप्सेको परिसूचक सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक ८ दशमलव २४ अंकले घटेर ३ हजार ५०.४३ विन्दुमा कायम भएको छ । केही दिनयता क्रमिक रुपमा उकालो लागेको नेप्सेमा आज ८ दशमलव २४ अंकले घटेर ३ हजार ५०.४२ विन्दुमा कायम भएको हो...
मकवानपुरमा १६ प्रतिशतले वृद्धि भयो राजस्व संकलन
मकवानपुर । मकवानपुरमा गत आर्थिक वर्ष २०७७/०७८ मा राजस्व संकलनमा १६ प्रतिशतले वृद्धि भएको छ । आन्तरिक राजस्व कार्यालय मकवानपुरका अनुसार, जिल्लाको विभिन्न स्थानीय तहहरुमा संचालनमा रहेको वस्तुहरु उत्पादन गर्ने उद्योग तथा कलकारखानाहरूमा अनुगमन गरी राजस्व संकलनमा तीव्रता दिएकाले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा राजस्व संकलनमा १६...
एक अर्ब ४० करोड बराबरको हेटौँडा सिमेन्ट बिक्री
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौँडास्थित नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ मा कूल रु एक अर्ब ४० करोड ३३ लाख ९९ हजार ४४.१५ पैसा बराबरको सिमेन्ट बिक्री गरेको जनाएको छ । सो आवमा कूल १८ लाख ५३ हजार ७६४ बोरा सिमेन्ट...
सरकारले ३० हजार मेट्रिकटन चिनी आयात गर्ने
काठमाडौं । सरकारले भन्सार सहुलियतको ३० हजार मेट्रिकटन चिनी आयात गर्ने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ठूला चाडपर्वलाई लक्षित गर्दै ३० हजार मेट्रिकटन चिनी खरिदको लागि अर्थ मन्त्रालयसँग सहमति मागिएको जनाएको छ । अर्थको सहमति मन्त्रिपरिषदबाट निर्णय गराएर साल्ट ट्रेडिङ वा खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई...
बागमती प्रदेशमा सवारीसाधनको राजश्व अब अनलाइनमार्फत भुक्तानी हुने
मकवानपुर । बागमती प्रदेशमा सवारीसाधनको राजश्व अब अनलाइमार्फत भुक्तानी हुने भएको छ । प्रदेशको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले प्रदेशमा रहेको सवारीसाधनहरुको राजश्व अनलाइनमार्फत नै भुक्तानी गर्ने व्यवस्था मिलाएको हो । उक्त व्यवस्थाको आज बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हेटौँडामा अयोजित एक कार्यक्रमबीच शुभारम्भ गरेका हुन् । मुख्यमन्त्री पौडेलले...
बागमती प्रदेशको गत आवमा ७० प्रतिशतमात्रै खर्च
मकवानपुर । बागमती प्रदेश सरकारले गत आर्थिक वर्ष २०७७/७८ मा कुल बजेटको ६९.७८ प्रतिशत रकम खर्च गरेको छ । प्रदेश लेखा नियन्त्रण कार्यालय हेटौंडाका अनुसार सो आर्थिक वर्षमा कुल बजेटमध्ये ३०.२२ प्रतिशत बजेट खर्च भएको छैन । आव २०७७/७८ मा विनियोजित बजेट ५१ अर्ब ४२ करोड ७४ लाख ४४...
सरकारले फेरि राहत प्याकेज ल्याउने
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सरकारले कोरोना प्रभावित अर्थतन्त्रलाई उकास्न राहत तथा पुनर्उत्थानको प्याकेज ल्याउने बताएका छन् । नेपाल उद्योग परिसंघको वार्षिक साधारणसभालाई सम्बोधन गदै अर्थमन्त्री शर्माले सो कुराका जानकारी दिएका हुन् । अर्थमन्त्री शर्माले आयातमुखी अर्थतन्त्रलाई निर्यातमुखी बनाउनुपर्ने चुनौती रहेकोले बताउँदै त्यसका लागि सरकारले आवश्यक सम्भावनाका विषयमा छलफल...









